2026-11-03 11:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘विदेशका जेलमा रहेका नेपालीको यकीन गर्न कूटनीतिक पहल थालेका छौँ’: मन्त्री शरत्सिंह भण्डारी

2025-07-08
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले विदेशका जेलमा रहेका नेपालीको सङ्ख्या यकिन गर्न कूटनीतिक पहल थालिएको बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा सदनमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा मन्त्री भण्डारीले कुन देशका जेलमा कति सङ्ख्यामा नेपाली छन् भनेर खोजीनिती भइरहेको बताउनुभयो । “नेपालीहरु विभिन्न देशका जेलमा रहेको सत्य हो । तर ठ्याक्कै कति भन्ने तथ्याङ्क छैन । मन्त्रालयले खोजेर सदनलाई जानकारी गराउनेछ”, उहाँले भन्नुभयो, “कानुनी सहयोग पाउन नसक्दा उनीहरु थप समस्यामा परेकाले सम्बन्धित देशका कानुन व्यवसायीको सहयोग र विभिन्न नियोगलाई यसबारे बुझ्न लगाइएको छ ।”
श्रममन्त्री भण्डारीले हालसम्म विदेशमा ज्यान गुमाएका १४ हजार बढी नेपालीको शव ल्याइएको बताउनुभयो । वैदेशिक रोजगारीमा जाने कामदारहरुको स्वास्थ्य परीक्षणलाई पूर्ण अनलाइन प्रणालीमा लैजाने तयारी भइरहेको उहाँको भनाइ छ । भारतमा काम गर्नका लागि श्रम स्वीकृत अनिवार्य नरहेकाले त्यहाँ काम गर्ने नेपाली श्रमिकको तथ्याङ्क नरहेको उहाँले स्वीकार्नुभयो ।
वैदेशिक रोजगार ऐन, २०६४ संशोधन र परिमार्जन गरी समयसापेक्ष बनाउन मन्त्रालयले प्रक्रिया अघि बढाएको उहाँले सदनलाई जानकारी गराउनुभयो । अहिले वैदेशिक रोजगारीमा जानेहरु ठगीमा परेको भनेर ३६ हजार बढी मुद्दा वैदेशिक रोजगार विभागमा दर्ता भएको उल्लेख गर्नुहुँदै मन्त्री भण्डारीले विभागले अनुसन्धानदेखि मुद्दा दर्तासम्मको काम गर्न त्यहाँको संरचना अपर्याप्त रहेको उल्लेख गर्नुभयो । वैदेशिक रोजगारीमा ठगीमा परेकाहरुको अनुसन्धान र मुद्दा चलाउने काम जिल्ला तहमा पठाउने कानुन संशोधनको तयारी गरिरहेको भण्डारीको भनाइ छ ।
आन्तरिक रोजगारी प्रवर्द्धनका लागि नेपाल सरकारले राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन, २०८१ बाट आगामी दशकलाई आन्तरिक रोजगार प्रवर्द्धन दशक (२०८२/८३–२०९१/९२) का रुपमा मनाउने घोषणा गरेको उहाँले बताउनुभयो ।
आन्तरिक रोजगार प्रवर्द्धनका लागि सरकारले विभिन्न कार्यक्रममार्फत काम गरिहरेको उहाँले उल्लेख गर्नुभयो । न्यूनतम रोजगारमा संलग्न हुन चाहने व्यक्तिले हरेक वर्ष फागुन सम्ममा नाम दर्ता गरिसक्नुपर्ने व्यवस्था रहेकामा चालु आर्थिक वर्षका लागि सात लाख ९७ हजार ७२५ र आर्थिक वर्ष २०८२÷८३ का लागि सात लाख ४५ हजार ४३५ जनाले नाम दर्ता गराएको जानकारी दिनुभयो । सूचीकृत बेरोजगारहरुलाई न्यूनतम रोजगारी सिर्जना गर्ने उद्देश्यले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत न्यूनतम रोजगार दिन चालु आवमा ६० हजारलाई रोजगार दिनेगरी बजेट विनियोजन भएको उहाँको भनाइ छ ।
—

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जुनसुकै कम्पनीको ग्यास सिलिन्डर साट्न पाउनुपर्ने माग गर्दै सर्वोच्चमा रिट नेपाली बजारमा सुनको मूल्यमा वृद्धि, चाँदी सस्तियो सरकारलाई असहयोग गर्दैनौँ, गलत काम गरे प्रश्न उठाउँछौँ : प्रदीप पौडेल मध्यपूर्वका नेपाली श्रमिकका मुद्दा राष्ट्रिय नीतिमा स्थापित हुँदै, ९औँ एनआरएनए क्षेत्रीय सम्मेलन कतारमा हुँदै निर्वाचन आयोगमा गगन थापा नेतृत्वको कांग्रेस कार्यसमिति अद्यावधिक एनपीएल : सुदूरपश्चिमले टस जितेर बलिङ रोज्यो, चितवन ब्याटिङमा कर्णालीलाई ४ विकेटले हराउँदै काठमाडौँ गोर्खाजको पहिलो जित साताको पहिलो दिनमै दोहोरो अङ्कले घट्यो नेप्से संसद् बैठक आह्वान गर्न प्रतिपक्षी दलहरूको माग एलपी ग्यास उद्योगलाई गाभ्ने प्रक्रिया अघि बढाउँदै आयल निगम कर्णालीले काठमाडौँलाई दियो १८१ रनको लक्ष्य सर्वोच्च अदालतको ५ बुँदे निर्णय सार्वजनिक, निष्पक्ष छानबिन गर्न आग्रह सिंहदरबारमा विपक्षी दलहरूको बैठक सुरु बिचौलिया प्रकरणको निष्पक्ष छानबिन हुनुपर्छ : कांग्रेस महामन्त्री पौडेल सर्वोच्चमा ४ घन्टादेखि पूर्ण बैठक जारी काठमाडौँ गोर्खाजले टस जितेर पहिले बलिङ रोज्यो, कर्णाली ब्याटिङमा मधेस सरकार गठनबारे दलहरूबीच सघन छलफलमा छौँ : प्रचण्ड कांग्रेस संसदीय दलको बैठक जारी प्रधानमन्त्री शाहको घोषणा : एक महिनाभित्र सबै पालिकाबाट जग्गासम्बन्धी सेवा सञ्चालन गरिन्छ भारी गिरावटपछि आज बढ्यो सुनचाँदीको मूल्य