२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रतिनिधिसभाको बैठक बिहीवारसम्मका लागि स्थगित

३ असार २०८२, मंगलवार १७:४५

काठमाडौँ | प्रतिनिधिसभाको बैठक बिहीवार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ ।

दिउँसो १ बजेका लागि तय भएको बैठक ढिला गरी शुरू भएकोमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले नाराबाजीसहित बेल घेराउ गरेपछि सभामुख देवराज घिमिरेले कार्यसूचीमा प्रवेशै नगरी आधा घण्टाका लागि स्थगित गर्नुभएको थियो । त्यसपछि संसद् सचिवालयले सूचना टाँसेर दिउँसो साढे ४ बजेसम्मका लागि स्थगित गरेकोमा फेरि शुरू नै नभई सचिवालयले सूचना टाँसेर बिहीवार बिहान ११ बजेसम्मका लागि स्थगित गरेको हो ।

रास्वपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समितिको माग गर्दै आएको छ । हिजो र अस्ति रास्वपाको नाराबाजीकै बीच सभामुख घिमिरेले जबरजस्ती बैठक अघि बढाउनुभएको थियो । तर आज रास्वपाका सांसदहरूको पोशाकलाई लिएर सत्तारूढ नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले प्रश्न उठाएपछि सभामुख घिमिरेले तत्कालै बैठक स्थगित गर्नुभयो ।

आज रास्वपाका सांसदहरूले मानव तस्करी र मानव बेचबिखनविरुद्धको आवाजको प्रतिनिधित्व भन्दै नीलो रिबन लगाएर बैठकमा उपस्थित भएका थिए । कांग्रेस प्रमुख सचेतक घिमिरेले त्यो रिबन मर्यादित पोशाकमा पर्छ कि पर्दैन भन्ने यकिन गर्नुपर्ने माग गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ