२९ पुष २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

टिप्स

के तपाईं पनि गर्भ निरोधक चक्की बढी प्रयोग गर्नुहुन्छ ? सावधान, साइड इफेक्ट पनि जान्नुहोस्

३२ जेष्ठ २०८०, बिहीबार ०८:२८

काठमाडौँ | आधुनिक समाज आत्मनिर्भर छ । चाहे पुरुष होस् या महिला, उनीहरू आफ्नो व्यक्तिगत जीवन आफ्नै हिसाबले चलाउन चाहन्छन् । बच्चाको आवश्यकता महसुस भएपछि मात्रै  बच्चा जन्माउँछन् । आधुनिक विज्ञानले उनीहरूलाई यस्तो सुविधा दिएको छ । विज्ञानको यस युगमा गर्भ निरोधका धेरै उपायहरू उपलब्ध छन्, जसका कारण महिलाहरूले आफ्नो गर्भ रोक्न सक्छन् । यो विशेष गरी कामकाजी महिलाका लागि आवश्यक हुन्छ । एनसीबीआईका अनुसार अमेरिकामा प्रजनन उमेरका २५ प्रतिशत महिलाले आफ्नै इच्छाले गर्भ निरोधक चक्की प्रयोग गर्छन् ।


हाल बजारमा तीन प्रकारका गर्भ निरोधक चक्की उपलब्ध छन् । एउटा एस्ट्रोजेन र प्रोजेस्टेरोनको संयुक्त रूप हो । दोस्रो प्रोजेस्टेरोन मात्र हो र तेस्रो एक्स्टेन्डेट पिल हो । तीन वटा कै काम गर्भ रोक्नु हो तर तरिका भिन्न भिन्न छ । तर के यी चक्की पूर्ण रूपमा सुरक्षित छन् ? के यसका कुनै साइड इफेक्ट छैनन् त ?

औषधीले कसरी असर गर्छ ?

एनसीबीआईका अनुसार ती तीन प्रकारका चक्कीहरूले महिलाको शरीरमा गर्भधारणका लागि जिम्मेवार हर्मोनलाई नियन्त्रण गर्छ । यी चक्कीहरूले अण्डा बनाउने प्रक्रियालाई रोक्छ । यसको मतलब शुक्रकीट र अण्डाको मिलन हुँदैन, जसले गर्दा गर्भ रहँदैन । वास्तवमा, गर्भ निरोधक चक्कीको साइड इफेक्ट जान्नु अघि, यो चक्कीले कसरी काम गर्छ भनेर जान्न महत्त्वपूर्ण छ । महिलाको शरीरमा अण्डा बन्नुभन्दा अघि विभिन्न खालका चिजको निर्माण हुन्छ जुन काम थुप्रै हर्मोनले गर्ने गर्छ । प्रोजेस्ट्रोनको चक्की खाएपछि यसले गोनेडोट्रोपिन रिलिजिङ हर्मोनलाई कम गर्छ जसका कारण फोलिकल्स स्टिमुलेटिङ हर्मोन बन्दैन । यसबाहेक अण्डा बनाउनका लागि अर्को एउटा हर्मोन एलएच पनि बन्दैन । अर्थात्, औषधी खाएपछि शरीरमा विभिन्न खालका हर्मोन बन्न बन्द हुन्छ । अर्थात्, महिलाको शरीरमा जुन प्राकृतिक प्रक्रिया भइरहेको छ, त्यसलाई रोक्ने गरिन्छ । जब प्राकृतिक प्रक्रियालाई रोकिन्छ तब यसको साइड इफेक्ट हुनु स्वाभाविक हो ।

चक्कीका के छन् साइड इफेक्ट

१. महिनावारीको बीचमा रक्तस्राव

मेडिकल न्युज टुडेका अनुसार गर्भ निरोधक औषधीको सबैभन्दा ठुलो साइड इफेक्ट भनेको महिनावारीको बीचमा पनि रक्तस्राव हुन्छ । यद्यपि, यति बेला महिनावारीका बेलामा हुनेजस्तो रक्तस्राव हुँदैन तर हल्का वा खैरो रक्तस्राव भने भइरहन्छ ।

२. वाकवाकी 

केही महिलाहरूलाई चक्की खाएपछि वाकवाकीको समस्या हुन सक्छ । यद्यपि यो धेरै समयसम्म हुँदैन, केही समयपछि निको पनि हुनसक्छ । 

३. स्तन कोमल 

केही महिलाहरूले गर्भ निरोधक चक्की खाएपछि, विशेष गरी औषधि सुरु गर्दा स्तन कोमल भएको अनुभव गर्छन् । चक्कीले हर्मोन बन्द गराउने र यो स्तनसँग पनि सम्बन्धित भएकाले यसमा कोमलता आउनु स्वाभाविक हो ।

४. टाउको दुखाइ र माइग्रेन 

गर्भ निरोधक औषधी खाएपछि केहि महिलालाई बारम्बार टाउको दुख्ने र माइग्रेनको समस्या देखिन सक्छ । 

५. तौल बढ्ने 

गर्भ निरोधक चक्कीहरूले वजन बढाउन सक्छ । यद्यपि, यस्तो सबै महिलालाई हुन्छ भन्ने छैन । यो चक्की खाँदा शरीरको पानी धारण गर्ने क्षमता बढ्छ भन्ने गरिन्छ जसलाई ‘वाटर वेट’ पनि भन्ने गरिन्छ । 

६. मुड परिवर्तन 

गर्भ निरोधक चक्कीको साइड इफेक्ट मुड र भावनामा परिवर्तनको रूपमा आउँछ । यसले गर्दा अन्य धेरै समस्या पनि निम्त्याउन सक्छ । 

७. महिनावारी महिनैपिच्छे नहुने

केही महिलाको महिनावारी बीचमा रोकिन सक्छ । त्यसैले चिकित्सकको सल्लाहमा मात्रै गर्भ निरोधक चक्की प्रयोग गर्नु राम्रो हुन्छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जब भारतीय विदेशमन्त्रीले आरजुलाई सोधे: नेपालमा आएर कसैले मान्छे मारेको भए मिटिङ हुन्थ्यो? रवि फेरी हिरासतमा: अदालतअघि प्रधानमन्त्रीविरुद्ध उत्तेजक नाराबाजी मन्त्रिपरिषद्ले के-के गर्‍यो निर्णय ? सुत्केरी भएकी महिलालाई ६ महिनासम्म मासिक ४ हजार आजपनि सकिएन थुनछेक बहस, रवि लामिछानेलाई हिरासतमै पठाउन आदेश विश्वकप अघिको अभ्यास खेलमा वेस्ट इन्डिजसँग नेपाल पराजित परराष्ट्रमन्त्री राणालाई प्रश्नः नेपाली राहदानी विश्वमै कमजोर हुनुमा दोषी को हो? शेयर बजार लगातार ओरालो, कारोबार कति ? मिर्गौला फेल हुनुभन्दा पहिले पिसाबले दिन्छ यस्ता संकेत स्वर्णलक्ष्मी सहकारी ठगि प्रकरण: सरकारी वकिलको बहस सकियो आमनागरिक र समुदायलाई चिनेको बुझेको सरकार नै स्थानीय सरकार होः उपप्रमुख डंगोल ‘दल फुटाउने र मिलाउने काम मेरो होइन, त्यस्तो अध्यादेश आउँदैन’: प्रधानमन्त्री ओली लस एन्जलस क्षेत्रमा आगलागी: उक्त क्षेत्रका नेपालीहरूको के छ अवस्था? झारखण्डमा प्रिन्सिपलले छात्रालाई सर्ट खोल्न बाध्य पारेको घटना सार्वजनिक रविविरुद्ध सरकारी वकिलको बहस- ‘उहाँ जत्तिको मान्छेलाई कानुनको अनभिज्ञता क्षम्य हुनै सक्दैन’ विपिन जोशीको तस्बिर-अंकित प्लेकार्ड बोकेर तेल अभिभमा इजरायलीद्वारा प्रदर्शन स्विस बैंकमा मेरो पैसा छ भन्ने हल्ला चलाइयो, छानबिन गर्न तयार छु: प्रधानमन्त्री ओली अमेरिकाको लस एन्जलसमा भइरहेको आगलागीमा परी मृत्यु हुनेको संख्या २४ पुग्यो माघका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकको कति ? विपिन भाइ सकुशल हुनुहुन्छ, फर्केर आउनुहुन्छ भन्नेमा ढुक्क छुः परराष्ट्रमन्त्री देउवा