२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पर्यटन व्यवसायमा महिला सहभागिता बढाउनुपर्नेमा जोड

२ असार २०८२, सोमबार १७:३०

काठमाडौँ | पर्यटन व्यवसायमा महिला सहभागिता अभिवृद्धि गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । नेपाल पर्यटन बोर्ड र महिला पर्यटन व्यवसायी सञ्जालको संयुक्त आयोजनामा भएको व्यवसायीहरुको क्षमता तथा व्यवसाय प्रवद्र्धनका लागि प्रशिक्षण कार्यक्रमका बक्ताहरुले आयआर्जन, रोजगारी सिर्जना र आर्थिक सबलीकरणका लागि पर्यटन व्यवसायमा महिला सहभागिता बढाउनुपर्ने धारणा राखेका छन् ।

सञ्जालकी अध्यक्ष निर्मला धमलाको सभापतित्वमा भएको सो समारोहमा नेपाल उद्योग वाणिज्य महासङ्घकी पूर्वअध्यक्ष भवानी राणा, महिला उद्यमी महासङ्घकी अध्यक्ष शोभा ज्ञावाली, नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिं ऐर, नेपाल ट्रेकिङ् एजेन्ट्स् एसोसिएसनका अध्यक्ष सागर पाण्डे, नेपाल पर्वतारोहण सङ्घका वरिष्ठ उपाध्यक्ष ठाकुर पाण्डे, नाट्टाका वरिष्ठ उपाध्यक्ष जिसुवा तुलाधारलगायतले पर्यटन व्यवसायका विभिन्न क्षेत्रहरुमा महिलाले विशिष्ट योगदान दिनसक्ने हुँदा उनीहरुलाई यसतर्फ आकर्षित गराउन सरकार र निजी क्षेत्रबाट ठोस योजना र कार्यक्रम ल्याउनुपर्दछ भन्नुभयो ।

तीन दिनसम्म सञ्चालन गरिएको सो प्रशिक्षणमा पर्यटनमा महिलाहरु संलग्न हुनसक्ने क्षेत्रहरुको पहिचान, कम्पनी सञ्चालनसम्बन्धी कानुनी प्रक्रिया, कर प्रणालीलगायतका विषयमा छलफल भएको सञ्जालकी उपाध्यक्ष जया बरालले जानकारी दिनभयो । प्रशिक्षणमा विभिन्न सङ्घसंस्थामा संलग्न ५५ जना महिलाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ