१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देवीखोला–खहरे–बिरुवा सिँचाइ योजनाबाट एक सय घरपारिवार लाभान्वित

१७ जेष्ठ २०८२, शुक्रबार १४:३१
काठमाडौँ । आकाशे पानीको भरमा मात्रै खेती गर्नुपर्ने अवस्था रहेको जिल्लाको बन्दीपुर–४ स्थित खहरे–बिरुवा क्षेत्रमा अब बाह्रै महिना सिँचाइ सुविधा हुने भएको छ ।
जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयको सहयोगमा देवीखोला खहरे बिरुवा सिँचाइ योजना सम्पन्न भएपछि यहाँका करिब एक सय घरपरिवार लाभान्वित भएका छन् । सिँचाई सुविधा पुगेपछि मौसमी र बेमौसमी तरकारी उत्पादनका साथै अन्य बाली लगाउन सहज हुने देवीखोला–खहरे–बिरुवा सिँचाइ उपभोक्ता समितिका अध्यक्ष हरिकाशी गुरुङले जानकारी दिनुभयो ।
“गत वर्ष मुहानमा च्याम्बर निर्माण गरी २ नंं ट्याङ्कीसम्म एक हजार ८०० मिटर लामो ११० एमएमको पाइप जडान गरिएको छ,” अध्यक्ष गुरुङले भन्नुभयो, “पहिलो वर्ष २ नं टयाङ्की निर्माण गरी तीनवटा गेटवाल राखेर २० वटा धारा जडान गरिएको थियो ।”
उहाँले भन्नुभयो, “यस चालु वर्षमा १ नं टयाङ्की निर्माण गरी चारवटा गेटवाल राखेर २८ वटा धारा जडान गरिएको छभने यसै वर्ष दुईवटा धारा थप गरी ५० वटा धारा पु¥याइएको छ ।”
एक लाख ८० हजार लिटर क्षमताका दुईवटा रिजर्भ टयाङ्की निर्माण गरी पानी सङ्कलन गरेर धाराबाट सिँचाइको व्यवस्था मिलाइएको छ । उक्त योजनाबाट ३०० रोपनी क्षेत्रफल सिञ्चित हुने बताइएको छ ।
योजना सम्पन्न गर्नका लागि सिँचाइ डिभिजन कार्यालयबाट गत वर्ष रु ४५ लाख र यस वर्ष २५ लाख गरी रु ७० लाख बजेट विनियोजन भएको उपभोक्ता समितिकी सचिव सीता रानाले बताउनुभयो ।
आगामी वर्षका लागि रु १० लाख बजेट विनियोजन गरी सत्र वटा थप धारा निर्माण गर्ने योजना रहेको सो कार्यालयले जनाएको छ । समयमै सम्झौता गरी समयमै निर्माण कार्य सम्पन्न गरिएको कार्यालय प्रमुख मोहनराज आचार्यले जानकारी दिनुभयो ।
“आकाशेपानीको भर पर्नु पर्दैन,” प्रमुख आचार्यले भन्नुभयो, “नयाँ प्रविधिमा आधारित सिँचाइ योजनाले अब बाह्रै महिना सिँचाइमा सजिलो बनाइदिएको छ ।” उहाँका अनुसार फलफूलजन्य र तरकारीजन्य उत्पादनमा प्रोत्साहन गर्दै नमूना कृषि फार्मका रुपमा विकास गर्न सिँचाइले बाटो खोलिदिएको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का