२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सेक्स नगर्ने मान्छेको आयु किन दोब्बर हुन्छ ? यस्तो छ रोचक वैज्ञानिक तथ्य

२०७५, २९ जेष्ठ मंगलवार १२:४१

 एजेन्सी:- मानिसको बुढोपना सम्बन्धी एकजना वैज्ञानिकले सेक्स मानिसको आयु कम गराउने प्रमुख तत्व रहेको बताएका छन् । 

अमेरिकी थिंक ट्यांक बायोजेरेन्टोलोजी फाउन्डेसनका निर्देशक समेत रहेका प्राध्यापक एलेक्स जाभोरोन्कोभले दाबी गरेका छन् की यदि मानिसले सेक्स गर्न छाड्ने हो भने ऊ १५० वर्षसम्म बाँच्न सक्छ ।

आफ्नो नयाँ पुस्तक एजलेस जेनेरेसनमा उनले भनेका छन्( सेक्स विनाको जिवनशैलीले हामीलाई हाम्रो जिन्दगी अझै लामो, निकै लामो उमेरसम्म जिउन सक्षम बनाउँछ । उनले भनेका छन्, ‘मैले कहिलेकाहीँ सेक्स गर्छु । तर स्थायी रुपमा होइन । कहिलेकाहीँ आफ्नै साथी वैज्ञानिकसँग सेक्स गर्छु । यसका लागि मलाई माफ गर्नुहोस् । ३६ वर्षे युवा प्राध्यापकले विवाह, सन्तानप्राप्ति तथा विवाहित हुँदाको जिम्मेवारीका कारण खपत हुने उर्जाको प्रक्रियालाई इनर्जी स्यापिंग डिस्ट्रयाक्सन अर्थात् उर्जा बर्बाद गर्ने उन्माद भनेका छन् । यस्तो उन्मादप्रति सावधान रहनुपर्ने उनको सुझाव छ । विवाह तथा प्रजननलाई रोक्नुको परिणाम भनेको औषत आयुमा परिवर्तन हुनु हो । उनले सेक्सको साटो मानिसले स्वस्थ रहनका लागि दैनिक उठबस, व्यायाम तथा दौडका साथै कम भोजनमा ध्यान दिनुपर्ने बताए । आफुले पनि फलफूल, दही तथा प्रोटिनजन्य खानेकुराहरुको माध्यमबाट दैनिक १६ देखि १७ सयसम्म क्यालोरी भोजन गर्ने गरेको उनको भनाइ छ ।

उनी भन्छन् एक सय पचास वर्षसम्म बाँच्नु विल्कुलै अवास्तविक होइन । मैले आफु मर्ने योजना बनाइरहेको छैन । तपाइँले ३० वर्षको उमेरपछि केवल यो महसुस गरेर जिउनुपर्छ की जे–पनि सम्भव छ । विश्व स्वास्थ्य संगठनले अघिल्लो हप्ता मात्र भनेको थियो की विश्वका मानिसहरु अब १ सय वर्षसम्म बाँच्नु सामान्य हुनेछ । डब्लुएचओका महानिर्देशक डाक्टर मार्गरेट चानका अनुसार स्वास्थ्यका लागि अप्रत्यासित चुनौतिहरु रहेको यो युगमा एउटा प्रवृत्ति तय भैसकेको छ की विश्वका मानिसहरुको जिवन तिव्र रुपमा लम्बिइरहेको छ । धेरै मानिसहरु आफु ६० वर्षभन्दा धेरै बाँच्ने भरोसा गर्न सक्ने भएका छन् । स्वास्थ्य प्रणाली, जनशक्ति तथा बजेटको परिणाम निकै सन्तोषजनक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला