२०८२, २० फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जनतामा छरिएका भ्रम चिर्न मन्त्री दाहालको आग्रह

२०८२, ३ असार मंगलवार १३:४९

काठमाडौँ | भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नागरिकमा छरिएका भ्रमहरु चिर्न आग्रह गर्नुभएको छ ।

देशमा केही भएन र हुँदैन भन्ने भाष्य निर्माण गरी भ्रम छर्ने काम भइरहेकाले त्यस्ता तत्वलाई परास्त गर्न जरुरी रहेको उहाँले बताउनुभयो । मन्त्री दाहालसँग भेट गर्न आएका अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्याथी युनियन (अनेरास्ववियु)को नेतृत्वलाई मन्त्री दाहालले सो आग्रह गर्नुभएको हो ।

हालै झापामा सम्पन्न अनेरास्ववियुको २४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य तथा पदाधिकारीहरुको टोलीले मन्त्री दाहालसँग भेट गरेको हो । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पोलिटब्यूरो सदस्यसमेत रहनुभएका मन्त्री दाहालले नेपालको शैक्षिक आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरेको सङ्गठनले गुणस्तरीय, जीवन उपयोगी र व्यावहारिक शिक्षाका लागि नेतृत्व लिने विश्वास व्यक्त गर्नुभयो ।

अखिलको महाधिवेशनबाट नीति, योजना तथा अनुसन्धान आयोगको अध्यक्षमा निर्वाचित प्रकाश विष्टसहित केन्द्रीय सदस्य एवम् सचिवालय सदस्यमा निर्वाचितहरुले मन्त्री दाहालसँग भेट गरेका हुन् ।

भेटका क्रममा नेकपा (एमाले) झापा काठमाडौँ सम्पर्क मञ्चका उपाध्यक्ष मनोज दाहाल, अखिलका पूर्वसचिव मनोज ताम्लीलगायतले नवनिर्वाचित नेतृत्वलाई बधाई तथा शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो