२०८२, २० फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सार्वभौमसत्ता सम्पन्न जनताको प्रतीकका रुपमा गणतन्त्रः महासचिव पोखरेल

२०८२, १६ जेष्ठ बिहीबार १६:२६
काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले महासचिव शङ्कर पोखरेलले जनताको बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त भएको गणतन्त्र सार्वभौमसत्ता जनताको प्रतीकका रूपमा रहेको बताउनुभएको छ ।
गणतन्त्र दिवसका उपलक्ष्यमा एमालेद्वारा आज यहाँ आयोजित कोणसभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले मुलुकको विकास र समृद्धिसहित जनतालाई शक्तिशाली तुल्याउने गणतन्त्रको विकल्प नभएको स्पष्ट गर्नुभयो । उहाँले गणतन्त्र स्थापनापछि देशका हरेक क्षेत्रमा उल्लेखनीय प्रगति हासिल भइरहेको अवस्थामा पूर्वराजाका नाममा गणतन्त्रमाथि अफवाह फैलाउने काम भइरहकामा चिन्ता व्यक्त गर्दै देश, जनता र गणतन्त्रविरोधी तत्वलाई जनतामाझ ल्याई तिनको भण्डाफोर गरिनुपर्नेमा जोड दिनुभयो ।
नेपाली जनताको बलमा आएको गणतन्त्रमाथि धावा बोल्ने काम कदापि सह्य नहुने भन्दै महासचिव पोखरेलले देश, जनता र गणतन्त्रको रक्षाका खातिर जुनसुकै मूल्य चुकाउन आफ्नो पार्टी तयार रहेको स्पष्ट गर्नुभयो । उहाँले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषतासहित समावेशी लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था स्थापना भएको ऐतिहासिक दिनलाई समग्र राज्यका तर्फबाट हर्षाेल्लासका साथ मनाउनुपर्नेमा जोड दिनुभयो ।
यसैगरी, एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले गणतन्त्र स्थापनासहित यसको सुदृढीकरणमा नेतृत्वदायी भूमिका रहेको एमालेको विभिन्न कार्यक्रमसहित देशव्यापी रुपमा उत्सवमय वातावरणसहित गणतन्त्र दिवस मनाउने निर्णय भएबमोजिम आज पालिका तहसम्म कार्यक्रम भइरहेको जानकारी दिनुभयो ।
एमालेका नेताहरूको नेतृत्व र संयोजनमा सहरका विभिन्न स्थानबाट विभिन्न वेशभूषा, बाजागाजा, सांस्कृतिक झाँकी, झन्डा–ब्यानरसहितको ¥याली निस्केको थियो । आज बिहान ११ः०० बजे रत्नपार्क, भोटाहिटी, बागबजार, सुनधारा, अनामनगरलगायतका विभिन्न स्थानबाट निस्केको ¥याली पुनः प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा पुगी कोणसभामा परिणत भएको हो ।
उल्लासमय वातावरणबीच गणतन्त्र दिवस मनाउने उद्घोषका साथ भएको आयोजित सो कोणसभामा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डेलगायतका शीर्ष नेताहरू सहभागी हुनुहुन्थ्यो । त्यस्तै, पार्टीका सचिवालय सदस्य, स्थायी तथा केन्दीय कमिटीका  सदस्य, जनवर्गीय सङ्गठनका नेताहरूको समेत सहभागिता रहेको सो सभामा उल्लेखनीय जनसहभागिता रहेको थियो ।
यही जेठ ११ गते बसेको सचिवालय बैठकले गणतन्त्र दिवसको दिन सांस्कृतिक झाँकीसहित देशभर उत्सव मनाउने निर्णय गरेको थियो ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला