२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

के तपाईलाई मधुमेह छ ? त्यसो भए यी फलफुल नखानुस्

२०७४, २७ चैत्र मंगलवार ०६:५७

मधुमेह मोटाबोलिज्मको विकारको कारण पैदा हुन्छ, जसले दीर्घकालिन असर गर्छ । अहिले नेपाली समाजमा मधुमेहको रोगी प्रतिदिन बढ्दो छ । निस्किय जीवनशैली र अनियन्त्रित खानपानको कारण धेरैजसो मधुमेहको शिकार बनेका छन् । त्यसो त यो वंशानुगत रुपमा पनि अर्को पुस्तामा देखापर्ने गर्छ । त्यसैले परिवारमा कसैलाई मधुमेह छ भने अरुले पनि सर्तकता अपनाउनु पर्छ ।

मधुमेह दुई अवस्थाको हुन्छ ।

टाइप- १

यस प्रकारको मधुमेह निकै घातक हुन्छ । यसमा शरीरमा इन्सुलिन बन्ने काम पूर्ण रुपले बन्द हुन्छ । यस किसिमको रोगी विश्वमै केवल १० प्रतिशत छन् ।

टाइप- २

यस किसिमको मधुमेह ब्लड सुगरको लेभल धेरै बढ्नाले हुन्छ, जसको नियन्त्रण गर्नु मुश्किल हुन्छ ।

अतः मधुमेह रोगीले खानपानमा खास सावधानी अपनाउनुपर्छ । अनियन्त्रित खानपान पनि मधुमेहको एक प्रमुख कारण हो । यसका रोगीले के कस्ता फलफूल सेवन गर्नु हुँदैन त ?

केरा

१ सय ग्राम केरामा लगभग १२ ग्राम चिनी हुन्छ । यस हिसाबले मध्यम आकारको केरामा लगभग ३० ग्राम चिनी र कार्बोहाइड्रेट हुन्छ । यसको सेवनले ब्लड सुगर लेबल बढ्छ ।

आँप

१ सय ग्राम आँपमा लगभग १४ ग्राम चिनी हुन्छ । यतिमात्र होइन, एक आँपमा लगभग ३० देखि ३५ ग्राम चिनी हुन्छ । किनभने यो गुलियो फल हो, जसमा चिनीको मात्रा अधिक हुन्छ । आँपको सेवन मधुमेह रोगीको लागि हानिकारक हुन्छ ।

तरबुजा

सय ग्रामको तरबुजामा केवल ६ ग्राम चिनी हुन्छ । तर, चिनीको मात्रा कति छ भन्ने कुरा तरबुजाको आकारमा पनि भर पर्छ । किनभने एक तरबुजामा लगभग ५० ग्राम चिनी हुन्छ । यसलाई कम मात्रामा खाने हो भने खासै असर गर्दैन ।

स्टबेरी

स्टबेरी खानुमा स्वादिलो र रसिलो हुन्छ । त्यतीमात्र होइन, १ सय ग्राम स्ट्रबेरीमा केवल ५ ग्राम चिनी हुन्छ । यद्यपी आवश्यक्ता भन्दा बढी सेवन गर्दा यसले पनि ब्लड सुगर लेभल बढाउन सक्छ ।

भुँइकटहर

एक सय ग्राम भुँइकटहरमा १० ग्राम चिनी हुन्छ । त्यसैले मधुमेह रोगीले यो फल सेवन नगरेकै राम्रो ।

अंगुर

अंगुर पनि मधुमेह रोगीको लागि अनुकुल फल होइन । किनभने १ सय ग्राम अंगुरमा १६ ग्राम चिनी हुन्छ । यसले ब्लड सुगर लेभल बढाउँछ ।

के गर्ने ?

– मधुमेह रोगीले खानपानमा सावधानी अपनाउने । सकेसम्म थोरै-थोरै खाना तर धेरै पटक सेवन गर्ने ।

–    सधै सक्रिय रहने । हिँडडुल गरिरहनुहोस् । वा घरको सानोतिनो काम गर्न सकिन्छ ।

–    व्यायाम गर्ने, योग गर्ने ।

–    नियमित रुपमा ग्रीन टि सेवन गर्ने ।

–    रगतबाट सुगर लिनमा फाइबरको महत्वपूर्ण योगदान हुन्छ । त्यसैले गहुँ, ब्राउन राइस जस्ता खानेकुरा सेवन गर्नुपर्छ ।

–    उपवास नगर्नुहोस् ।

लक्षण

–    चाढै थकान महसुष हुनु

–    तौल घट्नु

–    धेरै तिर्खा लाग्नु

–    पटक पटक पिसाब लाग्नु

–    घाउ वा चोट निको हुन लामो समय लाग्नु

के खाने ?

–     करेलाको रस

–    अमलाको रस पानीमा मिलाएर पिउने ।

–    घिउकुमारीलाई रातभर एक गिलास पानीमा राख्ने र विहान सेवन गर्ने ।

–    रातभर भिजाएको मेथी विहान खाली पेटमा पिउने


 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन