२०८३, २ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैंकिङ कसूरका घटना बढ्दो

२०७९, २१ माघ शनिबार ०६:५३

माघ २१, काठमाडौँ | काठमाडौँ महानगरपालिका–३१ शान्तिनगर बस्ने ४३ वर्षीय भुवनबहादुर माझीले बैंकिङ कसूर गरेको ठहर गर्दै उच्च अदालत पाटन, ललितपुरको फैसलाले रु एक करोड १९ लाख ७३ हजार बिगो बराबरको जरिवाना ठहर ग-यो । गत भदौदेखि फरार रहेका उनलाई दुई दिनअघि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो ।

बैंकिङ कसूर मुद्दामा रु नौ लाख ६० हजार बिगो कायम भएका ४७ वर्षीय भीमबहादुर तामाङलाई पनि प्रहरीले पक्राउ गरी अदालतमा बुझाएको छ । प्रहरीले पक्राउ गरी कारबाहीको दायरामा ल्याएका यी प्रतिनिधि घटना हुन् । तर कसूर प्रमाणित भएर फरार रहेका र बैंकिङ् कसूरका सयौँ आरोपी अझै फरार सूचीमा रहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । परिसरबाट हालै मात्र सरुवा हुनुभएका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनाली पछिल्ला समयमा बैंकिङ कसूर तथा अपराधका घटनामा बढोत्तरी भइरहेको बताउनुहुन्छ ।

परिसरको तथ्याङ्कअनुसार बैंकिङ अपराधका मुद्दा दर्ता अत्यधिक छन् । प्रहरी उपरीक्षक मैनालीका अनुसार आर्थिक वर्ष २०७७÷७८ मा एक हजार सात सय ४१ बैंकिङ कसूरका मुद्दा दर्ता भएका थिए । आव २०७८÷७९ मा दुई हजार सात सय १५ मुद्दा दर्ता भएकामा चालु आवको पुस मसान्तसम्ममा दुई हजार नौ सय ९९बैंकिङ कसूरका मुद्दा दर्ता भएका छन् ।

एसपी मैनाली नागरिक जति सहजरुपमा बैंकिङ पहुँचमा पुगेका छन् ‘बैकिङ कसूर तथा सजाय ऐन, २०६४’ को प्रावधानबारे सचेत नहुँदा जोखिम बढिरहेको बताउनुहुन्छ । यसले प्रहरीमा मुद्दाको चाप बढ्नुका साथै संलग्न व्यक्ति हिरासतमा पर्नु, संस्था कालो सूचीमा पर्नु र न्याय निरुपण गर्ने क्रममा मुद्दाको फैसला हुँदा कैद र जरिवाना भइ फरार रहनेको सङ्ख्या तीव्ररुपमा बढिरहेको छ । इन्टरनेटको माध्यमद्वारा (कनेक्ट आइपिएस, मोबाइल बैंकिङ, विभिन्न डिजिटल भुक्तानी सेवा प्रदायक एपमार्फत)समेत कारोबार गर्दा बैंकिङ कार्यमा नयाँपन आई सहजता प्रदान गरेको भए पनि त्यसको पूर्ण तवरले जानकार नहुँदा ह्याकरले वान टाइम पासवर्ड (ओटिपी) ह्याक गरी खातामा रहेको रकम गायब गरिदिने, एक जनालाई रकमान्तर गर्नुपर्ने रकम अर्कैको खातामा जानेलगायत गतिविधि बढेको छ ।

नेपालमा यसको नियमनका लागि ‘बैंङिङ कसूर तथा सजाय ऐन, २०६४’ रहेको छ । उक्त कानुनी व्यवस्था अनुसार रु दश लाखसम्म बिगो भए एक वर्षसम्म कैद, रु दश लाखभन्दा बढी रु ५० लाखसम्म बिगो भए एक वर्षदेखि दुई वर्षसम्म कैद, रु ५० लाखभन्दा बढी रु एक करोडसम्म बिगो भए दुई देखि तीन वर्षसम्म कैद, रु एक करोडभन्दा बढी बिगो भए तीनदेखि पाँच वर्षसम्म कैदको प्रावधान छ ।

यस्तै बैंकिङ कसूर मुद्दाको अनुसन्धान तथा तहकिकातसम्बन्धी काम कारबाहीमा कसैले बाधा, विरोध गरेमा अनुसन्धान तथा तहकिकात गर्ने अधिकारीको प्रतिवेदनको आधारमा मुद्दा हेर्ने अधिकारीले ६ महिनासम्म कैद वा रु पाँच हजारसम्म जरिवाना वा दुवै सजाय गर्न सक्ने व्यवस्था ऐनमा छ । खातामा रकम नभएको जानीजानी चेक दिएर त्यो नसाटिँदा हुने बैंकिङ कसूरको सङ्ख्यासमेत बढिरहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइराला बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दमकमा नेपाली खाना पकाउने प्रतियोगिता सहित फुड फेस्टिभल सुरु, ६६ जना प्रतिष्पर्धी सहभागी कांग्रेसले बोलायो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कारबाही गरिने नयाँ सामग्री खरिद नगर्न निर्देशन मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु राष्ट्रपति पौडेलसँग राष्ट्रसंघीय प्रतिनिधिको भेट सुनचाँदीको मूल्यमा गिरावट राष्ट्रपतिले गरे नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन हामीले सरकारको विरोध गर्ने होइन, राम्रो कामको समर्थन गर्नुपर्छ: गगन थापा प्रधानमन्त्री जवाफ दिन नआए हाम्रो पार्टी बाहिरिनेछ : हर्क साम्पाङ हिजोका सरकारले गरेका राम्रा कार्यक्रम खुलेर होइन लुकेर लिन खोजियो: सांसद अर्याल सरकारको नीति तथा कार्यक्रम पुरानै कार्यक्रमको निरन्तरता हो: सांसद झाँक्री प्रतिनिधिसभामा सुरु भयो नीति तथा कार्यक्रममाथि छलफल प्रधानमन्त्री संसदमा उपस्थित नभएसम्म कांग्रेसले विरोध जारी राख्ने प्रतिनिधि सभाको बैठक शुरू लोकतान्त्रिक अभ्यासमा संसद्लाई छलेर अघि बढ्ने कुरा स्वीकार्य नहुने: योगेश भट्टराई सुन-चाँदीको मूल्य बढ्यो सर्वोच्चको मौनताप्रति बारको ध्यानाकर्षण ‘बोल्न नदिने सरकार र बोल्दै नबोल्ने प्रधानमन्त्रीविरुद्ध’ भन्दै माइतीघर मण्डलामा प्रदर्शन