2026-08-04 06:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

टिप्स

तरकारीमा बढी नुन पर्‍यो ? अपनाउनुस् यी ट्रिक्स

एजेन्सी | के तपाईं नुन बिना आफ्नो खाना कल्पना गर्न सक्नुहुन्छ? तर विशेष गरी तरकारीमा यदि बढी नुन पर्‍यो भने यसले सबै खाना बरबाद नै गरिदिन्छ । मसलाको सही प्रयोग र मात्राले खानालाई स्वादिष्ट बनाउँछ । खानामा मसला वा नुन कम हुँदा फिका लाग्छ भने धेरै हुँदा खान नै सकिँदैन । 

त्यसैले केही गरी तरकारीमा बढी नुन पर्‍यो भने यसलाई कसरी खान लायक बनाउने भन्ने हुन्छ । विशेष गरी यदि घरमा पाहुना आएका छन् भने चिन्ता बढी हुन्छ । यहाँ हामी तपाईंलाई यस्ता केही टिप्सबारे जानकारी दिँदै छौँ, जसले तरकारीको चर्को नुनलाई सजिलै ठीक बनाइदिन्छ । आउनुहोस्, यसबारे जानकारी लिऔँ । 

१. उसिनेको आलु प्रयोग गर्नुहोस्

उसिनेको आलुको मद्दतले तरकारीमा नुनको असर कम गर्न सक्नुहुन्छ । नुन चर्को भएको तरकारीमा उसिनेको आलुलाई मुछेर हाल्नुहोस् । त्यसपछि तरकारीलाई एक मिनेटसम्म पकाउनुहोस् । यसो गर्दा नुनको असर कम हुनेछ र स्वाद पनि मिठो हुनेछ ।

२. दही प्रयोग गर्नुहोस्

तपाईंले दही प्रयोग गरेर पनि तरकारीमा भएको चर्को नुनको प्रभाव कम गर्न सकिन्छ । यसका लागि एउटा कचौरामा थोरै दही लिनुहोस् र पानी मिसाएर राम्रोसँग फिट्नुहोस् । अब यसलाई बिस्तारै बिस्तारै दाल वा तरकारीमा हाल्नुहोस् र छोपेर एक छिन पकाउनुहोस् । दहीसँग मिल्ने बित्तिकै तरकारीमा नुनको मात्रा ब्यालेन्स हुन्छ र स्वाद पनि बढ्नेछ ।

३. कागतीको रस

नुनको असर कम गर्नु छ भने तपाईं अमिलो खानेकुरा प्रयोग गर्न सक्नुहुन्छ । यसका लागि तपाईंले कागती लिन सक्नुहुन्छ । कहिलेकाहीँ फ्रिजमा उसिनेको आलु, दही आदि हुँदैन । कागती भने खासै टुट्दैन । त्यसैले पनि यस्तो अवस्थामा कागतीले सहयोग गर्नेछ । 

४. भुटेको बेसन

भूलवश, तरकारीमा बढी नुन पर्‍यो भने तपाईं दुई चम्चा बेसन लिनुहोस् र यसलाई राम्रोसँग भुट्नुहोस् । जब बेसनको रङ गाढा हुन थाल्यो र बास्ना आउन थाल्यो भने यसलाई तरकारीमा हाल्नुहोस् र हल्का हातमा मिक्स गर्नुहोस् । यसरी नुनको असर कम हुनेछ । तरकारीको स्वाद पनि बढ्छ । तपाईं तरकारीदेखि भुटेका तरकारीमा पनि यो हाल्न सक्नुहुन्छ ।

५. दूध

डिशमा अतिरिक्त नुन कम गर्न २ चम्मच दूध थप्नुहोस्। साथै, दूधमा सन्तुलन गर्ने क्षमता हुन्छ।

६. प्याज

 सानो प्याजलाई २-३ टुक्रामा काट्नुहोस् र करीमा छोड्नुहोस्। तपाईं काँचो प्याज वा भुटेको एक प्रयोग गर्न सक्नुहुन्छ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी राष्ट्रिय राजनीतिको मूलधारबाट झण्डैझण्डै टाढिने अवस्थामा छौँ: शंकर पोखरेल ​विद्यालयमा विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाइने मुग्लिङ–नारायणगढ सडकखण्ड सञ्चालनमा शेयर बजारमा झिनो गिरावट सुनकोशीमा खसेको कारमा सवारमध्ये दुई जनाको पहिचान खुल्यो परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ राष्टियसभाको आजको बैठकमा विभिन्न कार्यसूची पेस हुँदै सुनकोसी नदीमा कार खस्यो चितवनबाट गत एक वर्षमा ८९ जना बेपत्ता सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नारायणगढ सडक अवरुद्ध पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि हिमपहिरोमा परेका निर्मल पुर्जाको निधन भएको पुष्टि विश्वविद्यालयको छतबाट हाम फालेर आज एक विद्यार्थीको मृत्यु चर्चित आरोही निर्मल पुर्जाको निधन कुवेतमा ड्रोन हमलामा परी मृत्यु भएका सोमकुमारको शव नेपाल ल्याइँदै हेटौंडामा किशोरी मृत फेला विदेश पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिबाट रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ एलपी ग्यासको अभाव नरहेको आयल निगमको दाबी, नपाए हटलाइनमा सम्पर्क गर्न आग्रह ब्रड पिकमा आज पुनः उद्धार उडान सञ्चालन