२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समयमा पहिचान, समयमै उपचारः क्यान्सर रोगको निदान

२ असार २०८२, सोमबार १६:२२

काठमाडौँ | स्तन तथा पाठेघरको मुखको क्यान्सर न्यूनीकरणका लागि परीक्षणलाई तीव्रता दिनुपर्नेमा क्यान्सर रोग विशेषज्ञहरुले जोड दिएका छन् ।

‘सुडी समाज काठमाडौँ महिला उपसमिति’द्वारा यहाँ आयोजित स्तन तथा पाठेघर मुखको क्यान्सरसम्बन्धी निःशुल्क प्रशिक्षण कार्यक्रमका सहभागी क्यान्सर रोग विशेषज्ञहरुले स्तन तथा पाठेघरको मुखको क्यान्सरसम्बन्धी समस्या समयमै पत्ता लाग्ने भएकाले महिलालाई यसप्रति समयमै सचेत हुनुपर्ने आवश्यकतामाथि जोड दिनुभयो ।

“स्तन तथा पाठेघरको मुखको क्यान्सर पत्ता लगाउनका लागि नियमित परीक्षण आवश्यक रहेको छ,” क्यान्सर रोग विशेषज्ञ डा रीता महासेठले भन्नुभयो, “कम्तीमा १० वर्षदेखि १५ वर्षको अवधि अगाडि नै जानकारी लिन सकिने र परीक्षण गर्न सकिने सुविधा भएकाले महिलालाई सो सम्बन्धी नियमित रूपमा परीक्षणको पहुँचसम्म पुग्ने वातावरण तयार गर्नुपर्छ ।”

स्तन तथा पाठेघरको मुखको क्यान्सरमुक्त समाज निर्माण गर्ने लक्ष्य प्राप्तिका लागि यस्ता सामाजिक संस्थाले यससम्बन्धी थुप्रै कार्यक्रम सञ्चालन गर्नुपर्ने उल्लेख गर्दै डा महासेठले स्तन क्यान्सरको मुख्य लक्षण स्तनमा गिर्खा आउनु, यस्तो गिर्खा नदुख्ने र बढ्ने खालको हुनु, स्तनको मुन्टा गाडिने, रङ्ग परिवर्तन हुनु, छाला बाक्लो हुनु, मुन्टाबाट पिप वा रगत बग्नु, घाउ निको नहुनु जस्ता समस्या देखिने गरेको छ भन्नुभयो ।

पछिल्लो तथ्याङ्कअनुसार नेपालमा प्रत्येक दिन ६ महिलामा स्तन क्यान्सरको पहिचान हुने र प्रत्येक दिन तीन जनाको यही क्यान्सरबाट मृत्यु हुने गरेको छ । विभिन्न अध्ययनले ५० वर्षदेखि ६० वर्षका महिलामा अन्यको तुलनामा बढी स्तन क्यान्सर हुने गरेको देखाएको छ । नेपालमा ४० वर्षदेखि ५० वर्ष उमेर समूहका महिलामा स्तन क्यान्सर धेरै देखिएको तथ्याङ्क छ ।

“पछिल्लो समय महिलामा स्तन क्यान्सरको समस्या बढ्दो छ,” अर्का विशेषज्ञ डा राजीव महासेठले भन्नुभयो, “स्तन क्यान्सर ठ्याक्कै के कारणले हुन्छ भन्न सकिँदैन । यसमध्ये पाँचदेखि १० प्रतिशत कारण वंशाणुगत पनि हो ।”

स्तन क्यान्सर हुँदा लक्षण ढिलोगरी देखिन सक्छन् । त्यसैले स्तन क्यान्सरलाई समयमा नै पत्ता लगाउने हो भने लक्षणलाई कुरेर बस्नु नहुने उल्लेख गर्दै डा महासेठले ४० वर्षमाथिको उमेरका महिलाले वर्षमा एकचोटि मेमोग्राम गराउने गर्नुपर्नेमा जोड दिनुभयो । “मेमोग्रामको सुविधा नभए अल्ट्रासाउन्ड गराएर हेर्नुपर्ने हुन्छ”, उहाँले भन्नुभयो ।

“बीस वर्षमाथिका महिलाले हरेक वर्ष स्तन परीक्षण गराउनु उपयुक्त हुन्छ । यसरी जाँच गराउने गरे गिर्खा हुनुभन्दा अगाडि नै पत्ता लाग्छ र समयमै उपचार गराउन सकिन्छ”, डा महासेठले भन्नुभयो, “अन्तिम चरणमा रोग पत्ता लागेमा वा जटिल खालको क्यान्सर भएमा उपचार गर्दागर्दै बिरामीको मृत्यु पनि हुन सक्छ ।”

कलिलै उमेरमा विवाह भएका, कलिलै उमेरमा यौन सम्पर्क राख्ने, बढी पुरुषसँग यौन सम्पर्क भएका, बढी सन्तान जन्माएका, खानपिनमा ध्यान नदिने तथा कुपोषण भएका, एचआइभी भाइरसको सङ्क्रमण भएका, पाठेघर अथवा यौनसम्बन्धी बराबर सङ्क्रमण भइरहने महिलामा स्तन तथा पाठेघर मुखको क्यान्सर हुने जोखिम बढी हुने डा महासेठले बताउनुभयो ।

“योनीबाट फोहोर पानी बग्नु, यौनसम्पर्कपछि रगत देखिनु, महिनावारीको बीचबीचमा रगत देखिनु, महिनावारी सुकिसकेका महिलामा रगत देखिनु, तल्लो पेट दुख्नु जस्ता लक्षण देखिएका महिलामा क्यान्सर हुने जोखिम बढी हुने गर्छ”, उहाँले भन्नुभयो ।

सुडी समाजका अध्यक्ष शीतलप्रसाद महतोले स्तन तथा पाठेघरको मुखको क्यान्सर हुनुभन्दा अगाडिको सावधानीले आर्थिक बोझ र मानव जीवन जोगाउन सक्ने उल्लेख गर्दै स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षणका लागि समाजमा जनचेतनामूलक कार्यक्रमलाई व्यापक रुपमा विस्तार गर्दै लैजानुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ