२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फेसबुकमा लाइक, कमेन्ट बढाउन चाहनुहुन्छ ? यसो गर्नुस्

२०७५, २१ जेष्ठ सोमबार १०:१२

टिप्स:-फेसबुकमा लाइक पाउन जसलाई पनि मन लाग्छ । मानिसहरुलाई आफ्नो फेसबुकमा धेरै भन्दा धेरै लाइक आओस भन्ने चाहना हुन्छ । फेसबुकमा लाइक बढाउन चाहनु हुन्छ भने यी कुरा नभुल्नुस्ः

१ फेसबुकमा कुनै पनि पोष्ट गर्दा सँधै विचार गर्नुस् कि तपाइँका अधिकतम साथीहरु अनलाइन छन् । त्यसो भएमा तत्काल लाइक आउने सम्भावना बढी हुन्छ । अधिकाँश मानिस रातिको समयमा अनलाइन हुन्छन् । यो समयमा पोष्ट गर्दा लाइक पाउने सम्भावना बढी हुन्छ ।

२ साथीहरुलाई अनावश्यक तस्विर वा पोष्टमा ट्याग नगर्नुस् । ट्याग गरेको सबैलाई मन पर्दैन । यसले तपाइँलाई लाइक बढाउने भन्दा पनि घटाउने खतरा हुन्छ ।

३ कुनै पनि पोष्ट गरेको आधा घण्टासम्म पनि खासै लाइक आएन भने बुझ्नुस् तपाइँको पोष्ट धेरैले देखेनन् । यस्तो पोष्टलाई डिलिट गर्नुस् र फेरि हाल्नुस् ।

४ ध्यान राख्नुस् हरेक समय केही न केही फेसबुकमा पोष्ट गरिरहने बानी राम्रो होइन । यसो गर्दा अरुले सस्तो मान्ने हुन्छ । सके सम्म केही समय ग्याप गरेर मात्र पोष्ट गर्ने बानी बसाल्नुस् ।

५ कहिले काँहि लाइक बढाउनका लागि साथीभाइलाई पुराना पोष्टमा लाइक गर्न लगाउन सकिन्छ । यसले गर्दा तपाइँको पोष्ट नयाँ जस्तै अरुको वालमा पुगेर लाइक पाउन सकिन्छ ।

६ धेरै भन्दा धेरै मानिसलाई इङ्गेज गर्नका लागि फेसबुकमा सबैको चासो भएको विषयमा प्रश्न सोध्न पनि सकिन्छ । ताकि धेरै भन्दा धेरै मानिसले तपाइँको प्रश्नको जवाफ दिउन् । यसो गर्दा तपाइँको पोष्टमा लाइक बढ्ने सम्भावना पनि हुन्छ ।

७ कहिले काँही सेलिब्रेटीका तस्विर वा आफूले सेलिब्रेटीसँग लिएका तस्विर राखेर पनि लाइक पाउन सकिन्छ । यसले मानिसहरुलाई आकर्षित गर्छ ।

८ मानिसहरुको ध्यान तान्न अरुका स्टेटस वा तस्विरलाई पनि शेयर गर्न सकिन्छ । अन्य पोष्टमा पनि लाइक आउने सम्भावना बढी हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला