२२ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्ता ६ कारणले गर्दा घट्छ मानिसको उमेर

२ असार २०७५, शनिबार २०:४७

महाभारतमा सबै मानिसको उमेर १०० बर्ष बताइएको छ, तर पनि मानिस किन कम उमेरमै मर्छन ? यसको कारण महात्मा विदुरले धृतराष्ट्रलाई बताएका थिए । विदुरले भनेका तलको श्लोकबाट यस कुराको सजिलो तरिकाले सम्झन सकिन्छ -

श्लोक-

अतिमानोअतिवादश्च तथात्यागो नराधिप।

क्रोधश्चात्मविधित्सा च मित्रद्रोहश्च तानि षट्।।

एत एवासयस्तीक्ष्णा: कृन्तन्यायूंषि देहिनाम्।

एतानि मानवान् घ्नन्ति न मृत्युर्भद्रमस्तु ते।।

१. अत्याधिक घमण्ड 

हरेक समय आफ्नै प्रशंसा गर्ने, आफैलाई सबैभन्दा समझदार मान्ने मानिस घमण्डी मानिन्छ । आफैलाई सबैभन्दा श्रेष्ठ र अरुलाई सानो सम्झने मानिसको घमण्डको कारणले पनि मानिसको उमेर कम हुन्छ ।

२. धेरै बोल्ने 

आवश्यकता भन्दा बढी बोल्ने मानिसहरु हामीले देखे-भेटेका छौं । आवश्यकता भन्दा बढी बोल्ने मानिसको पनि उमेर कम हुन्छ । धेरै बोल्ने मानिसले मैले के बोले र्त्यसको प्रभाव पछी के पर्न सक्छ भन्ने समेत भुलेको हुन्छ । त्यस्ता मानिसले कयौं पटक नकारात्मक परिणामको सामना गर्नुपर्ने पनि हुन्छ । धेरै बोल्नु बानी भएकाहरुले चाहेर पनि आफुलाई कन्ट्रोलमा राख्न सक्दैनन् । जसको असर मानव जीवनमा पर्छ र यस्ता मानिसको उमेर कम हुन्छ । 

३. क्रोध (रिस)

क्रोधलाई मानिसको सबैभन्दा ठूलो सत्रु मानिएको छ । रिसको झोकमा मानिसले जस्तो काम पनि गर्न सक्छ, जसको कारण रिसाउनेलाई ठूलो नोक्सान पनि व्यहोर्नुपर्ने हुन सक्छ । त्यसैले पनि हुन सक्छ मानिसको उमेर घट्नुमा यसलाई पनि मुख्य कारण मानिएको छ । 

४. त्याग नगर्नु


समाजमा सुख-शान्तिसँग बस्नको लागि मानिसमा त्याग र सर्मपणको भावना हुनु पर्छ । एकलाई पर्दा अर्कोले सहयोग गर्नुपर्छ । त्याग र आफ्नोपनको कमी पनि मनुष्यको आयु घटाउने कारण हुनसक्छ ।

५. मित्रलाई ढोका दिनु 

शास्त्रको अनुसार, साथीलाई धोका दिनु महापाप हो । यसको कारण पनि मानिसको उमेर घट्छ ।

६. लोभ गर्नु 

लोभ मानिसको दुश्मन मानिन्छ । लोभको कारण मानिसको आफ्नो भन्ने भावनानै हराएर जान्छ । जब मानिसलाई अरुसँग भएको कुरा आफूसंग पनि होस् भन्ने चाहन्छ तव त्यसलाई लोभ भनिन्छ । लोभी मानिसले त्याग गर्दैन । लोभ पनि मानिसको उमेर घटाउनमा प्रमुख कारण मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै