१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हात हेरेर थाहा पाउनुस् यस्ता गम्भीर रोगका लक्षणहरु

६ असार २०७५, बुधबार ०६:०४

हाम्रो शरीरका विभिन्न अंगले स्वास्थ्य कस्तो छ भन्नेबारे अनेक किसिमका संकेत दिइरहेका हुन्छन् । हातले पनि हृदयाघात, पोषक तत्वको कमी, ‘थाइराइड फङ्सन’ जस्ता कुराको संकेत गर्ने गर्छन् । हत्केला, छालाको बनावट, नङ, पसिनाका ग्रन्थी र रङले शरीरमा विभिन्न तत्वको अभावको संकेत गरिरहेका हुन्छन्।

थाइराइड फङ्सन

सुन्निएका औंला र चिसा हात ‘हाइपोथाइराइडिजम’ (असामान्य रुपले निस्क्रिय थाइराइड) को संकेत हुन सक्छ । सक्रिय खालका थाइराइड अर्थात् ‘हाइपरथाइराइडिजम’मा भने हातको छाला रातो या सुख्खा हुने गर्छ।

पोषक तत्वको तह

नङ बिनाकारण भाँच्चिइरहन्छ भने त्यो जिंक, भिटामिन ए, भिटामिन सी र बायोटिनजस्ता पोषक तत्वको कमीका कारण हुन सक्छ । यो क्याल्सियमको कमी हुने रोग ‘हाइपोकाल्सिमिया’को संकेत पनि हुन सक्छ । न्युयोर्कका छालारोग विशेषज्ञ डा डेभिड इ ब्यांकका अनुसार प्रोटिनको कमीले नङ टुक्रा हुन सक्छ।

हाइपरहाइड्रोसिस

चिन्ता बढ्दा या शारीरिक अभ्यास गर्दा अधिकांशको हत्केलामा पसिना आउँछ । तर, हत्केलाका पसिनाका ग्रन्थीहरु आवश्यकभन्दा बढी सक्रिय हुन्छन् भने ‘हाइपरहाइड्रोसिस’को संकेत हुन सक्छ । अमेरिकी प्राध्यापक डा गेरी गोल्डेनवर्गका अनुसार हाइपरहाइड्रोसिस आनुवंशिक हुन्छ र बाल्यकाल अथवा वयस्क उमेरदेखि नै देखिन्छ।

मुटुको अवस्था

मुठी कति बलियोसँग पार्न सकिन्छ भन्ने कुराबाट मुटु कति स्वस्थ छ या हृदयाघात अथवा स्ट्रोक हुने खतरा छ–छैन भनेर संकेत पाउन सकिन्छ । यदि, मुठी दर्बिलो छ भने मुटुको अवस्था राम्रो भएको संकेतका रुपमा लिन सकिन्छ । मुठी कमजोर छ भने दीर्घकालीन स्वास्थ्य समस्या छ भन्ने देखाउँछ।

पार्किन्सन्सको संकेत

आराम गरेको अवस्थामा या कुनै पनि कार्य नगर्दा पनि हात हल्लिरहन्छ भने पार्किन्सन्स रोगको संकेत हुन सक्छ । तर, तनाव, क्याफिन सेवनजस्ता कारणले पनि हात हल्लिन सक्छ।

अक्सिजनको तह

स्वस्थ राता रक्तकोषको कमी भएको अवस्थालाई ‘एनिमिया’ भनिन्छ । यस्तो अवस्थामा शरीरका तन्तुहरुमा आवश्यक मात्रामा अक्सिजन पुग्न सक्दैन । यदि हात र नङ पहेँलो छ भने एनिमियाको संकेत हुन सक्छ।

एक्जिमा

मोस्चराइजर प्रयोग गर्दागर्दै पनि हात खस्रो छ या चिलाउँछ भने ‘एक्जिमा’ भएको हुन सक्छ । तर, के भएको हो भन्ने तय भने छाला रोग विशेषज्ञले नै गर्न सक्छन्।  एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का