2026-08-04 06:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

टिप्स

वर्षायाममा तपाईँको पनि कपाल झर्छ ? ध्यान दिनुहोस् यी कुरा

एजेन्सी | तपाईंमध्ये कतिले वर्षायाममा कपाल धेरै झर्छ भनेर धेरैले भनेको सुन्नुभएको होला । यो भनाई नेपालमा मात्र नभई भारतमा पनि प्रचलित रहेछ ।  त्यति मात्र नभएर वर्षाका कारणले पनि कपाल अत्यधिक कमजोर हुन्छ । वर्षाको पानीको सीधा प्रभाव कपालमा पनि पर्छ ।

वर्षायामको मौसममा कपाल अति कमजोर भएको हुन्छ । त्यसैले हेयर केयर गर्न आवश्यक छ । कपाल बलियो बनाउनका लागि जुन प्रकारका स्वस्थ खाना लिनु आवश्यक छ, त्यसरी नै कपालको हेरचाह सही तरिकाले भएको छ कि छैन भन्ने कुरा ध्यान दिनु आवश्यक छ । वर्षायाममा सकेसम्म पानीमा भिज्नु हुँदैन । पानी परेको समयमा आफ्नो कपाल भिज्नबाट बचाउनु पर्छ । पानी परेको समयमा बाहिर जानु परेमा छाता अथवा क्याप लगाएर मात्र जानु पर्छ ।

वर्षायाममा कपाल कसरी बलियो बनाउने भन्ने बारेमा केही जानकारीः

-यदि पानीमा भिज्नु भएको छ भने तुरुन्त आफ्नो कपालमा स्याम्पू गर्नु पर्छ । यसो गर्दा वर्षाको पानी कपालमा रहँदैन । पानीमा   भिजेपछि स्याम्पू लगाएन भने कपाल झर्न थाल्छ ।

– वर्षायाममा हेयर मसाज गर्नु अति आवश्यक छ । यसो गर्दा कपाल बलियो हुन्छ । हेयर मसाजका लागि आफूसंग भएका कुनै पनि     तेलको प्रयोग गर्न सकिन्छ । यसो गर्दा कपाल बलियो हुनुको साथै चम्किलो पनि हुन्छ ।

-वर्षायाममा कपाललाई कन्डिशनर गर्नु अति आवश्यक हुन्छ । यसो गर्दा कपाल नरम हुन्छ ।

-वर्षायाममा कपाल सुकाएपछि मात्र कोर्नु पर्छ । चिसो कपाल कोर्नाले कपाल टुक्रने खतरा बढी हुन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी राष्ट्रिय राजनीतिको मूलधारबाट झण्डैझण्डै टाढिने अवस्थामा छौँ: शंकर पोखरेल ​विद्यालयमा विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाइने मुग्लिङ–नारायणगढ सडकखण्ड सञ्चालनमा शेयर बजारमा झिनो गिरावट सुनकोशीमा खसेको कारमा सवारमध्ये दुई जनाको पहिचान खुल्यो परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ राष्टियसभाको आजको बैठकमा विभिन्न कार्यसूची पेस हुँदै सुनकोसी नदीमा कार खस्यो चितवनबाट गत एक वर्षमा ८९ जना बेपत्ता सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नारायणगढ सडक अवरुद्ध पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि हिमपहिरोमा परेका निर्मल पुर्जाको निधन भएको पुष्टि विश्वविद्यालयको छतबाट हाम फालेर आज एक विद्यार्थीको मृत्यु चर्चित आरोही निर्मल पुर्जाको निधन कुवेतमा ड्रोन हमलामा परी मृत्यु भएका सोमकुमारको शव नेपाल ल्याइँदै हेटौंडामा किशोरी मृत फेला विदेश पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिबाट रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ एलपी ग्यासको अभाव नरहेको आयल निगमको दाबी, नपाए हटलाइनमा सम्पर्क गर्न आग्रह ब्रड पिकमा आज पुनः उद्धार उडान सञ्चालन