३० बैशाख २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

पहिरोले मकालु र भोटखोला गाउँपालिकामा सडक अवरुद्ध

११ बैशाख २०८२, बिहीबार १४:२१

काठमाडौँ | उत्तर-दक्षिण कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको मकाल र भोटखोला गाउँपालिकामा सडक अवरुद्ध भएको छ । लगातारको वर्षासँगै आएको पहिरोले मकालु गाउँपालिका–३ धर्मद्धारस्थित खाँदबारी-किमाथाङ्का खण्ड अवरुद्ध भएको हो ।

बुधबार रातिको वर्षासँगै आएको पहिरो खाँदबारी-किमाथाङ्का खण्डअन्तर्गत मकालु-३ क्षेत्रको सडक बगाएपछि आवागमन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिषेक श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार सडक अवरुद्ध हुँदा मकालु-३ र ४ तथा भोटखोला गाउँपालिका जाने सवारीसधान सञ्चालन हुन सकेका छैनन् ।

माथिल्लो क्षेत्रमा लगातार वर्षा भइरहेकाले पहिरो हटाउन समस्या भएको उत्तर-दक्षिण कोशी सडक आयोजना कार्यालयले जनाएको छ । अहिले सदरमुकाम खाँदबारीबाट मकालु र भोटखोला जाने यातायात मकालु गाउँपालिकाको फ्याक्सिन्दासम्म मात्रै सञ्चालन भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इन्डोनेसियामा म्याद गुज्रिएका विस्फोटक पदार्थ नष्ट गर्ने क्रममा १३ जनाको मृत्यु निजी क्षेत्रका समस्या सम्बोधन गर्न निरन्तर सुधारका काममा भइरहेका छन्ः अर्थमन्त्री पौडेल जनतामा देखिएको असन्तुष्टिलाई राजावादीले दुरुपयोग गर्न खोजे,त्यस्तो शक्तिहरूलाई निस्तेज पार्नुपर्ने: प्रचण्ड सकियो न्यायिक सम्मेलन, आठ बुँदे घोषणापत्र जारी डिजिटल टेक्नोलोजी कारण विद्युत प्राधिकरणले ठूलो फड्को मारेको: कुलमान घिसिङ पौडी खेल्ने क्रममा डुबेर मृत्यु सुन्धारामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु,२ जना घाइते छत्तीसगढमा सडक दुर्घटना हुँदा १३ जनाको मृत्यु रुकुम पश्चिममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते नक्कली प्रहरी बनेर डकैती गर्ने आठ जना पक्राउ सडकबाटो बिग्रपछि चौकीडाँडा–कबिलासडाँडाको प्याराग्लाइडिङ बन्द ७० वर्षको उमेरमा फेरि नयाँ क्रान्तिको नेतृत्व गर्ने :प्रचण्ड ‘जलविद्युत्मार्फत क्षेत्रीय आर्थिक सहकार्य जरुरी’ विश्वव्यापीरुपमा बढिरहेको अशान्ति र द्वन्द्व समाधान गर्न बुद्ध–शिक्षा महत्वपूर्णः प्रधानमन्त्री ओली रुकुम पश्चिममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु टर्कीमा राज्यविरुद्धको सशस्त्र संघर्ष अन्त्यको घोषणा राष्ट्रपति पौडेलद्वारा ज्येष्ठ नागरिकलाई सम्मान हाम्रो लडाई आतंकवाद र आतंककारीहरूविरुद्ध थियो: भारतीय सेना बुद्धजयन्तीका अवसरमा पनौती–नमोबुद्ध शान्ति पदयात्रा समय सान्दर्भिक हुलाक सेवा ऐन ल्याउँछौँ : मन्त्री गुरुङ