2026-08-04 04:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

टिप्स

सावधान ! दोहोर्‍याएर तताएर खान हुँदैन यी खानेकुरा

एजेन्सी | खाना पकाएको लामो समय भैसकेपछि चिसो भएका कारण होस् वा बँचेखुसेको खाना पुनः खाँदा होस् हामीले खानेकुरालाई तताएर खाने गर्छौँ । कहिलेकाहीँ ठूलो परिमाणमा पकाएको खाना धेरै जनाले फरक फरक समयमा खानुपर्दा धेरै पटक तताउनुपर्ने हुन्छ । घरमा बिहान पकाएको खाना धेरै हुँदा दिउसो र बेलुकी सम्म पनि खाने र त्यसो गर्दा पटक पटक तताउने गरिन्छ । तर विज्ञहरुका अनुसार पटक पटक खाना तताएर खानु हानिकारक हुन्छ ।

हिउँदमा पाइने केही तरकारीहरू यस्ता हुन्छन् जसलाई बारबार तताउँदा यसमा भएको पोषक तत्त्व घट्न वा नष्ट हुन सक्छ । साथै खानेकुरा विषाक्त पनि बन्न थाल्छन् । यसलाई खाँदा शरीरमा ‘स्लो पोइजन’को जस्तो असर देखाउन थाल्छ ।

तरकारीलाई दोहोर्‍याएर तताउन किन हुँदैन ?

धेरैजसो हरियो पत्तेदार तरकारी अनि जमिनमुनि फल्ने गाजर, सलगम जस्ता तरकारीमा नाइट्रेट पर्याप्त मात्रामा पाइन्छ । यी तरकारीहरूलाई दोहोर्‍याएर तताउँदा नाइट्रेटको मात्रै झन् धेरै बढ्छ । यसले शरीरमा हानी पुर्याउन सक्छ । दोहोर्‍याएर तताउँदा नाइट्रेट विषाक्त बन्छ यी तरकारीलाई तताउँदा कार्सिनोजेनिक प्रपर्टीज रिलिज हुन्छ । अर्थात् यो तत्त्वले शरीरमा क्यान्सर उत्पन्न गराउने कोषहरूलाई सक्रिय गराउँछ ।

पालुङ्गोलाई पनि पकाइसकेपछि तताउनु हुन्न

खासगरी पालुङ्गोलाई एक पटक पकाइसकेपछि दोहोर्‍याएर तताउनु हुँदैन । पालुङ्गोमा आइरन धेरै मात्रामा पाइन्छ । आइरनलाई धेरै तातो पारियो भने यो अक्सिडाइज्ड हुन थाल्छ । आइरन अक्सिडाइज्ड भयो भने फ्री–र्याडिकल्स बन्छ । शरीरभित्र छिरेपछि यसले प्राणघातक रोग पैदा गर्न सक्छ । यसका कारण बाँझोपना र क्यान्सर पनि देखिन सक्छ ।

भात पनि पटक पटक तताउनु हुन्न

पाकिसकेको भातलाई दोहोर्‍याएर तेहराएर तताएर खाँदा फूड प्वाइजनिङ हुन सक्छ । भात चिसो हुन थालेपछि यसमा ब्याक्टेरिया उत्पन्न हुन थाल्छ । भात तताउँदा यी ब्याक्टेरिया नष्ट त हुन्छन्, तर यसको तत्त्व भातमा पूरै मिसिन्छ । जुन विषालु हुन सक्छ । फूड स्ट्यान्डर्ड एसेन्सीका अनुसार भात पकाएर सामान्य तापमानमा छाडिदिँदा यसमा बेसिलस सेरेस ब्याक्टेरिया उत्पन्न हुन थाल्छ ।

आलुलाई पनि तताउनु हुन्न

आलुबाट बनेका तरकारी या उसिनेको आलुलाई हामी बारम्बार तताएर खान्छौं । तर यस्तो गर्नु हुन्न । यसो गर्दा ब्याक्टेरियाबाट हुने बोटुलिज्म नामक रोगको खतरा हुन्छ ।

उसिनेको अन्डा पनि दोहोर्‍याएर नतताऔँ

अन्डामा प्रोटिन भरपुर मात्रामा पाइन्छ । धेरै मानिसहरू रमाई रमाई उसिनेको अन्डा खान्छन् । तर तारिएको वा उसिनेको अन्डालाई दोहोर्‍याएर तातो बनाउँदा यसमा भएको प्रोटिन नष्ट हुन्छ । यसलाई खाँदा पेट दुख्ने समस्या देखिन सक्छ । च्याउमा पनि भरपुर मात्रामा प्रोटिन हुन्छ । यसलाई पकाउने बित्तिकै खाइहाल्नु पर्छ । फेरि तताउँदा यसमा भएको प्रोटिन नष्ट हुन्छ । यसले पाचन तन्त्रमा क्षति पुर्‍याउँछ । मासुलाई पनि बारम्बार तताएर खानु हुन्न । ओलिभ आयल पनि पटक पटक तातो बनाएर चलाउनु हुन्न ।

समाधान के हो त ? 

पालुङ्गोलाई कुनै पनि हालतमा तताएर खानु हुन्न । न त हरियो पत्तेदार तरकारीलाई नै तताएर खानु हुन्छ । त्यसैले जति मात्रामा खाएर सकिन्छ त्यति मात्रै पकाउनुस् । भात, आलु, शखरखन्ड, सलगम जस्ता तरकारी पनि पकाउने बित्तिकै तात्तातो खानुस् । उब्रिएको छ भने फ्रिजमा राख्नुस् ताकि ब्याक्टेरिया उत्पन्न हुन नसकोस् । जति खाने हो त्यति मात्रै निकालेर तताउनुस् । एक वा दुई दिनभित्र खाएर सक्काउनुस् । लामो समयसम्म फ्रिजमा स्टोर गरेर पनि नराख्नुस् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी राष्ट्रिय राजनीतिको मूलधारबाट झण्डैझण्डै टाढिने अवस्थामा छौँ: शंकर पोखरेल ​विद्यालयमा विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाइने मुग्लिङ–नारायणगढ सडकखण्ड सञ्चालनमा शेयर बजारमा झिनो गिरावट सुनकोशीमा खसेको कारमा सवारमध्ये दुई जनाको पहिचान खुल्यो परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ राष्टियसभाको आजको बैठकमा विभिन्न कार्यसूची पेस हुँदै सुनकोसी नदीमा कार खस्यो चितवनबाट गत एक वर्षमा ८९ जना बेपत्ता सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नारायणगढ सडक अवरुद्ध पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि हिमपहिरोमा परेका निर्मल पुर्जाको निधन भएको पुष्टि विश्वविद्यालयको छतबाट हाम फालेर आज एक विद्यार्थीको मृत्यु चर्चित आरोही निर्मल पुर्जाको निधन कुवेतमा ड्रोन हमलामा परी मृत्यु भएका सोमकुमारको शव नेपाल ल्याइँदै हेटौंडामा किशोरी मृत फेला विदेश पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिबाट रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ एलपी ग्यासको अभाव नरहेको आयल निगमको दाबी, नपाए हटलाइनमा सम्पर्क गर्न आग्रह ब्रड पिकमा आज पुनः उद्धार उडान सञ्चालन