२०८२, २० फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पूर्वमन्त्री आफ्ताब आलमलाई सफाइ दिने न्यायाधीशहरूविरुद्ध न्यायपरिषदमा उजुरी

२०८२, १७ जेष्ठ शुक्रबार १३:४१

काठमाडौँ । पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमसहित रौतहट बम विस्फोट घटनामा संलग्न व्यक्तिहरूलाई सफाइ दिने निर्णयमा संलग्न रहेका न्यायाधीश डा. खुसीप्रसाद थारु र अर्जुन महर्जनविरुद्ध न्यायपरिषदमा छानबिनको मागसहित उजुरी दर्ता गरिएको छ।

उक्त उजुरी अधिवक्ता युवराज पौडेलद्वारा दर्ता गरिएको हो। उनले न्यायाधीशद्वयको कार्यसम्पादनमाथि गम्भीर प्रश्न उठाउँदै छानबिन गर्नुपर्ने माग राखेका छन्। उजुरीमा भनिएको छ कि उनीहरू पदमा रहँदा न्याय सम्पादनमा प्रभाव पार्न सक्ने भएकाले तत्काल निलम्बन गरी अनुसन्धान अघि बढाउनुपर्छ।

पौडेलले उजुरीमार्फत न्यायाधीशहरूले विगतमा गरेका फैसलाहरूको पनि अध्ययन हुनुपर्ने माग गरेका छन्। उनका अनुसार जिल्ला अदालतले यसअघि आलमसहितमाथि व्यक्तिहत्याको स्पष्ट प्रमाण पेश गर्दै दोषी ठहर गरेको थियो, जसमा पीडित तथा साक्षीको सुरक्षाका लागि विशेष आदेशसमेत जारी गरिएको थियो। तर, उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासबाट न्यायाधीश थारु र महर्जनले ती प्रमाणहरू बेवास्ता गरी सफाइ दिने निर्णय गरेका थिए।

न्यायपरिषद ऐनअनुसार कार्यक्षमता अभाव, आचरणमा गम्भीर त्रुटि, वा आचारसंहिताको उल्लंघन भएमा न्यायाधीशहरूविरुद्ध छानबिन प्रक्रिया अघि बढाउन सकिने व्यवस्था छ। पौडेलले यही आधारमा न्यायाधीशहरूको भूमिकामाथि प्रश्न उठाउँदै, उनीहरूमाथि आवश्यक कारवाहीको माग गरेका हुन्।

गत बुधबार गरिएको उक्त फैसलापछि न्यायाधीशद्वयको निर्णय प्रक्रिया र निष्पक्षतामाथि सर्वसाधारण तथा कानुनी क्षेत्रमै व्यापक छलफल र चासो देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला