२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वरुणकान्तको ‘प्रकृतिको मन’को लोकार्पण

१ असार २०८२, आईतवार १८:०६

काठमाडौँ | जीव, जगत् र जीवनको चर्चासम्बन्धी विषयवस्तु समेटिएको समाजशास्त्री वरुणकान्त अधिकारीको कृति ‘प्रकृतिको मन’ लोकार्पण गरिएको छ ।

जानकारीमूलक, उत्पे्ररक र आम पाठकका लागि उपयोगी प्रबन्धनात्मक उक्त साहित्यिक रचनाको आज यहाँ आयोजित कार्यक्रममा वरिष्ठ कूटनीतिज्ञ प्राडा जयराज आचार्यले लोकार्पण गर्नुभयो ।

पुस्तकमा सभ्यताको विकाससँगै मानव चेतनाले प्रमाणित गरेका, धारणा बनाइएका, विश्वास गरेका, कल्पना र अनुमान गरेका गहन विषयवस्तु समेटिएको छ । ज्ञान र विज्ञानको आलोकमा जीवको अस्तित्व, मानव विकासक्रम, अन्तरिक्ष, समय, मानवमन, मानव सम्यता, जीवन दर्शन जस्ता गहन र रहस्यमय विषयवस्तु समावेश कृतिले पाठकको ज्ञानको स्तर अभिवृद्धि गर्ने लेखक अधिकारीले बताउनुभएको छ ।

सृष्टिका विविध रहस्यप्रति अभिरुचि गराउनु, युवा पुस्तालाई अध्ययन, अनुसन्धान र अन्वेषण कार्यमा अभिप्रेरित गर्दै ज्ञानका माध्यमबाट समाजलाई सकारात्मक दिशातर्फ अघि बढाउन कृति अध्ययनले सहयोग पुग्ने विश्वास गरिएको छ ।

त्यस अवसरमा प्राडा आचार्यले जीव, जगत् र जीवनको चर्चा गरिएको प्रकृतिको मन शीर्षक कृतिमा समेटिएका विषयले मन अद्भुत चीज रहेछ भन्ने स्पष्ट पार्न कोसिस भएको बताउनुभयो ।

उहाँले विश्व ब्रह्माण्डमा सूर्य, चन्द्रमा, पृथ्वी, मङ्गल, बुध जस्ता ग्रह र नक्षत्रका बीचमा सृष्टिका हिसाबले सानो कणका रुपमा रहेको मानवले त्यस्ता विषयवस्तुको अध्ययन र अनुसन्धान गरी वास्तविकता बाहिर निकाल्ने काम चुनौतीका बीचमा पनि सम्भव तुल्याएको धारणा राख्नुभयो ।

खगोलशास्त्री डा प्रेमराज ढुङ्गेलले प्रकृति नै सर्वेसर्वा हो भन्ने कोणबाट अर्थशास्त्र, समाजावाद, भौतिकवाद, राजनीतिक, मानवशास्त्रलगायतका विषयवस्तुलाई गहि¥याइसम्म पुगेर ठेट र झर्राे शब्द प्रयोग भएको पुस्तक जुनसुकै शैक्षिक योग्यता भएकाले सजिलै बुझ्न सक्ने बताउनुभयो ।

वनस्पतिविद् डा महेन्द्रनाथ सुवेदीले शून्यताको आत्मकथा, समय र अस्तित्व, जीवन दर्शनसँग जोडिएका विषयवस्तु समेटिएको पुस्तकमा समयलाई पैसाले देख्ने कस्तो मनुष्य हो भन्ने पक्ष चाखलाग्दो रहेको धारणा राख्नुभयो ।

समाजसेवी गायत्री अधिकारीले कृतिमा विज्ञान, समाजशास्त्र, मानवशास्त्रलगायतका मानवले ध्यान दिनुपर्ने र जान्नुपर्ने धेरै महत्वपूर्ण विषय समेटिएको बताउनुभयो ।

क्रम विकास, समय र अस्तित्व तथा जीवन दर्शन गरी तीन भागमा विभाजित कृतिमा जीवनको आरम्भ र विकास, सुन्दरीका सन्तान, पुर्खाको विरासत, समय सुन्दर, सौर्यमण्डल, आकाश दर्शन, मनको साम्राज्यलगायत शीर्षकमा विविध विषयवस्तु समेटिएको छ ।

अनिता शर्मा पौड्याल प्रकाशक तथा प्रगति पुस्तक सदन वितरक रहेको ३५४ पृष्ठको उक्त कृतिको मूल्य रु ९७५ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ