२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

के तपाई निन्द्रामा घुर्नुहुन्छ ? यस्तो समस्या पनि हुनसक्छ

२०७४, २९ माघ सोमबार ०७:५९

माघ २९ काठमाडौं | आफैलाई थाहा हुँदैन, निन्द्रामा घुरेको । तर, आफुसँगै सुत्नेहरुलाई यसबाट बाधा पुगिरहेको हुन्छ । उनीहरुले नै भनिदिने हो, आफ्नो घुर्ने बानी ।

आफ्नो घुर्ने बानीले अरुलाई बाधा पुर्‍याउँछ, आफ्नो स्वस्थ्यलाई चाहि हानी ।

तर, धेरैले यस कुरामा खास हेक्का राख्दैनन् । किनभने, न आफुले घुरेको थाहा पाइन्छ । न त्यसले आफुलाई बाधा गर्छ ।

गंभिर हुनुपर्ने बिषय के भने, घुर्ने बानी आफैमा समस्या हो । र, त्यसले अन्य रोगहरुको संकेत गरिरहेको हुन्छ ।

अब्सट्रक्टिभ स्लीप एप्निया पनि यस्तै समस्या हो । यसमा निद्रा लिइरहँदा व्यक्तिको नाकमा हावाको वहाव कम हुन्छ । यही कारणले सुतेको बेला नाकबाट आवाज आउँछ ।

के हो अब्स्ट्रक्टिभ स्लीप एप्निया ?

अब्स्ट्रक्टिभ स्लीप एप्निया यस्तो रोग हो जसको सम्वन्ध निद्रा र सास दुवैसँग हुन्छ । यस रोगमा जब हामी सुत्छौं, नाक र मुखको माथिल्लो हिस्सामा हावा भरिन्छ । यसले गर्दा नाकको केही हिस्सा वा पुरै नाक जाम हुन सक्छ ।

त्यसपछि मुखबाट सास फेर्न थालिन्छ । यता, हावाको दवावले गर्दा नाकबाट आवाज आउन थाल्छ । धेरै व्यक्तिहरु निद्रामा घुर्दा उनीहरुको पूरा वा आधा मुख खुल्ला हुनुको कारण यही हो ।

यस रोगका कारण फोक्सोबाट हावा बाहिर निकाल्न बढि मिहिनेत गर्नुपर्छ । यो एउटा खतरनाक बिमारी हो किनकी यसले गर्दा कहिलेकाहीँ सास रोकिन र व्यक्तिको मृत्युसमेत हुन सक्छ ।

रोगका लक्षण

-निदाएको बेला चर्को घुराई

-निद्रामा बेचैनी महसुस

-निदाएको बेला उकुसमुकुस हुनु वा सास फेर्न अवरोध पुग्नु

-निदाएको बेला पसीना आउनु र छाति दुख्नु

-दिनमा धेरै सुत्नु र दिनभरी सुस्ती महसुस गर्नु

-बिहान उठेपछि टाउको दुख्नु

-निदाएको बेला बारम्बार पिशाब फेर्न उठ्नु

-स्मरणशक्ति कमजोर हुनु र कुनै पनि कुरामा मन नलाग्नु

अब्सट्रक्टिभ स्लीप एप्नियाका कारण

यो रोगका कयौं कारण हुन सक्छन् । बढि वजन भएको कारण वा मोटोपनाले गर्दा घाँटीको आकार बढ्छ भने नाक, मुख, र घाँटीको भित्री भागको आकार घट्छ । त्यसैले यो समस्या उत्पन्न हुन सक्छ ।

कहिलेकाहीँ टन्सिल बढेर पनि यो रोग लाग्न सक्छ । घाँटीमा सासको नली नजिकै यदि आवश्यकताभन्दा बढि कोशिका निस्केका छन् भने पनि यो समस्या हुन्छ । सामान्य भन्दा बढि लामो जिभ्रो हुनुले पनि यो समस्या निम्त्याउन सक्छ । यसका अलावा यस रोगका अन्य कारणमा अल्कोहलको सेवन, लगातार निद्राको औषधि लिनु र धुम्रपान पनि हुन् ।

यस रोगको उपचार सम्भव छ । यदि सामान्य कारणले भएको हो भने केही औषधि र खानामा परहेज गरेर निको हुन सकिन्छ । यदि असामान्य कारण छ, भने अपरेसन गर्नुपर्ने पनि हुन सक्छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला