१ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

के तपाईलाई मधुमेह छ ? त्यसो भए यी फलफुल नखानुस्

२७ चैत्र २०७४, मंगलवार ०६:५७

मधुमेह मोटाबोलिज्मको विकारको कारण पैदा हुन्छ, जसले दीर्घकालिन असर गर्छ । अहिले नेपाली समाजमा मधुमेहको रोगी प्रतिदिन बढ्दो छ । निस्किय जीवनशैली र अनियन्त्रित खानपानको कारण धेरैजसो मधुमेहको शिकार बनेका छन् । त्यसो त यो वंशानुगत रुपमा पनि अर्को पुस्तामा देखापर्ने गर्छ । त्यसैले परिवारमा कसैलाई मधुमेह छ भने अरुले पनि सर्तकता अपनाउनु पर्छ ।

मधुमेह दुई अवस्थाको हुन्छ ।

टाइप- १

यस प्रकारको मधुमेह निकै घातक हुन्छ । यसमा शरीरमा इन्सुलिन बन्ने काम पूर्ण रुपले बन्द हुन्छ । यस किसिमको रोगी विश्वमै केवल १० प्रतिशत छन् ।

टाइप- २

यस किसिमको मधुमेह ब्लड सुगरको लेभल धेरै बढ्नाले हुन्छ, जसको नियन्त्रण गर्नु मुश्किल हुन्छ ।

अतः मधुमेह रोगीले खानपानमा खास सावधानी अपनाउनुपर्छ । अनियन्त्रित खानपान पनि मधुमेहको एक प्रमुख कारण हो । यसका रोगीले के कस्ता फलफूल सेवन गर्नु हुँदैन त ?

केरा

१ सय ग्राम केरामा लगभग १२ ग्राम चिनी हुन्छ । यस हिसाबले मध्यम आकारको केरामा लगभग ३० ग्राम चिनी र कार्बोहाइड्रेट हुन्छ । यसको सेवनले ब्लड सुगर लेबल बढ्छ ।

आँप

१ सय ग्राम आँपमा लगभग १४ ग्राम चिनी हुन्छ । यतिमात्र होइन, एक आँपमा लगभग ३० देखि ३५ ग्राम चिनी हुन्छ । किनभने यो गुलियो फल हो, जसमा चिनीको मात्रा अधिक हुन्छ । आँपको सेवन मधुमेह रोगीको लागि हानिकारक हुन्छ ।

तरबुजा

सय ग्रामको तरबुजामा केवल ६ ग्राम चिनी हुन्छ । तर, चिनीको मात्रा कति छ भन्ने कुरा तरबुजाको आकारमा पनि भर पर्छ । किनभने एक तरबुजामा लगभग ५० ग्राम चिनी हुन्छ । यसलाई कम मात्रामा खाने हो भने खासै असर गर्दैन ।

स्टबेरी

स्टबेरी खानुमा स्वादिलो र रसिलो हुन्छ । त्यतीमात्र होइन, १ सय ग्राम स्ट्रबेरीमा केवल ५ ग्राम चिनी हुन्छ । यद्यपी आवश्यक्ता भन्दा बढी सेवन गर्दा यसले पनि ब्लड सुगर लेभल बढाउन सक्छ ।

भुँइकटहर

एक सय ग्राम भुँइकटहरमा १० ग्राम चिनी हुन्छ । त्यसैले मधुमेह रोगीले यो फल सेवन नगरेकै राम्रो ।

अंगुर

अंगुर पनि मधुमेह रोगीको लागि अनुकुल फल होइन । किनभने १ सय ग्राम अंगुरमा १६ ग्राम चिनी हुन्छ । यसले ब्लड सुगर लेभल बढाउँछ ।

के गर्ने ?

– मधुमेह रोगीले खानपानमा सावधानी अपनाउने । सकेसम्म थोरै-थोरै खाना तर धेरै पटक सेवन गर्ने ।

–    सधै सक्रिय रहने । हिँडडुल गरिरहनुहोस् । वा घरको सानोतिनो काम गर्न सकिन्छ ।

–    व्यायाम गर्ने, योग गर्ने ।

–    नियमित रुपमा ग्रीन टि सेवन गर्ने ।

–    रगतबाट सुगर लिनमा फाइबरको महत्वपूर्ण योगदान हुन्छ । त्यसैले गहुँ, ब्राउन राइस जस्ता खानेकुरा सेवन गर्नुपर्छ ।

–    उपवास नगर्नुहोस् ।

लक्षण

–    चाढै थकान महसुष हुनु

–    तौल घट्नु

–    धेरै तिर्खा लाग्नु

–    पटक पटक पिसाब लाग्नु

–    घाउ वा चोट निको हुन लामो समय लाग्नु

के खाने ?

–     करेलाको रस

–    अमलाको रस पानीमा मिलाएर पिउने ।

–    घिउकुमारीलाई रातभर एक गिलास पानीमा राख्ने र विहान सेवन गर्ने ।

–    रातभर भिजाएको मेथी विहान खाली पेटमा पिउने


 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गौशाला धर्मशाल सम्बन्धमा हामीमाथि अन्याय भयो : मारवाडी सेवा समिति सरकारद्धारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन प्रधानमन्त्री ओलीद्वारा ‘समृद्धिको अन्तर्वस्तु’ लोकार्पण कर्मचारी सञ्चय कोष र नेपालप्रहरी श्रीमती संघबाटउद्धार कोषमा रकमहस्तान्तारण देश बचाउन तेस्रो जनआन्दोलन आवश्यक छ : प्रभु साह बजार अनुगमनका क्रममा अभद्र व्यवहार गर्नेमाथी कारवाही हुने श्रमिकको मुद्दासाझा समस्याको रुपमा देखिएको छ : अर्थमन्त्री पौडेल पुण्य गौतममाथि रड प्रहार, आइसीयुमा उपचार हुँदै हत्या आरोपमा झापामा नाबालकसहित ३ जना पक्राउ राष्ट्रपति पौडेलसमक्ष मुस्लिम र थारु आयोगले गरे प्रतिवेदन पेश महानगरद्धारा बजार अनुगमन : २२ वटामा म्याद गुज्रिएका सामान भेटिए मन्त्रिपरिषद्को बैठक बालुवाटारमा बस्दै कांग्रेसलाई एक्लै बहुमत ल्याउनसक्ने पार्टी बनाउँछौं : डा.शेखर कोइराला दशैंपछि आन्दोलन गर्ने गोर्खा सैनिकको चेतावनी, सरकारलाई दिए धम्की मन्त्रीपरिषद् बैठकका २१ निर्णय सार्वजनिक एनपीएल अक्सन : प्रतिस जिसी १५ लाखमा विराटनगर किंग्समा आबद्ध नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए पद तथा गोपनीयताको शपथ रविजीले ओलीले भने अनुसार काम गरे भने सहकारी ठगीमा कारबाही हुँदैन, त्यो प्रतिवेदन च्याँखे होः दीपशीखा नवनियुक्त प्रधानन्यायाधीश राउतले आज शपथ लिदैं आगामी निर्वाचनमा माओवादी केन्द्रले गठबन्धन नगर्ने :- अध्यक्ष प्रचण्ड