२६ कार्तिक २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

११ महिनामा यूएईमा २८१ नेपालीको मृत्यु

५ असार २०८२, बिहीबार १७:४०

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ११ महिनामा वैदेशिक रोजगारीको सिलसिलामा युनाइटेड अरब इमिरेट्स (यूएई) पुगेकामध्ये २८१ नेपालीको मृत्यु भएको छ । यूएईस्थित नेपाली दूतावासका अनुसार, २०८१ साउन १ देखि २०८२ जेठ मसान्तसम्मको अवधिमा यूएईमा उक्त संख्यामा नेपालीको मृत्यु भएको हो ।

दूतावासले सार्वजनिक गरेको विवरणअनुसार २०८१ साउनमा ३०, भदौमा ३२, असोजमा ३३, कात्तिकमा ३५, मंसिरमा २४, पुसमा १३, माघमा २५, फागुनमा १७, चैतमा १७, २०८२ वैशाखमा ३५ र जेठमा २० नेपालीको मृत्यु भएको छ ।

पछिल्लो ११ महिनामा प्रत्येक महिना औसतमा २५ जनाभन्दा बढी नेपाली कामदारको मृत्यु यूएईमा भएको छ ।

गत आर्थिक वर्ष २०८०/८१ मा यूएईमा २३१ नेपालीले ज्यान गुमाएका थिए । उक्त वर्ष प्रत्येक महिना औसतमा १९ जनाभन्दा बढी नेपालीको मृत्यु यूएईमा भएको थियो ।

सडक दुर्घटना, कार्यस्थल दुर्घटना, हृदयघात, मुटुसम्बन्धी रोग लगायतका कारण नेपालीले यूएईमा ज्यान गुमाउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केन्द्रीय बैंकले उपदान कोषको तीन अर्ब ७० करोड लगानी गर्ने राष्ट्रपतिद्वारा मधेस प्रदेशका प्रमुख सुवेदीलाई पदमुक्त राष्ट्रलाई सङ्कटबाट मुक्त गर्न एमालेको भूमिका सशक्तः महासचिव पोखरेल दुर्घटनामा १२ जना घाइते अख्तियारद्वारा आठ जनाविरुद्ध मुद्दा दायर एमालेले विघटित प्रनिनिधिसभाका आफ्ना सांसदसँग छलफल गर्ने दिल्लीमा वायु प्रदूषण चरम स्तरमा, सडकमा विरोधमा कोषलाई राजनीतिक भर्ती केन्द्र बनाउन हुँदैन: प्रधानमन्त्री कार्की दार्चुलामा भूकम्पको धक्का किसानका समस्या समाधानतर्फ सरकारको ध्यान छ : कृषिमन्त्री मेलम्ची खानेपानी आयोजनाको मुहान खुलाउन छलफल नाइजेरियामा जिहादी गुटबीचको भीषण युद्ध, करिब २०० जनाको मृत्यु मुख्यमन्त्री नियुक्तिविरुद्ध अदालत जानेः कांग्रेस नेता यादव प्रहरी कार्यालयमा आगजनी गर्ने झापाबाट १० जना पक्राउ कुलमान घिसिङको नेतृत्वमा रहने पार्टीको नाम उज्यालो नेपाल राख्ने सहमति प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथको दर्शन धनगढीस्थित इन्धन डिपो स्थानान्तरण प्रक्रिया अघि बढाउन माग कांग्रेस चुनावमा सहभागी हुन्छः कांग्रेस नेता सिंह दक्षिण कोरियामा चिनियाँ माछा मार्ने डुङ्गा डुब्दा दुई जनाको मृत्यु, नौ बेपत्ता आगामी निर्वाचनबारे पूर्वपदाधिकारीसँगको परामर्शमा आयोग