२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अत्यधिक थकान महसुस हुन्छ ? सावधान ! यस्ता गम्भीर रोगको संकेत हुन सक्छ

२०७५, ६ जेष्ठ आईतवार ११:०४

टिप्स:- थकानको अनुभव सबैलाई हुन्छ । आराम गरेपछि या सुतेपछि थकाई मेटिन्छ । तर जब सुत्दा या आराम गर्दा पनि थकाई मेटिंदैंन भने ‘क्रोनिक फटिग’ को संकेत हुन सक्छ । यो रोगमा बिरामी सधैं आलस्य महसुस गर्छ । आलस्यताले उसको मानसिक, शारीरिक या सामाजिक स्तरमा असर पर्छ । व्यस्त दिनचर्या, खराब जीवनशैली, बिरामी, अनियमित या असन्तुलित खानपान, भाइरल इन्फेक्सन अथवा बायो–साइकोलोजिकल कारणबाट यस्तो हुन सक्छ । यस्तो अवस्थामा दिनचर्या बदल्न, मनोवैज्ञानिक सल्लाह लिन, डाक्टरको सल्लाहमा औषधि लिनुका अलावा राम्रोसंग निद्रा पुर्याउनाले समस्या काफी हदसम्म ठीक हुन्छ । 

मुटुको रोगको खतरा

अनुसन्धानअनुसार हृदयाघातको ७० प्रतिशत मामिलामा केही हप्ता पहिलेदेखि नै असामान्य थकान अनुभव हुन थाल्छ । पुरुषको तुलनामा महिलामा यो लक्षण बढी देखिन्छ । यसको रोकथामका लागि धूमपान र मदिराबाट टाढै रहने, सन्तुलित आहार लिने र ३० देखि ६० मिनेटसम्म एरोबिक एक्सरसाइज गर्ने गर्नुपर्छ । यसका साथै, कोलेस्टेरोल, ब्लड प्रेसर, सुगर, लिपिड प्रोफाइल, इसीजी, टीएमटी परीक्षण र एन्जिओग्राम गराउनुपर्छ । यदि श्वास फुल्छ या कब्जियतको समस्या छ भने डाक्टरको सल्लाहमा सीटी स्क्यान या इकोकार्डियोग्राम गराउन सकिन्छ ।

कलेजोको समस्या

लगातार थकान महसुस हुन्छ भने कलेजोमा समस्या पनि हुन सक्छ । रगत लिँदा, कोकिन या त्यस्तै प्रकारका लागूऔषध लिने मानिसमा हेपाटाइटिस सी हुने सम्भावना हुन सक्छ । यस्ता बिरामीलाई हल्का ज्वरो आउने, भोक नलाग्ने, शरीरमा पीडा हुने या रुघा लाग्नेजस्ता लक्षण देखिन्छन् । यस्तो अवस्थामा लिभर फङसन टेस्ट गराउनुपर्छ ।

एनिमिया

आइरनको कमीमा पनि शरीरमा आलस्यपना आउन सक्छ । सामान्य अवस्थामा महिलामा महिनावारीमा, गर्भ रहेका बेला या स्तनपान गराएका बेला आइरनको कमी हुन्छ । यसमा छालाको रंग पहेलों हुन्छ । चिडचिडाहट र आलस्य हुन्छ, सुगरको स्तर पनि घट्छ । यद्यपि सुगरको लेभल डाइबिटिजमा पनि घटबढ हुन्छ । यस्तो अवस्थामा हिमोग्राम, हेमोग्लोबिन टेष्ट, ब्लड काउन्ट, सेरम आइरन, आइरन बाइन्डिङजस्ता परीक्षण गराउन सकिन्छ ।

थाइराइड

अधवैंशे उमेरका मानिसहरुमा खासगरी न्यून थाइराइडको समस्या बढी हुन्छ । थाइराइड ग्ल्याण्ड टी ४ र टी ३ जस्ता हार्मोन बनाउँछ र यो उमेरमा यो प्रक्रिया सुस्त हुन्छ । यद्यपि अन्य प्रक्रियाहरु पनि धिमा हुन्छ । यसैले यस्तो उमेरमा तौल बढ्ने, कब्जियत, छालामा रुखोपन या कपाल झर्ने समस्या हुन्छ । 

यस्तो समस्या हुँदा थाइराइड प्रोफाइल (टी ३, टी ४, टीएसएच), थाइराइड एन्टीबडी, थाइराइड स्क्यान गराउनुपर्छ । टीएसएच थाइराइड बढाउने हर्मोन हो । हाइ टीएसएच या लो टी ४ को अर्थ हो क्रोनिक हाइपोथाइराइड । यदि टीएसएच उच्च छ र टी ४ नर्मल छ भने पनि हाइपोथाइराइड हुन सक्छ । 

 स्वास्थ्यखबरबाट साभार 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला