2026-10-15 07:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

११ महिनामा ७ लाख ६० हजार भन्दा बढीले लागे श्रम स्वीकृति

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा सात लाख ६० हजार ३९१ जना नेपालीले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् । ०८१ साउन १ गतेदेखि ०८२ जेठ मसान्तसम्मको अवधिमा उनीहरूलाई वैदेशिक रोजगार विभागले श्रम स्वीकृति प्रदान गरेको हो ।

०८२ जेठ महिनामा मात्र ७४ हजार ४६७ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।

अघिल्लो आर्थिक वर्ष २०८०/८१ को पहिलो ११ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या ११.४० प्रतिशतले बढेको छ । गत आर्थिक वर्ष २०८०/८१ को पहिलो ११ महिनामा ६ लाख ८२ हजार ५६६ जनाले श्रम स्वीकृति लिएका थिए ।

अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो ११ महिनामा वैदेशिक रोजगारीमा जान ७७ हजार ८२५ जना बढीले श्रम स्वीकृति लिएको विभागको तथ्यांकले देखाउँछ ।

विभागको तथ्यांकअनुसार, चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ११ महिना अर्थात् २०८१ साउनमा ५९ हजार ५७५, भदौमा ५७ हजार ४९३, असोजमा ५३ हजार ५२५, कात्तिकमा ७० हजार ९९०, मंसिरमा ८४ हजार २२६, पुसमा ६७ हजार २५८, माघमा ७२ हजार ४४१, फागुनमा ६८ हजार ९६३, चैतमा ७३ हजार ४०३, २०८२ वैशाखमा ७८ हजार ५० र जेठमा ७४ हजार ४४६ जनाले श्रम स्वीकृति लिएका छन् ।

यस्तै, गत आर्थिक वर्ष २०८०/८१ को पहिलो ११ महिना अर्थात २०८० साउनमा ५५ हजार ५७५, भदौमा ५० हजार ८८४, असोजमा ५६ हजार २३५, कात्तिकमा ४३ हजार ६२२, मंसिरमा ६८ हजार २०१, पुसमा ६५ हजार ८१३, माघमा ६२ हजार १४७, फागुनमा ६५ हजार ६५८, चैतमा ७० हजार ९३३, २०८१ वैशाखमा ७० हजार ६३७ र जेठमा ७२ हजार ८६१ जनाले श्रम स्वीकृति लिएका थिए ।

चालु आर्थिक वर्षको पहिलो ११ महिनामा औसतमा प्रत्येक महिना ६९ हजार १२६ जनाभन्दा बढीले वैदेशिक रोजगारीमा जान विभागबाट श्रम स्वीकृति लिएको देखिन्छ । रोजगारी खोज्न विदेश जान चाहनेको संख्या दैनिक औसतमा दुईहजार २८३ जनाभन्दा बढी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने