२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तपाइँ कस्तो खालको मान्छे हुनुहुन्छ ? सुत्ने तरिकाबाट थाहा पाउनुहोस् !

२०७५, २३ श्रावण बुधबार १०:३२

सामुन्द्रिक  शास्त्रका अनुसार मानव शरीरका हरेक अंगले उसको स्वभावका विषयमा केही न केही जानकारी दिइरहेको हुन्छ । मानिसको बोली, हिँडाइ, शरीररको हाउभाउ आदिबाट उसको स्वभाव कसरी थाहा पाउन सकिन्छ भन्ने विषयमा सामुन्द्रिक  शास्त्रले गहन अध्ययन गरेर निष्कर्ष दिएको पाइन्छ ।  यसमा शारीरिक बनावटका आधारमा मानिसको स्वभाव एवं भविष्य कसरी पत्ता लगाउन सकिन्छ भन्ने  कुरा लेखिएको छ । यो पुस्तक अहिले आफ्नो मूल स्वरूपमा उपलब्ध हैन तर भविष्य पुराण तथा गरुड पुराण एवं अन्य शास्त्रहरूमा यसको उल्लेख पाइन्छ ।

समुद्र शास्त्रमा मानिसको सुत्ने तरिकाबाट उसको स्वभाव जान्न सकिने कुरा समेत बताइएको छ । जस्तो कि शरीरलाई खुम्च्याएर वा दोब्रो परेर सुत्ने मानिस डरपोक हुन्छन् भन्ने कुरा यसै शास्त्रले बताएको छ ।

सामुदि्रक शास्त्रअनुसार कसरी सुत्ने मानिसको स्वभाव कस्तो हुन्छ हेरौँ,

घोप्टो परेर सुत्ने

यसरी सुत्ने व्यक्ति कुनै पनि प्रकारको जोखिम मोल्न नचाहने स्वभावका हुन्छन् । उनीहरू कसैसँग मित्रता गाँस्नुअघि निकै सोचविचार गर्छन् र सजिलै वा सितिमिति कसैप्रति विश्वास गर्दैनन् ।

हातगोडा फैलाएर सुत्ने

दुवै हातगोडा फैलाएर उत्तानो परी सुत्ने व्यक्तिहरू स्वतन्त्र रहन रुचाउने स्वभावका हुन्छ । कसैको बन्धनमा बाँधिएर बस्न रुचाउँदैनन् । उनीहरू भोगविलासपूर्ण जीवन मन पराउने खालका हुन्छन् भने सुन्दरताप्रति पनि छिट्टै आकषिर्त हुन्छन् ।

कोल्टो फर्केर सुत्ने

यसरी सुत्ने व्यक्ति मीठो खान तथा सरसफाइ गरेर सफासुग्घर भई बस्न रुचाउने स्वभावका हुन्छन् । उनीहरू आदर्श जीवन बाँच्न मन पराउँछन् । यस्ता व्यक्ति सजिलैसँग कुनै पनि वातावरणमा घुलमिल हुन सक्छन् ।

सुत्नुअघि गोडा हल्लाउने

कतिपय मानिसमा सुत्नुअघि गोडा हल्लाउने बानी हुन्छ र यस्तो बानीलाई अलच्छिनी मानिन्छ । यस्ता व्यक्तिलाई सदैव कुनै न कुनै चिन्ताले सताइरहन्छ । बढी चिन्ता गर्ने बानीले उनीहरूमा थप जटिल समस्या वा विकारसमेत उत्पन्न हुने सम्भावना बढ्छ ।

गोडा कसेर सुत्ने

दुवै गोडा जोल्ठ्याई कसेर तथा पूरै शरीर ओढ्नेले छोपेर सुत्ने मानिसको जीवन संघर्षपूर्ण हुन्छ । उनीहरूले जीवनमा ठूलो संघर्ष गर्नुपर्ने हुन्छ । यद्यपि उनीहरूमा पनि परिस्थितिअनुरूप आफूलाई ढाल्न सक्ने खुबी वा महत्वपूर्ण विशेषता हुन्छ । उनीहरू जो कसैसँग सहजै घुलमिल गर्नसक्छन् ।

शरीर खुम्च्याएर सुत्ने

यसरी सुत्ने मानिस डरछेरुवा हुन्छन् । उनीहरूको मनमा असुरक्षाको भावना हुन्छ । उनीहरू अव्यावहारिक हुन्छन् र अपरिचित मानिसहरूसँग कुरा गर्न रुचाउँदैनन् । उनीहरू सामान्यतः एक्लै बस्न मन पराउँछन् । यस्ता व्यक्तिलाई लागुपदार्थको लत लाग्ने सम्भावना सबैभन्दा बढी हुन्छ ।

उत्तानो सुत्ने

सीधा वा उत्तानो परेर सजिलोसँग निदाउन सकिन्छ भने त्यो शुभ लक्षण हो । यसरी सुत्ने व्यक्ति आत्मविश्वासी हुन्छन् । उनीहरू व्यक्तित्व पनि आकर्षक हुन्छ अर्थात् उनीहरू आकर्षक व्यक्तित्वका धनी हुन्छन् । तुरुन्तै समस्याको समाधान गर्नसक्ने हुन्छन् । यस्तो स्वभावका कारण उनीहरू परिवार, साथीसर्कल, नातेदार एवं समाजमा लोकपि्रय हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला