२२ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आजको राशिफल हेर्नुहोस् – २०७५ श्रावण २० गते आइतवार (मेष राशिमा चन्द्रमा)

२० श्रावण २०७५, आईतवार ००:५९

आजको पञ्चाङ्ग – 

नेपाली मितिः वि.सं. २०७५ । नेपाल सं. ११३८ । योग सं. ३९ । श्रावण महिनाको २० गते  आइतवार । 

अँग्रजी मितिः ई.सं. २०१८ अगस्त महिनाको ०५ तारिख ।

तिथीः दक्षिणायन, वर्षा ऋतु श्रावण कृष्णपक्षको अष्टमी, ०६ः२१ बजेपछि नवमी ।  

योगः गण्ड ०८ः५१ बजेपछि वृद्धि ।

नक्षत्रः  भरुणी ११ः१३ बजेपछि कृतिका । 

करणः कौलव ०६ः२१ बजे उपरान्त तैतिल । 

चन्द्रमाः  मेष राशिमा, १७ः०६ बजेपछि वृषमा । 

काठमाडौंमा सूर्योदयः ०५ः२९ बजे ।

काठमाडौंमा सूर्यास्तः १८ः४८ बजे ।

राहुकालः १७ः०८ बजेपछि १८ः४८ बजेसम्म ।

यात्राः  राहुकाल र अशुभबेला छाडी, शुभमुहूर्त पारी ईशान एवं आग्नेय दिशाको लागि उपयुक्त । 

आजको राशिफल

मेष राशिः

ईज्जत तथा मानप्रतिष्ठामा विकास हुनेछ ।  मनोरञ्जन एवम् खुशियालीप्रद रहने छ । मनोवाञ्छित स्वादिष्ट भोजनद्वारा मेजमानी मिल्नसक्ने छ । इष्टमित्रको आगमन हुने र कसैबाट उपाहार पनि  मिल्नसक्ने छ । नयाँकाम वा शेयर आदिको लगानीको अवसरको सम्भावना देखिन्छ । एक अङ्क, रातो रङ्ग र भगवान सूर्यदेवको दर्शन भक्ति गर्नुु शुभकर हुनेछ ।

वृष राशिः

सजिलोसँग काम भइहाल्न अल्लि गार्हो छ । आकस्मिक रुपमा खर्चका बहानाहरु बढ्ने र काममा अबरोध सृजना हुनसक्ने सम्भावना ेछ । अल्लि बढी मेहनत गरेर मात्रै सफलता प्राप्त गर्नसकिएला । मान्यजनलाई भेट्गर्नु, यात्रा गर्नु, नगरी नहुने काममा खर्च गर्नु जस्ता कार्य आज सम्पादन गर्नु बुद्धिमानी हुनेछ । तीन अंक, पहेंलो रङ्गको प्रयोग र सूर्यनारायणको श्रद्धाभक्ति तथा साधना गर्नु फापकर हुनेछ । 

मिथुन राशिः

अपेक्षा गरेजति आर्थिक उपलब्धि हुन कठिन पर्नसक्ने छ । आश्वासन मिलेको काम समयमै नभइदिँदा अल्लि दिक्कत लाग्नसक्ने छ । तथापि शरीरमा स्फुर्ति र काममा रुचि बढ्ने, स्वजनबाट मद्दत मिल्ने, समस्याको निकास निस्कने र दैनिकी व्यवसायबाट केही लाभ गर्नसकिने छ । दुई अङ्क, सेतो तथा ध्वाँसे रङ्गको प्रयोग र भैरवदेव श्रद्धाभक्ति आराधना गर्नु तथा कुुकुरको सेवा गर्नु उपयुक्त हुनेछ । 

कर्कट राशिः

जनसंपर्क बढ्ने र तुलनात्मक रुपमा सहजवातावरण सृजना हुनेछ । कामकार्य तथा पेशा वा व्यवसायको क्षेत्रबाट आंशिकलाभ  हुनेछ । केहीहद्सम्म मानसिक सन्तुष्टि मिल्ने र साहस बढेर आउनेछ । तुरुन्तै फल प्राप्त गर्न नसकिएपनि केही महत्त्वाकांक्षी योजनाको बारेमा मानसिक चिन्तन तथा सरसल्लाह एवम् विचारविमर्श हुनसक्नेछ । मानसम्मान पाइने र भविष्यको लागि आश्वासन पनि मिल्नसक्ने छ । औकात अनुसारको पदप्रतिष्ठा र जिम्मेवारी मिल्नसक्ने छ । आज तपाईले माँ बगलामुखीको स्तुति उपाशना गर्नु शुभकर हुनेछ ।

सिंह राशिः

अवमूल्यन हुनसक्ने गोचर योग परेको हुनाले माथिल्लो तहबाट अपजश एवम् दबाब आउनसक्ने सम्भावनाछ । कामकुरामा अल्लि सावधानी अप्नाउन जरुरी छ । तथापि केही औपचारिक कार्यमा अल्लि व्यस्त हुनपर्ने छ । कर्मक्षेत्रमा साविकभन्दा अल्लि बढी परिश्रम गर्नुपरे पनि केही सन्देहबाबजुत  धार्मिक–आध्यात्मिक चिन्तन बढ्ने छ । 

कन्या राशिः

 दिन त्यति अनुकूल मान्न नसकिने देखिएको छ । ग्रहको प्रतिकूल अवस्थाले यहाँको स्वास्थ्यमा प्रभाव गर्नसक्ने छ । कार्यक्षेत्रमा पनि संघर्ष बढ्ने तथा अबरोध सृजना हुनसक्ने सम्भावना रहेकोले होसियारी अप्नाउन जरुरी देखिन्छ । आहारविहारमा सजगता अप्नाउनु होला । आठ अंक, रातो रङ्गको प्रयोग र इष्टदेवको श्रद्धाभक्तिलाई बढाउनु विशेष हितकर हुनेछ । 

तुला राशिः

जीवन साथी वा प्रेमिको गुनासाको सामना गर्नपर्नेछ । तथापि आमोद–प्रमोद तथा विलासवृतिप्रद दिनचर्या व्यतित हुनेछ । कसैकसैलाई गलतनियत भएको विपरितलिङ्गीको झमेला पर्नसक्ने खतरा पनि छ होस पुर्याउनु पर्ला । व्यवसाय तर्फ उन्नति हुनाले आर्थिक सङ्कलन हुनेछ । सात अंक, सेतो रङ्गको प्रयोग फापकर हुनेछ भने सूर्यनमस्कार योगको अभ्यास गर्नु हितकर हुनेछ । 

वृश्चिक राशिः

पराक्रम बढ्ने छ । तथापि मुख्य एवम् महत्त्वपूर्ण काममा संघर्ष देखिएको छ, निवारणको लागि गुरुजनको आर्शिवाद लिनु वा विद्वानजनलाई खुशि बनाउनु बुद्धिमानी हुनेछ । बगलामुखीको स्तुति आराधना गर्नाले महत्त्वपूर्ण कार्यमा आउने अबरोध कम गर्न मद्दत मिल्नेछ ।  

धनु राशिः

अल्लि कडामिजास देखिनसक्ने सम्भावना छ । मानसिक योजना तथा आन्तरिक सल्लाह भन्दा फरक ढंगले सवाल अघि बढ्नसक्ने छ । क्रोधको पनि विकास हुनसक्ने कुरालाई नकार्न सकिन्न । मनोवैज्ञानिक पछुतो पर्नसक्ने छ बेतुकको संवादको बाहनामा जम्मा हुनेहरुले तपाईको कार्यमा अल्झन ल्याउनसक्ने कुराप्रति होसियारी गर्नुहोला । विद्यार्थीको लागि विद्या बढ्नसक्ने छ ।

मकर राशिः

बोली व्यवहारमा केही सावधानी अप्नाउनु पर्नेछ । वादविवाद तथा मनमुटाव जन्य प्रतिकूलताको सम्भावना छ । मानसिक सोँचमा पनि संकिर्णता बढ्नसक्ने छ भने स्वास्थ्यमा पनि केही मन्दि आउनसक्ने छ । पारिवारिक समस्या थपिने र गर्नलागेको काममा विलम्ब हुने सम्भावना देखिन्छ । मातृशक्तिको आर्शिवादले विघ्नबाधा हटाउन मद्दत गर्नेछ । 

कुम्भ राशिः

पौरखीलो ग्रहगोचर परेको छ । आँट जोश जाँगर र पराक्रम बढ्ने छ । ईच्छाएको कामकार्य बन्नसक्ने देखिन्छ । व्यवसायमा प्रगति तथा लाभ एवं सफलता र श्रीबृद्धि हुनेछ । समाजसेवा तथा राजनीति एवम् सामाजिक संघसंस्था आदिको कामकार्यमा पदप्रतिष्ठा र जिम्मेवारी मिल्नसक्ने छ । परिवारिक सदस्य वा स्वजनको बृद्धि हुने छ । माँ बगलामुखीको स्तुति आराधना एवं गुरुजनको आर्शिवाद लिने काम गर्नु बुद्धिमानी तथा हितकर हुनेछ । 

मीन राशिः

अतिथि सत्कार गर्न पाइने सम्भावना छ । घरपरिवारमा कुनै विवाह आदि माङ्गलिक शुभकार्यको प्रसङ्ग चल्नसक्ने तथा नयाँ पारिवारिक सदस्य बढ्नसक्ने वा सम्बन्ध विस्तार हुनसक्ने सम्भावना पनि देखिएको छ । व्यवसाय तथा कार्यक्षेत्रमा प्रगति हुनेछ । परोपकार आदि समाजसेवाबाट सन्तुष्टि मिल्ने छ । प्रशंसकहरु बढ्नेछन् । दुई अङ्क, सेतो रङ्गको प्रयोग र भगवान सूर्यनारायणको आराधना तथा श्रद्धाभक्ति गर्नु शुभकर हुनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै