२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्वस्थ शरीरका लागि चाहिने अत्यावश्यक १० तत्व यस्ता छन्, जानी राखौं

२०७५, ३० श्रावण बुधबार १२:२०

मानव शरीर फुर्तिलो र स्वस्थ बनाउनमा खानाको विशेष भूमिका रहन्छ | हामीले दैनिक खाने खाना स्वस्थकरका हुनुका साथै शरीरलाई चाहिने विभिन्न तत्वहरुको आवस्यक पर्दछ |

हाम्रो शरीरलाई अति आवस्यक पर्ने तत्वहरु यसप्रकार छन् :- 

१. पानी : शरीरमा ७० प्रतिशत पानी हुन्छ । पानीले शरीरको जैविक प्रक्रिया सन्तुलित बनाउन मुख्य भूमिका खेल्छ । हामीले खाएका खानामा हुने तत्वहरु देखि लिएर स्वासप्रस्वाससंग लिइएको अक्सिजन शरीरको सबै भागमा पुर्याउने काम पानीले गर्छ । शरीरबाट अनावश्यक चिजहरु बाहिर फाल्न पनि पानीले सहयोग गर्छ । हरेकदिन पानी कति पिउने भन्ने कुरा व्यक्ति पिच्छे फरक हुन्छ । यद्धपी प्रतिदिन कम्तीमा ८ गिलास पानी पिउन सकिन्छ ।

२. प्रोटिन : शरीरको तौलको २० प्रतिशत तौल प्रोटिनको हुन्छ । शरीरको हरेक कोष प्रोटिनले बनेको हुन्छ । प्रोटिन विना कुनै पनि अंग मांसपेशी, हाड केही नै हुने थिएन । सिधा भन्नु पर्दा प्रोटिन विना मानव शरीर नै बन्ने थिएन । १९ देखि ७० बर्ष उमेर समूहको महिलालाई प्रतिदिन करीब ४५ ग्राम प्रोटिन चाहिन्छ । भने सोही उमेरसमूहको पुरुषलाई ५५ ग्राम प्रोटिन आवश्यक पर्छ । माछा, मासु, गेडा गुडी , इत्यादीमा प्रोटिन पाइन्छ ।

३. कार्वोहाइट्रेड :  कार्वोहाइट्रेडले शरीरलाई चाहिने शक्ति प्रदान गर्छ । शरीरलाई चाहिने कार्वोहाइट्रेड स्टार्च र सुगर गरी दुई रुपमा पाइन्छ । हरेक दिन हामीले खाने खानामा ४५ देखि ७५ प्रतिशतसम्म कार्वोहाइट्रेड हुन जरुरी हुन्छ ।

४. फाइबर : मानवशरीरले फाइबर पचाउँन सक्दैन । तैपनि शरीरको खाना पोषण सञ्चार गर्न फाइबरको ठूलो भूमिका हुन्छ । त्यसैगरी पाचन प्रक्रिया र पाचन नली स्वस्थ बनाउन फाइबर जरुरी हुन्छ । प्रतिदिन २० देखि ३५ ग्राम फाइबर शरीरलाई चाहिन्छ । गेडागुडी, फलफुल र सागसब्जीहरुमा फाइबर पाइन्छ ।

५. चिल्लो पदार्थ : शरीरमा भिटामिन ए डी इ र के सोसन र रोग प्रतिरोधात्मक शक्ति बढाउन र घाउ छिटो निको पार्न शरीरमा चिल्लो पदार्थ चाहिन्छ । प्रतिदिन शरीरलाई चाहिने क्यालोरीको ३० प्रतिशतसम्म चिल्लो पदार्थ सेवन गर्न सकिन्छ । स्वस्थ माछा तथा भेजिटेवल आयल चिल्लो पदार्थको स्रोत हो ।

६. भिटामिन डी र क्याल्सियम : भिटामिन डी र क्याल्सियम हाड मजबुत बनाउन साथमै काम गर्छन् । हाडको आकार बलियो बनाउन क्याल्सियम चाहिन्छ भने क्याल्सियसलाई सोस्न र सञ्चार गर्न भिटामिन डी चाहिन्छ । एक स्वस्थ शरीरलाई हरेक दिन १ हजार मिलीग्राम क्यास्लियम र ६ सय आइयु भिटामिन डी चाहिन्छ ।

७. भिटामिन सी : भिटामिन सी एन्टी अक्सिडेन्ट हो । अक्सिजनको उपस्थितिमा इन्जाइमलाई खराब हुनबाट भिटामिन सीले बचाउँछ । चोटपटक ठीक गर्न र रोगबाट बचाउन भिटामिन सी चाहिन्छ । प्रतिदिन हरेक स्वस्थ पुरुषलाई ९० मिलिग्राम र महिलालाई ७५ मिलिग्राम भिटामिन सी चाहिन्छ । सुन्तला, ब्रोकाउली, स्ट्रोबेरी, कागती आदि यसको स्रोत हुन् ।

८. फोलिक एसिड : शरीरको कोषहरु बन्ने र बचाउँने प्रक्रियामा फोलिक एसिडको मुख्य भूमिका हुन्छ । डीएनए र आरएनए सन्तुलित बनाउन फोलिक एसिड चाहिन्छ । फोलिक एसिड सन्तुलित रुपमा सेवन गर्ने व्यक्तिमा क्यान्सर र बाँझोपनको डर कम हुन्छ । हरेक दिन ४ सय माइक्रोग्राम फोलिक एसिड सेवन गर्नु राम्रो मानिन्छ ।फोलिक एसिड साग गेडागुडी, अण्डा आदिमा पाइन्छ ।

९. आइरन : अक्सिजन कोषहरुमा पुरयाउन आइरन चाहिन्छ । शरीरका केही इन्जाइम बनाउन पनि आइरन चाहिन्छ । रगत र कोष स्वस्थ राख्न पनि आइरन जरुरी हुन्छ । प्रतिदिन ८ मिलीग्राम आइरन सेवन गर्नुपर्छ । आइरन गेडागुडी सागपात, बदाम, ओखर आदिमा पाइन्छ ।

१० जिंङ्क : शरीरको धेरैजसो इन्जाइम र प्रोटिन जिंकले बनेको हुन्छ । मस्तिस्कको सिजारिसस प्रक्रियामा जिंकको मुख्य भूमिका हुन्छ । हाम्रो शरीरलाई दैनिक ११ मिलीग्राम जिंक चाहिन्छ । रातो मासु, गेडागुडी अन्न आदिमा जिंक पाइन्छ । एजेन्सीको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला