२०८२, २० फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रतिनिधिसभाको बैठक बिहीवारसम्मका लागि स्थगित

२०८२, ३ असार मंगलवार १७:४५

काठमाडौँ | प्रतिनिधिसभाको बैठक बिहीवार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ ।

दिउँसो १ बजेका लागि तय भएको बैठक ढिला गरी शुरू भएकोमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले नाराबाजीसहित बेल घेराउ गरेपछि सभामुख देवराज घिमिरेले कार्यसूचीमा प्रवेशै नगरी आधा घण्टाका लागि स्थगित गर्नुभएको थियो । त्यसपछि संसद् सचिवालयले सूचना टाँसेर दिउँसो साढे ४ बजेसम्मका लागि स्थगित गरेकोमा फेरि शुरू नै नभई सचिवालयले सूचना टाँसेर बिहीवार बिहान ११ बजेसम्मका लागि स्थगित गरेको हो ।

रास्वपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समितिको माग गर्दै आएको छ । हिजो र अस्ति रास्वपाको नाराबाजीकै बीच सभामुख घिमिरेले जबरजस्ती बैठक अघि बढाउनुभएको थियो । तर आज रास्वपाका सांसदहरूको पोशाकलाई लिएर सत्तारूढ नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले प्रश्न उठाएपछि सभामुख घिमिरेले तत्कालै बैठक स्थगित गर्नुभयो ।

आज रास्वपाका सांसदहरूले मानव तस्करी र मानव बेचबिखनविरुद्धको आवाजको प्रतिनिधित्व भन्दै नीलो रिबन लगाएर बैठकमा उपस्थित भएका थिए । कांग्रेस प्रमुख सचेतक घिमिरेले त्यो रिबन मर्यादित पोशाकमा पर्छ कि पर्दैन भन्ने यकिन गर्नुपर्ने माग गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो