३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पर्यटन विकासका लागि नीतिगत सुधार गर्छौँ : पर्यटनमन्त्री पाण्डे

१७ जेष्ठ २०८२, शुक्रबार ११:२५

काठमाडौँ | संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मुलुकको पर्यटन विकासका लागि नीतिगत र संरचनागत सुधारमा मन्त्रालय केन्द्रित रहेको बताउनुभएको छ । मूल समारोह समितिले बिहीबार आयोजना गरेको ७२औँ अन्तरराष्ट्रिय सगरमाथा दिवस तथा ‘वल्र्ड समिटर्स समिट– २०२५’ का अवसरमा उहाँले पर्यटन नीति र पर्यटन ऐन छिट्टै ल्याइने सोही माध्यमबाट पर्यटन विकास गरिने उल्लेख गर्नुभयो ।

पर्यटनमन्त्री पाण्डेले सरकारले नीति बनाएर निजी क्षेत्रको साझेदारितालाई फराकिलो बनाएर लैजानै विश्वास व्यक्त गर्नुभयो । सगरमाथा दिवसलाई आगामी दिनमा थप भव्य र गौरवमय बनाइने उल्लेख गर्नुभयो ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सगरमाथा हिमालको संरक्षण तथा सरसफाइमा ध्यान दिनुपर्ने खाँचो औँल्याउनुभयो । उहाँले जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्दै सङ्घीय सरकारसँग समन्वय गरेर कोशी प्रदेश अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले सगरमाथा नेपालको शान, मान र गौरव रहेको भन्दै यसको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गरिनुपर्नेमा जोड दिनुभयो ।

नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष निमानुरु शेर्पाले पुरानो पर्यटन ऐनलाई संशोधन गरेर पर्वतारोहणसम्बन्धी कामलाई प्राथमिकतामा राखिनुपर्ने खाँचो औँल्याउनुभयो ।

‘वल्र्ड समिटर्स समिट’ कार्यक्रममा कीर्तिमानी आरोहीहरूको समूहगत छलफल सत्र सञ्चालन गरिएको थियो । कीतिमानी आरोही मिङमा डेबिड शेर्पा, सानु शेर्पा, पूर्णिमा श्रेष्ठ, फुञ्जो लामा, कुञ्जाङ छोपेल शेर्पा, निमा रिञ्जी शेर्पा र दावा तेञ्जी शेर्पाले आरोहण अनुभव सुनाउनुभएको थियो ।

सरकारले पर्वतीय पर्यटन क्षेत्रमा योगदान गर्ने विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरेको छ । सगरमाथा दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तरराष्ट्रिय सगरमाथा पुरस्कार मिङ्मा ग्याल्जे शेर्पालाई प्रदान गर्नुभयो । यो पुरस्कारको राशि रु एक लाख र कदरपत्र रहेको छ । अक्सिजनबिना विश्वका १४ वटा आठ हजार मिटरभन्दा अग्ला हिमाल आरोहण गरेर विश्व कीर्तिमान कायम गर्नुभएको थियो ।

त्यस्तै रु ५० हजार राशिको तेञ्जिङ हिलारी (अध्ययन तथा अनुसन्धान) पुरस्कार शेर्पा बुकका लेखक प्रदीप बस्याल र अङ्कित अधिकारीलाई प्रदान गरियो भने तेञ्जिङ हिलारी (खोज तथा उद्धार) पुरस्कार लाक्पा नुर्बु शेर्पा र क्याप्टेन मौरिजियो फोलिनीलाई दिइएको छ ।

तेञ्जिङ हिलारी (कीर्तिमानी आरोही) पुरस्कार निमा रिञ्जी शेर्पा र पेमा डोमा महिला आरोही पुरस्कार लाक्पा शेर्पालाई प्रदान गरिएको छ । त्यसैगरी पर्वतीय पर्यटन र पर्वतारोहणका क्षेत्रमा योगदान गर्ने विभिन्न व्यक्तित्वहरूलाई पनि सम्मान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड