२०८२, २० फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रतिनिधिसभाः बजेटका विविध पक्षमा सांसदहरूको समीक्षात्मक टिप्पणी

२०८२, १ असार आईतवार १७:०८

काठमाडौँ | प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको बजेटका विविध पक्षमा सांसदहरूले समीक्षात्मक टिप्पणी गर्नुभएको छ ।

पूर्वअर्थमन्त्री वर्षामान पुनले बजेटबाट मध्यम र तल्लो वर्गका जनता उत्साहित हुन नसकेका बताउनुभएको छ । राजनीतिक नेतृत्वले मेहनत गरेर बजेट नल्याएको आरोप लगाउनुभयो । “बलियो सरकारले ल्याएको यो कमजोर बजेट हो”,सांसद पुनले भन्नुभयो ।

उहाँले राजस्व चुहावटको समस्या, पुँजीगत खर्च र प्राथमिकताका क्षेत्रलाई समेट्न बजेटले नसकेको बताउनुभयो । वित्तिय सङ्घीयतालाई बलियो बनाउन बजेट चुकेको उहाँको भनाइ थियो ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सांसद राजेन्द्रप्रसाद पाण्डेले आमजनताको अपेक्षा सम्बोधन गर्न बजेट असमर्थ भएको बताउनुभयो । उहाँले ठूला उद्यमी– व्यवसायी खुसी बनाउने गरी बजेट आएको भन्दै असन्तुष्टि जनाउनुभयो ।

आम जनता पार्टीका सांसद प्रभु साहले बजेट बिचौलियालाई खुसी पार्ने गरी आएको आरोप लगाउनुभयो ।

नागरिक उन्मुक्ति पार्टीका गङ्गाराम चौधरीले आगामी आर्थिक वर्षको बजेटले नागरिकको आवश्यकता समेट्न सफल भएको भन्दै सरकारलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले कृषि उत्पादन प्रवद्र्धन र बजारीकरणका लागि विशेष ध्यान दिन आग्रह गर्नुभयो ।

जनता समाजवादी पार्टीका सांसद वीरेन्द्रप्रसाद महतोले बजेट मुलुकको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सफल हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले बजेटमा युवालाई केन्द्रमा राखी नवप्रवर्तनसहितका उद्योग, सहुलियतपूर्ण कर्जा, कृषिको आधुनिकीकरण समेटिएका बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो