तपाईहरुको यस्ता नराम्रा बानीहरु छन् भने आजैबाट त्यागिहाल्नुस त्येस्ता बानिहरुको कारण तपाई सबैको नजरमा नराम्रो बन्न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... तपाईहरुको यस्ता नराम्रा बानीहरु छन् भने आजैबाट त्यागिहाल्नुस त्येस्ता बानिहरुको कारण तपाई सबैको नजरमा नराम्रो बन्न"/>
२०८२, २१ फाल्गुन बिहीबार
काठमाडौँ - KTM

आजैदेखि यस्ता ११ बानीहरु त्याग्नुहोस्

२०७५, ३० बैशाख आईतवार १६:५३

तपाईहरुको यस्ता नराम्रा बानीहरु छन् भने आजैबाट त्यागिहाल्नुस त्येस्ता बानिहरुको कारण तपाई सबैको नजरमा नराम्रो बन्नु हुन्छ त्येसैले यस्ता बानीहरु आजै बाट त्यागिहाल्नुस । पढ्नुहोस के के रहेछन ति बानीहरु ।

१.मनको कुरा लुकाउने-  मुस्कुराएर आफ्नो कुरा लुकाउनु भन्दा रिसाएर कुरा राख्नु राम्रो मानिन्छ । यति तपाईले आफ्नो भावना वा विचारलाई अरुसामु प्रष्ट राख्नुभो भने तपाईलाई अरुले बुझ्न सक्दछन् । जसले गर्दा तपाईको इमान्दारिता पनि बढ्छ ।

२.जतिबेला पनि निराश हुने- जतिबेला पनि निराश वा दुखी हुने मानिसले आफ्नो इमेज वा छवि विगारिरहेको हुन्छ । विशेषगरी अफिसमा काम गर्ने मानिस निराश वा बेखुशी देखिएमा अरुले त्यस्तो मानिस असक्षम भएको र त्यस्तो मानिसले कसैलाई पनि विश्वास नगर्ने भन्ने बुझ्दछन् ।

३.फेसबुकमा धेरै फोटो हाल्ने- हालै गरिएको एक अध्ययनले जो मानिसले फेसबुकमा बढी फोटो हाल्छन् त्यस्ता मानिसलाई धेरैले मन नपराउने देखाएको थियो । यस्ता मानिसबाट धेरैजना वाक्क हुने गरेको अध्ययनले पत्ता लगाएको थियो ।

४. छलफल वा गफ गर्दा मोबाइल चलाउने- प्रायः मानिसले छलफल वा गफ गर्दा आफ्नो मोबाइल चलाउने गर्दछन् । तर यो बानीले गर्दा कुरा गरिरहेको अर्को मानिसलाई चित्त बुझिरहेको हुदैन । गफ गर्दै मोबाइल खेलाउँदा छलफल वा गफमा तपाईको कुनै रुचि नरहेको भन्ने बुझिन्छ ।

५. सबैसँग ठीक्क हुने- सबैसँग राम्रो बोल्नु वा राम्रो व्यवहार गर्नु राम्रो हो । तर सबैसँग जतिबेला पनि राम्रो हुन खोज्नु भनेको बेइमानी हो । यदि तपाईले पनि यस्तो गर्नुहुन्छ भने तपाईले देखाउने सज्जनता वा इमान्दारितामाथि मानिसले शंका गर्न थाल्दछन् । कहिलेकाही नराम्रो हुनु पनि राम्रो मानिन्छ । त्यसकारण सबैसँग राम्रो हुन यस्तो व्यवहार नगर्नुहोस् ।

६. हाँसो ठट्टा वा मजाक नगर्ने-  विभिन्न कम्पनीमा गरिएको एक अनुसन्धानले जो मानिस चाहिनेभन्दा गम्भीर हुन्छन् र हाँसो ठट्टा गर्दैनन् त्यस्ता मानिसलाई धेरैले मन नपराउने देखाएको थियो । यहाँसम्म कि प्रेम तथा वैवाहिक सम्बन्धमा रमाइलो वा हाँसीमजाक नभएका कारण सम्बन्ध बिग्रिएको पनि अध्ययनका क्रममा पत्ता लागेको थियो ।

७. नहाँस्ने वा नमुस्कुराउने-  जो मानिस मुस्कुराउँछ वा हाँस्दछ त्यो मानिस सबैको प्रिय हुन्छ । यदि पहिलो भेटमा तपाई मुस्कुराउनु भयो भने तपाईलाई भेट्ने मानिसलाई तपाईको अनुहार भुल्न निक कठिन हुन्छ । तर दुखद अवसरमा मुस्कुराउँनु राम्रो मानिदैन किनभने यस्तो अवसरमा हाँस्दा वा मुस्कुराउँदा तपाई संवेदनाहीन वा क्रुर मानिस हो भन्ने सन्देश जान्छ ।

८. नङ टोक्ने वा नाक कोट्याउने- सार्वजनिक ठाँउमा बस्दा वा हिड्दा दाँतले नङ टोक्ने वा औंलाले नाक कोट्याउने बानीले तपाईको व्यक्तित्वमा नकरात्मक असर पर्दछ । त्यसकारण यो बानी छ भने हटाइहाल्नुहोस् ।

९. अरुको कुरा गर्ने वा कुरा काट्ने- कसैकसैको बानी नै अरुको कुरा काट्ने हुन्छ । तर यस्ता मानिसलाई धेरैले मन पराउँदैनन् । यसको कारण के हो भन्दा एउटाको कुरा काट्ने मानिसले अर्कोको पनि कुरा काट्छ । यदि तपाईले कसैसँग कसैको कुरा काट्नु भएको छ भने कुरा सुनिरहेको मानिसलाई तपाईले उसका बारेमा पनि अरुसँग कुरा काट्नुहुन्छ भन्ने परेको हुन्छ ।

१०. सानो कुरामा पनि गुनासो वा टिप्पणी गर्ने-  मानिसले अरुको सामान्य गल्ती वा कमजोरीबारे टिप्पणी गर्दा वा सामान्य कुराबारे पनि गुनासो गर्दा आफूलाई गौरव भएको महसुस गर्दछन् । तर सामान्य कुराबमा पनि पटक पटक टिप्पणी वा गुनासो गर्नु भनेको कचकच गर्नु जस्तै हो । त्यही भएर यस्ता कचकचे मानिस पनि धेरैका अप्रिय नै हुन्छन् ।

११. चाहिनेभन्दा बढी नम्र हुने-  नम्रता राम्रो गुण हो । तर चाहिनेभन्दा बढी नम्र हुनु निकै खराव मानिन्छ । अरुले तारीफ गरुन् भनेर जतिबेला पनि नम्र हुँदा धेरैलाई मन परिरहेको हुदैन । त्यही भएर धेरै नम्र हुने व्यक्तिलाई कसैले पनि मन पराउँदैनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला