३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सोमबारे ब्रत लिनुहुन्छ ? यी ५ चिज शिवजीलाई भुलेर पनि नचढाउनुस्

३० असार २०७५, शनिबार १२:३०

जानकारी- सोमबार ‘शिवजी‘को दिन हो। यस दिनमा शिवजीको पुजा-आरधना गरे शिवजी चाँडै नै खुसी हुन्छन्। यस दिनमा शिव मन्दिर गई विशेषतः ‘अर्धनारीश्वर पुजा’ गर्ने अनि ‘ऊँ नमः शिवाय’ मन्त्र जप्नुपर्दछ। अझै सोमबारको दिन शिवजीको पुजा गर्नेबेला शिवपुराण पढ्दा शिवजी प्रसन्न भई मागेको वर दिने विश्वास गरिन्छ। कुमारी स्त्रीले राम्रो वर पाउनका लागि शिवजीको पुजा गर्ने गर्दछन् भने विवाहित स्त्रीले आफ्नो परिवारमा सुखशान्ती र पतिको लामो आयुको लागि शिवजीको पुजा गर्दछन्। यस दिन व्रत बस्दा एक-छाक मात्रा खानुपर्दछ भने खानामा नुन-तेल मिसाउन मनाही छ।

शिवजीले सबैभन्दा बढि मन पराउने वस्तुहरू भनेको गाँजा, भाङ्ग, धतुरो, बरफजस्तो चिसो गाईको दूध, श्रीखण्द र खरानी हुन्। त्यसैले यी कुराहरू चढाउँदा, शिवजी अत्यन्त खुसी हुन्छन्।

तथापी शिवपुराणका अनुसार, भक्तालुहरूले शिवजीको पुजा आरधना गर्दा यी ५ वस्तुहरू कहिल्यै पनि चढाउनुहुँदैन, यदि चढाएमा अनर्थ हुनेछः

१. गोलाईँती फूल (केताकी फूल)

एकदिन, विष्णु भगवान र ब्रह्मादेवको बीचमा ‘को बलियो’ भन्ने विषयमा घमासान युद्ध भइरहेको थियो। अनि जब उनीहरूले एकदमै खतरनाक अस्त्र प्रयोग गर्न लागे, तब उनीहरूको बीचमा ज्योतिर्लिङ्ग बनेर शिवजी प्रस्थान गर्नुभयो। त्यसपछि शिवजीले विष्णु र ब्रह्मालाई ज्योतिर्लिङ्गको फेद र टुप्पो पत्ता लगाउन आदेश दिनुभयो।

यो फूलको नाम ठाउँअनुसार फरक पर्ने हुन्छ। मध्यपश्चिमी क्षेत्रतिर यो फूललाई ‘गोलाईँती फूल’ भन्ने गरिन्छ भने तराई क्षेत्रमा यो फूललाई केताकी फूल भन्ने गरिन्छ।

विष्णु देवले पनि शिवजीको आदेश मानी फेद खोज्न हिँडे, तर फेला पार्न सकेनन्। टुप्पो खोज्न हिँडेका ब्रह्मदेवले जुक्ती लगाए र गोलाईँती फूललाई आफुसँगै ढाँट्न आदेश दिए। दुवैजना फर्किए र विष्णुले हार स्वीकारे। तर ब्रह्माले ज्योतिर्लिङ्गको टुप्पो फेला पारेको भनी ढाँटे। गोलाईँती फूल पनि ब्रह्माकै कुरामा सहमत जनाउँदै शिवलाई ब्रह्माले टुप्पा फेला पारेको कुरामा हो हो मिलायो।

तर, ब्रह्माले ढाँटेको भनेर शिवजीले थाहा पाइहाल्नुभयो, किनभने उक्त ज्योतिर्लिङ्ग अनन्तसम्म फैलिएको थियो। ब्रह्मा र गोलाईँती फूलको त्यो झूटबाट क्रोधित शिवजीले ब्रह्माको एउटा टाउको काटिदिनुभयो र कसैले पनि उनलाई भगवान भनेर पुजा नगरून् भनेर ब्रह्मादेवलाई श्राप दिनुभयो। त्यसपछि, शिवजीले गोलाईँती फूलतर्फ फर्केर उनको पुजा गर्दा कहिल्यै पनि सो फूल प्रयोग गर्न नपाऊन् भनेर श्राप दिनुभयो।

२. तुलसी

शिवपुराणमा उल्लेख गरिएअनुसार, दैत्य जालन्धरको वध गर्न एकदमै कठीन थियो, किनभने उनकी पत्नीको पतिव्रत शक्तिले उनलाई कुनै पनि देवताले हराउन नसक्ने शक्ति दिएको थियो। तर विष्णु भगवान एकदमै चलाख१ जालन्धर र महादेवको युद्ध भैरहेको बेला विष्णु भगवानले जान्धरको रूप धारण गरी उनकी पत्नी ‘तुलसी’को पतिव्रत शक्ति लुट्न गए। जालन्धररूपी विष्णुले तुलसीको पतिव्रतलाई लुट्नेबित्तीकै महादेवले जालन्धरलाई भष्म बनाइदिएका थिए।

आफ्नो पतिको मृत्यु र आफूप्रतिको धोकाबाट क्रोधित तुलसीले महादेवलाई आफ्नो पवित्र पातले कहिल्यै पनि पुजा गर्न नपरोस् भनेर श्राप दिन्छिन्। त्यसैले गर्दा नै शिवजीलाई तुलसीको पात चढाउनुहुँदैन भनेर शिवपुराणमा उल्लेख गरिएको छ।

३. नरीवलको पानी

शिवजीलाई चढाउन नहुने पवित्र वस्तुहरूमध्ये नरीवलको पानी पनि एक हो। शिवजीलाई सिङ्गो नरीवल चढाउनु कुनै भूल हुँदैन, तर शिवलिङगमा कहिल्यै पनि नरीवल फुटाएर पानी नचढाउनुहोला। शिवपुराणमा, यस्तो गरेमा शिवजी रिसाउने र अनिष्ट हुने जनाएको छ।

४. बेसार

बेसारलाई स्त्रीहरूको सुन्दरता बढाउनको लागि प्रयोग गरिन्छ। त्यही कारणले गर्दा नै शिवजीलाई बेसार चढाउन नहुने शिवपुराणमा उल्लेख गरिएको छ।

५. सिन्दूर

विवाहित महिलाहरूको लागि सिन्दूर एकदमै महत्वपूर्ण र पवित्र मानिने गरिन्छ। आफ्नो पतिको लामो आयुको लागि हिन्दु महिलाहरूले सिउँदोमा सिन्दूर लगाउने गर्दछन्। तर, शवजी त्रीमूर्तीदेवहरू मध्ये संहारकर्ता हुन्। त्यसैले नै शिवजीलाई सिन्दूर प्रयोग गरेर पुजा गर्नु ठूलो भूल हुन जान्छ। यस्तो शिवपुराणमा उल्लेख गरिएको छ।

हाम्रो घरमा रहेको नकारात्मक शक्तिका कारण हाम्रो दिमाखमा पनि नकारात्मक सोच मात्र पैदा हुने गर्दछ। नकारात्मक सोचका कारण हरेक काममा बाधा अड्चन आइपर्छ। यस्ता बाधा अड्चनबाट बच्न अपनाउनुहोस यस्ता उपाय:

१, पुर्णिमाको दिन घरमा गौमुत्र छर्कीदिनुहोस। यदि हरेक दिन गौ मुत्र छर्किन सक्नुहुन्न भने यस्तै पुन्य तिथि पुर्णिमा दिन छर्कीदिनुहोस। यसले बातावरणमा मौजुद नकारात्मक शक्ति खत्तम हुने गर्दछ। घरको माहोल पवित्र हुने गर्दछ।

२,बिहान बेलुका घिउको दीपक र कपुर बाल्नुहोस्। कपुर र दीपकको उज्यालो र यसबाट निस्कने धुँवाले बातावरणमा सकारात्मकता पैदा हुन्छ।

३, हरेक दिन बिहान रंगोली बनाउनुहोस् यसले घरमा रहेको नकारात्मक शक्ति खत्तम हुन्छ र यसले देख्दा हामीमा सकारात्मक सोच पैदा हुने गर्दछ।

४, घरको कुना-कुना सफा गर्नुहोस। घर फोहोर छ भने जतिसुकै पुजापाठ गरेपनि सकारात्मक उर्जा पैदा हुन् सक्दैन।

५, पुर्णिमाको रात घरमा महालक्ष्मीको साथै भगवान बिष्णुको पुजा गर्ने गर्नुहोस्।

६,कुनै शिव भगवानको मन्दिरमा गएर दीपक जलाईदिनुहोस् र ऊँ रुद्राय नम: मंत्रका जप गर्नुहोस।एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता