2026-09-18 09:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

टिप्स

मृगौला सम्बन्धि रोग लाग्ला कि भन्ने डर छ ? त्यसो भए घरमै बसेर यी ८ काम गर्नुस्

टिप्स | मृगौला सम्बन्धि रोग लाग्ला कि भन्ने डर धेरैलाई हुनसक्छ । त्यसो त धेरै नेपालीहरु मृगौला पिडित पनि छन् । मृगौलाले जब काम गर्न छाड्छ, तब शरीरभित्र विषाक्त पदार्थ जम्मा हुन थाल्छन् जसको कारण सरिरमा बिभिन्न समस्या देखा पर्छ । जब हामी कुनै फरक समस्या लिएर अस्पताल भर्ना हुन्छौं तब थाहा हुन्छ कि मृगौला कामै नलाग्नेगरि बिग्रीसकेको रहेछ । 

हामीले पछिल्लो समय धेरै त्यस्ता बिरामी देखेका वा समाचारमा सहयोगको याचना गर्दै रहेका धेरै मृगौला पिडित देखेका छौं । मृगौलाको उपचार महँगो मात्र हैन निकै जटिल पनि छ । मृगौलाले शरीरमा रगतलाई शुद्धिकरण गर्ने काम गर्छ तर जब मृगौलाले नै काम गर्न छाड्छ तब रगत सुद्धिकारण हुँदैन अनि सरिरका अंगहरुमा असुद्ध रगत पुग्दा बिभिन्न समस्याहरु देखा पर्न थाल्छ । यदि मृगौलामा कुनै पनि समस्या आउन थाल्यो भने यसले राम्ररी आफ्नो काम गर्न सक्दैन, जसको कारण मृगौलाको पत्थरी हुने, मूत्रथैलीको क्यान्सर हुने जस्ता घातक समस्याहरू आउन सक्छन्।

गलत खानेबानी र कुनै-कुनै औषधीको असरले मृगौलामा समस्या आउन सक्छ। फेरि मृगौलाको समस्या भएको सुरुवातमा चिन्न मुश्किल पर्दछ, त्यसैले नै यसलाई ‘साइलेन्ट किलर’ पनि भनिन्छ।

त्यस्तै मृगौलाले अतिरिक्त पानीलाई पिसाबको माध्यामबाट बाहिर निकाल्ने काम पनि गर्छ । त्यस्तै रक्तचापलाई नियन्त्रण गर्न पनि यसले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । त्यसैले मृगौला जोगाउन समयमै सावधानी अपनाउनुपर्छ । 

मृगौला जोगाउन के गर्ने ? 

१. सकेसम्म तरल पदार्थको सेवन गर्नुपर्छ । जति सकिन्छ पानी पिउनु मृगौलाको लागि राम्रो हुन्छ । 

२. प्रोटिनयुक्त खानेकुरा खानुपर्छ । कुखुराको मासु, अन्डा, माछा खानुपर्छ । यदी साकाहारी हो भने अन्न, सीमि,  दुधजन्य पदार्थ आदि सेवन गर्नुपर्छ ।

३. साल्ट एवम् सोडियम कम खाने गर्नुस् । नुन धेरै सेवन गर्दा उच्च रक्तचाप हुन्छ । त्यसैले उच्च रक्तचाप नियन्त्रण गर्न एक व्यक्तिले दिनमा बढीमा २ हजार ३ सय मिलिग्राम्स मात्र सोडियम खानुपर्छ । शरीरमा नुन र सोडियमको मात्रा सन्तुलन गर्नका लागि फास्ट फूड एवं फ्रोजन फूड खानु हुँदैन । कम सोडियमयुक्त पदार्थ जस्तै नरिवल पानी, करेला, कुखुराको मासु, माछा, सीमि आदि खानु राम्रो हुन्छ ।

४. दुखाई कम गर्ने औषधिको रुपमा प्रयोग हुने पेनकिलरको प्रयोग धेरै गर्नु हुँदैन ।

५, मृगौलाको कुनै समस्या छ भने राती सुत्नुअघि केहि दाना किसमिस भिजाएर राख्ने अनि बिहान उठेपछि किसमिसलाई पानीबाट निकालेर उक्त पानी पिउनुपर्छ । यस्तो क्रम केहि दिन दोहोर्‍याएपछि मृगौलाको रोग ठिक हुन्छ ।

६. मृगौला बचाउन नियमित व्यायाम, योगा र ध्यान गर्नुपर्छ ।

७. धुम्रपान तथा मदिराजन्य पदार्थ सेवन गर्निउ हुँदैन । शुद्ध पानी पिउनुपर्छ ।

८. मसलेदार, अपच हुने, तारेको खानेकुरा सेवन नगरौं । यसको सट्टा ताजा फलफूल, सागसब्जी सेवन गर्न सकिन्छ ।

मृगौलासम्बन्धी समस्याका १० सङ्केतहरू:- 

१. छिन-छिनमै पिसाब लागिराख्नु, रातीको समयमा यो समस्या बढि हुँदै जानु

२. पिसाब गर्दा अत्याधिक पीडा हुनु र पीडाको कारण पिसाब गर्न नपाउनु

३. पिसाबमा रगत वा फिँज देखा पर्नु

४. मृगौला खराब हुँदै गएमा शरीरमा जम्मा भएका पानी र नुन बाहिर निस्कन पाउँदैन जसको कारण शरीरका अङ्गहरू फुल्न थाल्दछन्।

५. मृगौलामा समस्या आउन गएमा रगतमा पर्याप्त मात्रामा अक्सिजन पुग्न पाउँदैन, जसको कारण अनिन्द्रा, कमजोरी र थकान जस्ता समस्या आउन थाल्दछ।

६. शरीरबाट हानिकारक तत्वहरू बाहिर निस्कन नपाएपछि छालामा समेत विभिन्न किसिमका समस्याहरू देखा पर्न सक्छन्।

७. मृगौलामा समस्या आएमा रगतमा यूरियाको मात्रा बढ्न गई स्वासप्रश्वासमा बाधा पुग्छ र दुर्गन्धित सास आउन थाल्दछ।

८. मृगौलाले हानिकारक तत्वहरू छान्न नसकेपछि रगतमा नुनको मात्रा बढ्न थाल्छ र रक्तचाप पनि बढ्दै जान्छ।

९. रिँगटा लाग्नु, वान्ता होला जस्तो हुनु र टाउको चड्किनु

१०. मृगौलाको समस्या हुँदा शरीरको माथि देखि तलसम्मका सबै हाडजोर्नीहरू दुख्न थाल्दछन्। यो मृगौला पत्थरीको लक्षण हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई