२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रास्वपालाई व्यंग्य: भिजिट भिसाकै कारण यहाँ आइपुग्नुभएको छ, बिरोध किन ? -कांग्रेस प्रमुख सचेतक

१० श्रावण २०८२, शुक्रबार १४:२७

काठमाडौँ | सत्तारूढ नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले भिजिट भिसाको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले धेरै चिन्ता लिन नपर्ने बताएका छन्।

शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै घिमिरेले रास्वपाले भिजिट भिसाकै कारण अहिलेको सफलता हासिल गरेकाले धेरै चिन्ता नलिन आग्रह गरेका हुन्।

‘भिजिट भिसामा गएर उहीँ नागरिकता लिएर पासपोर्ट लिएर त्यही विदेशी पासपोर्टमा नेपाल फर्केर यहाँ मन्त्री उपप्रधानमन्त्री बनाइसकेका छौं। यो अभ्यास चलिसकेको देशमा भिजिट भिसाको बारेमा धेरै चिन्ता नगर्न आग्रह गर्छु। आज तपाईंलाई यो ठाउँमा पुर्‍याउने नै भिजिट भिसाको छ । धेरै चिन्ता किन गर्नुहुन्छ?,’ उनले भने।

भिजिट भिसाकै कारण आज सांसद बन्ने ठाउँमा आइपुगेकाहरूले नै भिजिट भिसाको बढी चिन्ता लिएकोमा आफू आश्चर्यचकित भएको घिमिरेले बताए।

‘हामीले एउटा अभ्यास गरिसकेका छौँ । भिजिट भिसामा यहाँबाट बाहिर जाने, त्यहीँको नागरिकता लिने, त्यहीँ घरजम गरेर बस्ने, केही समयपछि नेपाल फर्किने, दुई चार वटा अरु काण्ड पनि मच्चाउने, पार्टी खोल्ने त्यसपछि गृहमन्त्री, अन्य विभिन्न मन्त्री हुँदै उपप्रधानमन्त्रीसम्म हुने अभ्यास हामीले गरिसकेका छौँ । किन चिन्ता गर्नुहुन्छ,’ उनले भने।

 

उनले भिजिट भिसामा गएर उतै घरजम गर्नु, उतैको नागरिकता, पासपोर्ट लिनु अन्तर्राष्ट्रिय कानूनअनुसार पनि गलत कार्य रहेको र कुनै पनि देशले यसलाई राम्रो नमान्ने बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव