३० आश्विन २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आजदेखि भदौ महिना सुरु, यो महिनाको पहिलो दिनको राशिफल हेर्नुहोस्

१ भाद्र २०७५, शुक्रबार ००:५७

२०७५ भाद्र १ गते शुक्रवार

आजको पञ्चाङ्ग – 

नेपाली मितिः वि.सं. २०७५ । नेपाल सं. ११३८ । योग सं. ३९ । भाद्र महिनाको  १ गते  शुक्रवार । 

अँग्रजी मितिः ई.सं. २०१८ अगस्त महिनाको १७ तारिख ।

तथीः दक्षिणायन, वर्षा ऋतु श्रावण शुक्लपक्षको सप्तमी ।  

योगः शुक्ल, २१ः१५ बजेपछि ब्रह्म ।

नक्षत्रः  स्वाती, २१ः१२ बजेपछि विशाखा । 

करणः गर १७ः१३ बजे पछि वणिज । 

चन्द्रमाः  तुला राशिमा । 

काठमाडौंमा सूर्योदयः ०५ः३५ बजे ।

काठमाडौंमा सूर्यास्तः १८ः३८ बजे ।

राहुकालः १०ः२९ बजेपछि १२ः०७ बजेसम्म ।

यात्राः  राहुकाल र अशुभबेला छाडी, शुभमुहूर्त पारी दक्षिण दिशाको लागि उपयुक्त । 

आजको राशिफल 

मेष राशिः

दाम्पत्य एवम् भौतिक सुखकर रहनेछ । जीवन साथी वा विपरित लिङ्गीको सहयोग मिल्ने तथा प्रेमसम्बन्ध बलियो हुनेछ । यात्राकर ग्रहयोग परेकोले देशविदेशको यात्रा हुनसक्ने सम्भावना पनि देखिएको छ । व्यापार व्यवसायीले राम्रो लाभ गर्नसक्नु हुनेछ । कार्यक्षेत्रमा सौहार्दपूर्ण वातावरण सृजना हुनाले भौतिक उपलब्धि एवम् मानसिक शान्ति मिल्नेछ । जागिर नोकरी आदिमा पनि दिन अनुकूल रहेको छ । 

वृष राशिः

अवसरको सदुपयोग गर्नसकेको खण्डमा प्रतिस्पर्धामा सफल भइने छ भने स्वकार्यबाट पनि राम्रो उपलब्धि गर्न सकिने छ । जागिर आदि पेशाको क्षेत्रमा पनि स्याबासी तथा प्रशंसा मिल्नेछ । स्वास्थ्यमा आरोग्यता प्राप्त हुने तथा कान्तिमा बृद्धि हुनेछ । खेलकुद आदि शारीरिक प्रतिस्पर्धात्मक कार्यमा  सफलता मिल्नेछ । विपक्षिको सम्मान गर्न जानेको खण्डमा रणनीतिक रुपमा फाइदा लिन सकिने छ । माँ इन्द्रायणीको स्तुति आराधना गर्नु थप शुभप्रद हुनेछ । 

मिथुन राशिः

ज्ञानविज्ञानको पक्ष बलियो छ । विद्याधनको महत्त्वाकांक्षा तथा आत्मप्रशंसाको अभिलाषा पनि बढ्नसक्ने छ । आत्मरतीको आसक्तिलाई संयम गरी भद्रस्वभावको अभ्यास बढाउनसकेमा मानप्रतिष्ठामा विकास गर्न सकिने र विद्वतताको प्रसंशा मिल्ने पनि छ । सामान्यतया व्यवसायिक दिनचर्या अनुकूल नै रहनेछ तथापि बाह्य विषयमा समय दिनाले महत्त्वपूर्ण कार्य थातिरहन पनि सक्नेछ ख्याल पुर्याउनु होला । पाँच अंक, रातो रङ्गको प्रयोग एवं माँ भुवनेश्वरीको स्तुति आराधना लाभप्रद हुनेछ । 

कर्कट राशिः

कर्कट राशिका व्यक्तिहरुको लागि आजको दिन त्यति अनुकूल देखिएको छैन । मनमा संकोचित विचार बढ्नसक्ने तथा कसैसँग मनमुटाव हुनसक्ने पनि सम्भावना प्रतित भइरहेको छ ख्यालपुर्याउनु होला । पारिवारिक भार बढ्नसक्ने एवम् अभाव खट्कििनसक्ने देखिन्छ । केही असन्तुष्टिको सामना गर्नपर्ने हुनसक्छ, संघर्ष तथा अपयशसँग जुध्नको लागि आत्मबल बढाउनु पर्ला । काममा सावधानी अप्नाउनु बुद्धिमानी हुनेछ । धैयैधारणले नै प्रतिकूलता टार्नसकिने कुरालाई गुरु मन्त्र बनाउनु होला । आज यहाँलाई चार अंक, सेतो रङ्गको प्रयोग र माँ भगवतीको दर्शनभक्ति गर्नु शुभप्रद हुनेछ । 

सिंह राशिः

दिन हिम्मतिलो छ, थातिरहेका काम सिध्याउने जमर्को हुनसक्ने र नयाँ कार्यको लागि जाँगर चल्ने छ । आवश्यक तयारी पनि बन्नेछ । खेलकुद आदि प्रतिस्पर्धामा विजयी भइनेछ । महत्त्वपूर्ण कामकार्यको लागि ग्रह प्रभाव ठिक देखिएको छ । सहयोग मिल्ने र पुरुषार्थ पनि गर्नसकिने छ । आर्थिक लाभको संयोग पनि जुट्ने छ । तेस्रो क्रमसँख्या, हरियो रङ्गको प्रयोग र माँ सन्तोषीको दर्शनभक्ति एवं आराधना गर्नु शुभकर हुनेछ ।  

कन्या राशिः

व्यवसायिक प्रगति भइधनदौल तथा खजाना जम्मा हुनेछ भने वाणीमा ओजस्विता बढ्नेछ । कवि तथा कवित्रीको कविता, वक्ताको प्रवचन, कलाकर्मीको गीतसंगीत आदिले राम्रो बजार लिनेछ । मुख्य कार्य विशेषमा आफन्तबाट सहयोग मिल्नेछ । लाभ एवम् सफलताको कारण नयाँ उत्साह र उमङ्ग तथा कुशलता बढ्नेछ । नाताकुटुम्ब बढ्ने तथा पारिवारिक सदस्य थपिने पनि सम्भावना देखिन्छ । 

तुला राशिः

व्यवहारिक कुशलता बढ्नाले मान्छेहरुको ध्यानाकर्षण गर्नसकिने गोचर परेको छ । मानप्रतिष्ठा बढ्ने र मिठो खानेकुरा प्राप्ति हुनसक्ने छ । व्यवसायबाट धनलाभ एवं भौतिक सुख र आफन्तजनबाट प्रशंसा प्राप्ति हुनेछ । अभिष्टकार्यमा सफलता मिल्नसक्ने गोचर रहेको छ, ईच्छित कार्य पूर्णताको लागि दृढताको साथमा अगाडि बढ्नसक्नु हुनेछ । सामाजिक जिम्मेवारी थपिनसक्ने छ । मनोरञ्जनात्मक कार्यक्रम आदिमा पनि सरिक हुन पाइनसक्ने छ । 

वृश्चिक राशिः

सोँचविचार नपुर्याई अनावश्यक रुपमा गरिएको घुमफिरले अन्ततः खर्चलाई नै प्रोत्साहन गर्ला । सुझबुझ नगरी गरिएको फुर्तिफार्तिले पश्चाताप पार्नसक्ने छ ।  आयमा मन्दि आउने तथा सञ्चित धनखजानाको खर्च हुने, अस्वस्थता बढ्नसक्ने आदि कुरालाई पनि गोचरले लक्षित गरिरहेको छ । तथापि खासै नसोँचेको विषयको काम बनेर आकस्मिक लाभ तथा उपलब्धि हातपर्नसक्ने कुरालाई पनि गोचरले दखाइरहेको छ । तीन अंक, पहेंलो रंगको प्रयोग एवं माँ इन्द्रायणीको स्तुति उपाशना गर्नु हितप्रद हुनेछ । 

धनु राशिः

यद्यपि दिन आयप्रद हो तरपनि विशेष अपेक्षित उपलब्धिमा अदृष्य रोकावट आउनसक्ने सम्भावना छ । सामान्यतया व्यवसायिक कार्यबाट केही हद्सम्म लाभ गर्नसकिने छ । शुभेच्छुकहरुबाट सहयोग पनि मिल्ने सम्भावना छ । केही सफलता र लाभ भइहाल्दा हौंस्याहट् तथा महत्त्वाकांक्षा बढ्ने पनि हुनसक्ने सम्भावना रहेको कुरालाई नकार्न सकिन्न । २ अंक, सेतो रङ्गको प्रयोग र साथमा माँ कुमारीको उपाशना गर्नु अनुकूल रहनेछ । 

मकर राशिः

मुल्यवान कामकार्यमा सफलता मिल्नाले लाभ एवम् उपलब्धि हातलाग्ने छ । जनसंपर्क बढ्ने र तुलनात्मक रुपमा केही सहजवातावरण सृजना हुनेछ । केही महत्त्वाकांक्षी योजनाको बारेमा मानसिक चिन्तन तथा सरसल्लाह एवम् विचारविमर्श हुनसक्नेछ भने भविष्यको लागि आश्वासन पनि मिल्नसक्ने छ । औकात अनुसारको पदप्रतिष्ठा र जिम्मेवारी मिल्नसक्ने छ । एक अंक, रातो रंग र माँ इन्द्रायणीको भक्तियोग साधना गर्नु विशेष शुभप्रद हुनेछ । 

कुम्भ राशिः

पूण्यार्जन गर्ने अवसर मिल्ने छ । अध्यात्मिक तथा आस्तिक भावना बृद्धि हुने र धार्मिक कार्य सम्पादन गर्नसकिने छ । व्यवसायिक उन्नति पनि हुन गइ आर्थिक लाभ पनि गर्नसकिने छ । सांसारिक पुरुषार्थ गर्न पनि सक्नुहुने छ । यात्रायोजना एवम् नयाँ कार्यको थालनीको सम्भावनालाई पनि ग्रहले लक्षित गरिरहेको देखिन्छ । नौ अंक पहेलो रंगको उपयोग र धार्मिक जनको सेवा अझ विशेष हितकर हुने देखिन्छ । 

मीन राशिः

संर्घषप्रद गोचर छ । अल्लि सोँचविचार एवं योजना विपरित परिस्थितिको सृजना भएको महसूस हुनसक्ने छ । बोलिचाली एवं जनव्यवहारमा सावधानी अप्नाउनु उचित हुनेछ । व्यवसाय तथा कर्मक्षेत्रमा बाधा अड्चन हुनसक्ने छ भने अपेक्षित एवं प्राप्त आश्वासन पूरा हुन कठिन पर्नेछ । स्वास्थ्यमा पनि समस्या देखिनसक्ने देखिन्छ । हृदय आदि दीर्घरोगीहरुले विशोष ध्यान दिन जरुरी देखिएको छ । आठ अंक, रातो रंगको प्रयोग र कन्यालाई सेतो पदार्थ दान दिनुको साथै इष्टदेवको भक्ति बढाउनु शुभप्रद हुनेछ । 

ज्यो. दीपक सुवेदी (डबलगोल्डमेडलिष्ट) 

कमलमार्ग, कमलपोखरी (सिटीसेन्टरको पछाडि), काठमाडौं नेपाल ।

०१४४३१७४७, ९८४१२२३१२६, ९८०३८७९९७८ (दुबै मोबाइल नं.मा भाइबरसमेत) 

ईमेलः [email protected] 

फेसबुकपेजःhttps://www.facebook.com/jyotishdeepakguru

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गौशाला धर्मशाल सम्बन्धमा हामीमाथि अन्याय भयो : मारवाडी सेवा समिति सरकारद्धारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन प्रधानमन्त्री ओलीद्वारा ‘समृद्धिको अन्तर्वस्तु’ लोकार्पण कर्मचारी सञ्चय कोष र नेपालप्रहरी श्रीमती संघबाटउद्धार कोषमा रकमहस्तान्तारण देश बचाउन तेस्रो जनआन्दोलन आवश्यक छ : प्रभु साह बजार अनुगमनका क्रममा अभद्र व्यवहार गर्नेमाथी कारवाही हुने श्रमिकको मुद्दासाझा समस्याको रुपमा देखिएको छ : अर्थमन्त्री पौडेल पुण्य गौतममाथि रड प्रहार, आइसीयुमा उपचार हुँदै हत्या आरोपमा झापामा नाबालकसहित ३ जना पक्राउ राष्ट्रपति पौडेलसमक्ष मुस्लिम र थारु आयोगले गरे प्रतिवेदन पेश महानगरद्धारा बजार अनुगमन : २२ वटामा म्याद गुज्रिएका सामान भेटिए मन्त्रिपरिषद्को बैठक बालुवाटारमा बस्दै कांग्रेसलाई एक्लै बहुमत ल्याउनसक्ने पार्टी बनाउँछौं : डा.शेखर कोइराला दशैंपछि आन्दोलन गर्ने गोर्खा सैनिकको चेतावनी, सरकारलाई दिए धम्की मन्त्रीपरिषद् बैठकका २१ निर्णय सार्वजनिक एनपीएल अक्सन : प्रतिस जिसी १५ लाखमा विराटनगर किंग्समा आबद्ध नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए पद तथा गोपनीयताको शपथ रविजीले ओलीले भने अनुसार काम गरे भने सहकारी ठगीमा कारबाही हुँदैन, त्यो प्रतिवेदन च्याँखे होः दीपशीखा नवनियुक्त प्रधानन्यायाधीश राउतले आज शपथ लिदैं आगामी निर्वाचनमा माओवादी केन्द्रले गठबन्धन नगर्ने :- अध्यक्ष प्रचण्ड