२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्ता महिलाहरू यौनक्रिडा गर्न धेरै रुची राख्छन्, जानी राखौ

२०७५, १५ जेष्ठ मंगलवार ०९:५२

एजेन्सी-अहिले मानिसहरू धेरै भन्दा धेरै यौन सन्तुष्टि कसरी पाउन सकिन्छ भन्ने कुराको चासो राख्ने गर्छन्। कतिले त यौन सन्तुष्टि पाउने नाममा लिंगको आकार बढाउनुपर्छ भन्ने ठान्छन्। सञ्चारमाध्यममा गरिने यौन स्वास्थ्यसम्बन्धी विज्ञापनको आधारमा लिंगको आकार बढाउन औषधि समेत प्रयोग गर्छन्।लिंगको आकार ठूलो हुँदैमा यौन सन्तुष्टि मिल्ने कुरा गलत भएको मेडिकल साइन्सले पुष्टि गरिसकेको छ। यौनविद् रुसेल आइसम्यान्सले १८ देखि २५ वर्षका महिलाहरूमा लिंगको लम्बाइ र चौडाइले यौन सन्तुष्टिमा कस्तो प्रभाव पार्छ भन्ने कुराको अनुसन्धान गरेको थियो। उनीहरूले यौन आनन्दमा लिंगको आकारले कुनै प्रभाव नपार्ने बताएका थिए। 

लिंग जत्रो भए पनि योनीको क्लिटोरिसमा घर्षण हुँदा महिलाले यौन आनन्द पाउँछन्।पुरुषहरू आफ्नो लिंगको आकार सानो भएको कुराले धेरै तनावमा हुने गरेको पाइएको छ। अझ ब्लू फिल्ममा जस्तै पुरुषको लिंग मोटो र लामो हुनुपर्छ भन्ने धारणा बनाउँछन् उनीहरू।

अमेरिकाको गरिएको एक अनुसन्धान अनुसार पुरुषको उत्तेजित नभएको लिंगको लम्बाइ ३।४ देखि ३।७ इन्च र उत्तेजित लिंगको लम्बाइ ५।१ देखि ५।७ इन्च हुन सक्ने जनाएको छ। यौन सन्तुष्टि लिंगको आकारभन्दा पुरुष महिलाबीचको प्रेममय क्रिडामा भर पर्छ। बजारमा लिंग बढाउने नाममा धेरै किसिमका साधन पाइन्छन्। तीमध्ये पम्पहरू बढी प्रचलित छन्। तर, पम्प प्रयोग गर्दा सावधानी अपनाउनुपर्छ। नत्र यसले लिंगलाई चोट पुर्‍याउनसक्छ। लिंगको आकार ठूलो हुँदा महिलालाई समस्या हुन सक्छ। 

ठूलो लिंग योनीभित्र बलपूर्वक छिराउँदा योनीमा चोट पनि पुग्न सक्छ। लामो लिंग महिलाको योनीको भित्रसम्म पुग्ने र अझ बलपूर्वक सम्भोग गर्दा महिलालाई पीडा हुनुका साथै रक्तस्राव पनि हुन सक्छ। त्यसैले ठूलो र मोटो लिंगले महिलालाई चरम यौन आनन्द दिन्छ भन्नु गलत हो। लिंगको लम्बाइ र मोटाइ भनेको शारीरिक कुरामात्र हो तर यौन सन्तुष्टि भनेको मानसिक र भावनात्मक कुरा हो। महिलाको सुन्दर जिउडालले मात्र पुरुषलाई यौन आनन्द दिन सक्दैन। न पुरुषको बलिष्ठ शरीरले नै महिलालाई सन्तुष्ट पार्न सक्छ।

सम्भोग एक कला हो। सम्भोगअघि प्राक्क्रीडालाई धेरै समय दिनुपर्छ। हतार हतार आफ्नो आकांक्षा तृप्त गर्नुलाई सम्भोग भनिँदैन, जुन एकतर्फी हुन्छ। सम्भोगमा दुवैको सहभागिता बराबर चाहिन्छ।न्युओर्क राज्य विश्वविद्यालयले गरेको पछिल्लो अनुसन्धानमा वीर्यमा महिलाको शारीरिक र मानसिक मनोभावमा सकारात्मक परिवर्तन ल्याइदिने गुण भएको उल्लेख छ । रिपोर्टमा वीर्यले यौनेच्छामा कमी आएकाहरुलाई पनि मद्दत गर्ने र यौन इच्छा बढाइदिने उल्लेख छ । लामो समय सम्भोग नगरेका महिलाहरु एकपटक सम्भोग गरिसकेपछि फेरि चाँडै चाहना राख्ने हुनु पनि यसैको कारण भएको बताइन्छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला