२०८२, २० फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सभामुख घिमिरेसँग रास्वपाका नेताहरूको भेटवार्ता

२०८२, २ असार सोमबार ११:५६

काठमाडौँ | सभामुख देवराज घिमिरेसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डोलप्रसाद (डीपी) अर्याल एवं प्रमुख सचेतक सन्तोष परियारले भेटवार्ता गर्नुभएको छ ।

सभामुखको सरकारी निवास बालुवाटारमा आज बिहान उहाँहरूबीच भेटवार्ता भएको सभामुखका प्रेसविज्ञ शेखर अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार भेटमा सभामुखले संसद्मा अवरोधभन्दा पनि जिम्मेवार भएर अगाडि बढ्न आग्रह गर्नुभएको थियो ।

सो अवसरमा सभामुख घिमिरे भन्नुभयो, “दुई सातादेखि विपक्षीको अवरोधले संसद् बन्धक भयो, बजेटबारे व्यापक छलफल गर्नुपर्नेछ, बनेटलाई समृद्ध बनाउने बेला संसद् अवरूद्ध हुँदा जनतामा गलत सन्देश गएको छ, विपक्षीले उठाएका मुद्दा गम्भीर छन्, त्यही भएर दुई सातासम्म संसद्लाई सहमतिका लागि रोकेको हुँ तर, अब रोक्ने अवस्था छैन ।”
संसद्को नेतृत्वका हिसाबले आफूले संवैधानिक सीमालाई पनि ख्याल गर्नुपर्ने उल्लेख गर्दै उहाँले राष्ट्रियसभाले ५ गतेभित्र प्रतिनिधिसभाबाट विनियोजन विधेयक पठाउन भनेको कुरा सुनाउनुभएको थियो ।

सभामुख घिमिरेले भन्नुभयो, “यस्तो अवस्थामा जुनसुकै हालतमा बजेट पारित गर्नै पर्छ, तपाईंहरूले आफ्नो आन्दोलनको स्वरूप बदलेर पनि संवैधानिक सीमा र बाध्यता बुझ्नुपर्छ, बरू सरकारसँग संवादका लागि आवश्यक सहजीकरण म गर्नेछु, गम्भीर भएर छलफल गरौँ ।”

रास्वपाले भने विपक्षीले उठाएका माग गम्भीर भएको र जनताको वास्तविक समस्या उठाएका उल्लेख गरेको थियो । रास्वपाका कार्यवाहक सभापती अर्यालले भन्नुभयो, “हाम्रा माग र मुद्दामा सरकार गम्भीर नभएकाले संसद् अवरोध गर्न बाध्य भएका हौँ, अहिलेकै अवस्थामा हामी मुद्दाबाट पछाडि फर्कन सक्ने अवस्थामा छैनौँ, तथापि हामी अहिलेको निकासका लागि छलफल र संवादमा नै छौँ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो