२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तनावमा हुनुहुन्छ ? कसरी मुक्त रहने ? जानी राखौं

४ भाद्र २०७५, सोमबार १०:२०

चिन्ता र तनावबाट सायदै संसारका कोही मान्छे अछुतो रहेका होलान्। हरेक व्यक्तिलाई कुनै न कुनै प्रकारको चिन्ता हुन्छ। तनावकै कारण कतिपयले आत्महत्या समेत गर्ने गरेका छन्। नेपालीमा एक उखान निकै प्रचलित छ, ‘चिन्ताले नै चितासम्म पु-याउँछ।’

मनोविद्ले तनाव व्यवस्थापन गर्ने केही उपाय सुझाएका छन्।

गीत–संगीत सुन्नुस्

यदि तपाईँ तनावमा हुनुहुन्छ भने केही समय विश्राम लिएर गीत–संगीत सुन्नुस्। यसले तपाईँको दिमाग र शरीरलाई आराम दिएर ब्लड प्रेसर र तनाव बढाउने हर्माेन घटाउन मद्धत गर्छ।

साथीसँग कुरा गर्नुस्

जब तपाईँलाई तनाब हुन्छ, त्यतिबेला तपाईँ केही समय विश्राम गरी साथीसँग आफ्ना समस्याबारे कुरा गर्नुस्। साथीको सम्बन्ध स्वस्थ जीवनशैलीका लागि महत्वपूर्ण हुन्छ । प्रियजनको आवाजले तनाव मुक्त गर्न सहज बनाउँछ।

आफैसँग कुरा गर्नुस्

तनाव हटाउन साथीसँग कुरा गर्ने विकल्प नहुन सक्छ। यस्तो अवस्थामा आफैसँग कुरा गर्नु पनि उत्तम विकल्प हुन सक्छ। यस्तोबेला तनावको कारण र समाधान कसरी हुन्छ भनी आफैसँग प्रश्न गर्नुस्। र, सबै कुरा ठीक हुन्छ भनी विश्वस्त रहनुस्।

सन्तुलित भोजन खानुस्

तनाव र सन्तुलित भोजन परस्पर सम्बन्धित छन्। जब हामी तनावमा हुन्छौं, सन्तुलित खाना छाडी तयारी खानेकुरा खान्छौं। तनाव मुक्त गर्न तयारी खानेकुरा नखानुस्। यस्तो बेला फलफूल र तरकारी खान राम्रो हुन्छ । माछाजन्य खानेकुराले पनि तनाव कम गर्न सहयोग पु-याउँछ।

खुलेर हास्नुस्

खुलेर हास्यो भने तनाव कम गर्न सकिन्छ। हास्दा शरीरमा भएको इन्डोरफिन नामक रसायन उत्पन्न भई तनाव बढाउने हर्माेन घटाउन मद्दत गर्छ। कमेडी फिल्म हेरे या चुटकिला पढ्यो भने पनि तनाव कम गर्न सकिन्छ।

चिया पिउनुस्

तनाव हटाउने एक अर्काे उपाय हो, ग्रिन टि पिउने । यसमा भएको रसायनले तनाव कम गर्न मद्दत पु-याउँछ।

व्यायाम गर्नुस्

व्यायाम गरेर पनि तनाव कम गर्न सकिन्छ। व्यायाम भन्नेबित्तिकै भारात्तोलन उठाउने र म्याराथनका लागि दौड्ने भन्ने होइन। घर, आँगन या कार्यालय वरिपरि हिँडेर पनि व्यायाम गर्न सकिन्छ। यसले रक्तसञ्चार गरी तनाव मुक्त गर्ने रसायन उत्पादन गरी तनाव हटाउन सहयोग पुर्याउँछ।

आरामसँग सुत्नुस्

निद्रा पुगेन भने तनाव हुन्छ भन्ने धेरैलाई थाहा होला। अनिद्रा पनि तनावको एक कारण हो। दैनिक सातदेखि आठ घन्टा सुत्ने चिकित्सक नै सुझाउँछन्। तनाव भएका बेला चाडै टिभी बन्द गर्नुस्, बत्ती निभाउनुस् र आरामसँग सुत्नुस् । यसले तनाव कम गर्न सहयोग गर्छ।

आरामसँग श्वास लिनुस्

आरामसँग श्वास लिए तनाव कम गर्न मद्दत पु-याउँछ। सदियौंदेखि बौद्ध भिक्षु पनि ध्यान गर्दा श्वासप्रति सचेत हुँदै आएका छन्। भुइँ या कुर्सीमा बसेर आरामसँग तीन–चार मिनेट बिस्तारै गहिरो श्वास लिनुस्। तनाव कम गर्न सकिन्छ । किनकि छोटो श्वास तनावको कारण हो।

जीवनशैलीबारे सचेत रहनुस्

माथिका यी उपाय छोटो अवधिका लागि तनाव कम गर्ने उपाय हुन्। जीवनशैलीबारे सचेत रहेर तनाव कम गर्न सकिन्छ। यो तनाव कम गर्ने दीर्घकालीन उपाय हो । मानसिक स्वास्थ्यबारे सचेत रही नियमित योग र ध्यान गरे तनावबाट मुक्त रहन सकिन्छ।

यसबाहेक तनावबारे जानकारी लिएर पनि तनाव कम गर्न सकिन्छ।-एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल