2026-09-18 03:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

टिप्स

बिहान सबेरै खाली पेटमा नखानुहोस् यी चिज

काठमाडौँ | हामीले स्वस्थ रहनका लागि आफ्नो खानपानमा विशेष ध्यान दिन आवश्यक रहन्छ । कुन समयमा के खाने र के नखाने भन्ने कुरा स्वस्थकर जीवनका लागि अति नै महत्वपूर्ण हुन्छ । सही समयमा सही चिजहरुको सेवनले हाम्रो शरीर स्वस्थ र फिट रहन्छ ।

कुनै पनि खाना टाईमिंगमा निर्भर रहन्छ र शरीरले पनि त्यतीबेला साथ दिन्छ जतिबेला ति चिजहरुलाई सही समयमा ग्रहण गरिन्छ ।

उदाहरणका लागि उठ्ने बित्तिकै धेरै मानिस खाली पेटमा चिया वा कफी पिउन थाल्छन् । कतिलाई जुस पनि पिउन मनपर्छ । यदि तपाईं पनि यसो गर्नुहुन्छ भने होसियार किनकि यी कुराले तपाईंको दिन बिगार्न सक्छ । 

राती सुतेपछि हाम्रो पेटमा पाचन प्रक्रियाले ढिलो काम गर्ने भएकोले बिहान खाली पेटमा हाइड्रोक्लोरिक एसिड बढी हुन्छ । यस्तो स्थितिमा केही खानेकुराले यो एसिडलाई बढाउने काम गर्छ । केही खानेकुराले पेटमा हाइड्रोक्लोरिक एसिडलाई थप बढाउने काम गर्छ जसका कारण पेटमा अत्यधिक ग्यास, एसिडिटी, ब्लटिङ आदिको समस्या बढ्ने गर्छ । यसले गर्दा तपाईंको स्वास्थ्यलाई नकारात्मक असर पार्न सक्छ । 

यस्ता छन् खाली पेटमा नोक्शान पुर्याउन सक्ने खानाहरु :

१. सोडा वा कोल्ड ड्रिङ्क

सोडा वा कोल्ड ड्रिङ्क्सले पेटको ग्यास वा एसिडिटी कम हुन्छ भनेर धेरैले सोच्ने गर्छन् तर खासमा यी पेय पदार्थले ग्यासको समस्या बढाउँछ । त्यसैले तपाईंले बिर्सेर पनि खाली पेटमा सोडा वा कोल्ड ड्रिङ्क खाने गल्ती नगर्नुहोस् । 

२. कफी

टाइम्स अफ इन्डियाको समाचार अनुसार, धेरै मानिसले आफ्नो दिन कफीबाट सुरु गर्छन् । कफीमा प्रशस्त मात्रामा क्याफिन हुन्छ । त्यसैले खाली पेटमा यसको सेवन गर्दा तपाईंको पूरा दिन खराब हुनसक्छ । कफी पिएपछि पेटमा अत्यधिक मात्रामा हाइड्रोक्लोरिक एसिड बन्न थाल्छ । बिहान खाली पेटमा पहिले नै हाइड्रोक्लोरिक एसिडको मात्रा बढी हुन्छ । यसको अर्थ यसले ग्यास र एसिडिटीलाई बढाउँछ र ग्यास्ट्रिकको समस्या बढाउन सक्छ । 

३. मसालेदार खानेकुरा

बिहान खाली पेटमा मसालेदार खाना खानु हुँदैन । यसले पेटमा ग्यास र एसिडिटीलाई बढाउँछ जसले स्वास्थ्यमा समस्या निम्त्याउँछ । मसालेदार खानाले पेट त फुलाउँछ नै आन्द्राको लाइनिङमा घाउ बनाउन थाल्छ । त्यसैले बिहान मसालेदार खाना नखाएकै राम्रो । 

४. सिट्रस फलफूल

कतिपयले बिहान उठ्ने बित्तिकै सबभन्दा पहिला सुन्तला खाने गर्छन् । तर बिहान खाली पेटमा यो सिट्रस फल खाँदा तपाईंको पूरा दिन खराब हुनसक्छ किनभने सुन्तलाले पेटमा ग्यास र एसिडलाई बढाउँछ जसले समस्या निम्त्याउँछ । कागती, सुन्तला, अङ्गुर आदि सिट्रस फल हुन् । बिहान खाली पेटमा सुन्तला खाँदा पेटमा एसिडको मात्रा बढी हुन्छ । जसका कारण पेट फुल्ने र दिनभरि असहज हुने गर्दछ । 

५. बास्नादार पेयपदार्थ 

एक गिलास जुस पिएर दिनको सुरुवात गर्ने चलन रहेको छ । तर प्याकिङ गरिएको जुसमा भारी मात्रामा चिनी हुन्छ । पेटमा सानो आन्द्राको माथिल्लो भागमा रहेको ग्रन्थीलाई प्यानक्रियाज ग्रन्थी भनिन्छ । 

६. केरा 

बिहान खाली पेटमा केरा खाँदा ध्यान दिन आवश्यक छ । केरामा म्याग्नेशियम र पोटाशियमको मात्रा उच्च हुन्छ । जसले खाली पेटमा सेवन गर्दा मिनरललाई असन्तुलित बनाउँछ । 

७. दही

दहीले खाना पचाउन मद्दत गर्छ । तर यसमा पाइने ल्याक्टिक एसिड नामक ब्याक्टेरियाले बिहान खाली पेटमा उच्च अम्लीय सामाग्री पैदा गर्छ । त्यसैले दही बिहान खाली पेटमा भन्दा दिउँसो खाँदा राम्रो मानिन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई सरकार कानमा तेल हालेर आँखामा पट्टि बाँधेर बसेको छ : सांसद थपलिया रसुवा बाढीले पुरिएका संरचना उत्खननको योजना बनाउन सांसद श्रेष्ठको माग जनताका समस्या किन समाधान हुँदैनन् ? : सांसद बराल परिवार पाल्न विदेश जानुपर्ने बाध्यताको अन्त्य हुनुपर्छ : सभामुख अर्याल मापदण्डपछि समावेशी सिद्धान्त लागू हुन्छ, समावेशिता छुटेको छैन : मन्त्री गौतम