दलसिंह गिरी | साउन २२, कालिकोट | कालिकोट र जिल्लामा उत्पादन हुने स्याउको गुणस्तरियता कायम राख्न तथा का"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दलसिंह गिरी | साउन २२, कालिकोट | कालिकोट र जिल्लामा उत्पादन हुने स्याउको गुणस्तरियता कायम राख्न तथा का"/>
2026-09-16 09:29 AM
कालिकोट - KLK

बजारमा काचो स्याउको विगविगी सरोकारवाला मौन

दलसिंह गिरी | साउन २२, कालिकोट | कालिकोट र जिल्लामा उत्पादन हुने स्याउको गुणस्तरियता कायम राख्न तथा कालिकोट जिल्लालाई स्याउ उत्पादन क्षेत्रको रुपमा चिनाउन जिल्ला कृषि विकास कार्यालय कालिकोटले कम्तिमा भदौं १५ अगाडी स्याउ टिप्न तथा विक्रि वितरण नगर्न स्याउ ब्यावशायि तथा सर्ब साधारणलाई विभिन्न संचार माध्यम एवं कृषि सेवा केन्द्र मार्फत जानकारी गराएपनि स्थानीय बजारमा काचो स्याउ बिक्रि वितरण ब्यापक बढ्न थालेको छ ।

जिल्ला कृषि विकास कार्यालयले भदौं अगाडी स्याउ टिप्न र खानयोग्न नहुने भन्दै भदौं पछिमात्र स्याउ टिप्न तथा विक्रि वितरण गर्न अनुरोध गरेपनि स्थानीय कृषकहरु कृषि विकास कार्यालयको अनुरोधलाई अटेर गर्दै बजारमा स्याउ विक्रि वितरण गर्न थालेका छन् । 

स्याउ आजभोली बेच्दा आफुले भने अनुसारको मुल्य पाउने र आर्थिक समस्याका कारण छिटै बेचि पैसा कमाउने आसयले स्याउ बजारमा ल्याउने गरेको स्याउ उत्पादन ब्यवशायी तथा ब्यापारीहरु बताउछन् । पछि ढिलो सम्म राख्यो भने जंगली जनावरहरुले खानुका साथै बजारमा पनि स्याउ धेरै आउने भएकाले आफुले सोचे अनुसारको मुल्य नपाउने भन्दै बजारमा काचो स्याउ ल्याउने गरेको ब्यापारीहरु बताउछन् ।

जुम्ला, हुम्ला, मुगु लगायतका क्षेत्रमा कृषकहरुलाई सम्बन्धित जिल्ला कृषि विकास कार्यालयले भदौं अगाडी स्याउ नबेच्न आग्रह गर्दै भाद्र अगाडी स्याउ विक्रि वितरण गरेको भेटेमा कार्वाहि गर्ने चेतावनी समेत दिई प्रहरी तथा कृषि सेवा केन्द्रलाई निगरानीको लागि जिम्मेवारी दिए पनि कालिकोटमा भने भदौ १५ गते अगाडी जिल्ला बाहिर स्याउ ओसारपोसार गर्नबाट रोक्न नेपाल प्रहरीलाई आग्रह गरेको र स्थानीय बजारमा किसानहरुको अटेरिका कारण स्याउ विक्रि वितरण रोक्न नसकिएको जिल्ला कृषि बिकास कार्यालयका निमित्त प्रमुख कल बहादुर शाहीले बताउनु भएको छ ।

विगत केही बर्ष देखि जिल्ला कृषि विकास कार्यालय कालिकोटले जिल्लामा स्याउ आत्मनिर्भर कार्यक्रम लागु गरी कृषकहरुलाई बार्षिक २२ हजार बढी विरुवा अनुदान दिदै आएको छ भने बार्षिक प्रति विरुवा १ सयका दरले कृषकहरुलाई स्याउको विरुवा गोडमेल ब्यवस्थापन खर्च समेत दिदै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु