१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आँप खाँदै हुनुहुन्छ ? यी कुराहरुको बिशेष ख्याल गर्नुहोस

२२ असार २०७५, शुक्रबार ०६:३७

फलफूल सेवन गर्नु स्वास्थ्यका लागि लाभदायक मानिन्छ । हामी बजारमा देखिने बेमौसमी खानेकुरामा आकषिर्त हुन्छौं, जो त्यती स्वस्थ्यवर्द्धक मानिदैन ।

यतिबेला आँप खाने सिजन नै हो यो । आँप स्वादिलो त हुन्छ नै यसबाट शरीरलाई आवश्यक पोषक तत्व पनि मिल्छ । जस्तो कि, भिटामिन ए, बिटामिन बि ।

आँपलाई कतिले त्यसै खान्छन् । कसैले डिर्जट बनाएर । कसैले भातसँग पनि खान्छन् । जसरी खाएपनि हुन्छ, सिजनको फल । तर भनिन्छ नि, धेरै खाएमा अमृत पनि बिष हुन्छ । चिनी पनि तीतो हुन्छ । ठिक यसैगरी आँप पनि धेरै खानु प्रत्युत्पादक हुनसक्छ । मिठो र मौसमी फल भन्दैमा आँखा चिम्लेर जति पायो त्यती खानु हुँदैन । किन त ?

ब्लड सुगर लेभल बढ्छ

आँपमा चिनीको मात्रा धेरै हुन्छ । जब हामी अत्याधिक आँप खान्छौं, शरीरमा ब्लड सुगर लेभल स्वत बढ्न पुग्छ । यसको सोझो असर त उसलाई बढी हुन्छ, जसलाई मधुमेहले सताएको छ ।

तौल बढ्न सक्छ

एक मध्यम आकारको आँपमा एक सय ३५ क्यालोरी पाइन्छ । यसले तपाईंको तौल बढाउन योगदान दिन्छ । यदि तौल नियन्त्रण गर्नुपर्ने अवस्था छ वा तौल नियन्त्रण गर्दै हुनुहुन्छ भने, आँपको मात्रा नियन्त्रण गर्नैपर्छ । यद्यपी वर्कआउट गर्नुहुन्छ र सन्तुलित मात्रामा आँप सेवन गर्नुहुन्छ भने, कुनै समस्या छैन ।

सफाईमा ध्यान

आँपको टुप्पोमा एक किसिमको तरल पदार्थ हुन्छ । त्यसलाई राम्ररी पखालेर मात्र आँप खानुपर्छ । यदि त्यसलाई पखालिएन भने गला वा ओंठमा समस्या आउन सक्छ । आँपले एलर्जी पनि आउन सक्छ ।

पाचन पक्रियामा असर

कुनैपनि खानेकुरा धेरै मात्रामा सेवन गर्दा त्यसले पेटलाई बोझिलो बनाउँछ । पचाउन गाह्रो हुन्छ । ठिक यसैगरी आँप पनि धेरै सेवन गरियो भने पाचन प्रणालीमा असर गर्छ । पेट खराब हुन्छ । साथै आँप अधिक मात्रामा सेवन गरियो भने शरीरको तापमान बढ्न सक्छ ।

कसरी सेवन गर्ने ?

 हामी पाकेको वा पहेंलो र रहरलाग्दो आँप खरिद गर्छौ । तर, आँप पकाउनका लागि त्यसमा क्याल्शियम कार्बाइड मिलाइन्छ । यस केमिकलले स्वास्थ्यमा असर गर्छ । त्यसैले सकेसम्म बजारमा काँचो आँप किनेर घरमै पकाउन सकिन्छ । बजारबाट आँप खरिद गरेपछि त्यसको एकतिरको टुप्पोमा थोरै काटेर पानीमा डुबाउनु पर्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल