२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जानी राखौं महिलामा हुने क्यान्सरका सुरुवाती ६ लक्षण

२० भाद्र २०७५, बुधबार १२:२०

टिप्स- डिम्बवाहिनी नलीको ९० प्रतिशत क्यान्सर असामान्य अर्थात् अनियमित रक्तश्रावपछि मात्र पत्ता लाग्ने गरेको पाइएको छ। यदि तपाईंको पहिले नै महिनावारी सुकेको छ भने वा कुनै रक्तश्राव पनि भएको छ भने त्यसको परीक्षण हुनु पर्छ।

कारणबिनै तौल घट्नु

यदि पहिले तौल बढी थियो वा मोटोपना थियो । तर कुनै व्यायाम र खाना नियन्त्रणबिना नै तौल घटेको छ भने क्यान्सरको जोखिम हुन सक्छ । अर्थात् कुनै व्यायामबिनै तपाईंको तौल १० किलो घटेको छ भने तुरुन्त चिकित्सकसँग सल्लाह गर्नुहोस्।

थकाइ लागिरहनु  

व्यस्त जीवनमा सातामा एकपटक थकाइ लाग्न सक्छ । यस्तो थकाइ थोरै आरामले मेटिन्छ। तर, थकाइ तपाईंको कामसँग सम्बन्धित छ वा विना काम थकाइ लागिरहेको छ? यदि थोरै काम गर्दा पनि बढी थकाइ लागिरहेको छ भने डाक्टरकोमा गइहाल्नुस्।   

भोक नलाग्नु

तपाईंलाई भोक लाग्दैन? अर्थात् जतिबेला पनि अघाएको महसुस हुन्छ ? यस्तो भोक नलाग्नु डिम्बाशयको क्यान्सरको लक्षण पनि हुन सक्छ। चिकित्सकसँग सल्लाह लिइहाल्नुस्।

पेट फुल्नु

महिनावारीका बेला पेट फुल्नृुलाई सामान्य मानिन्छ। तर महिनावारी भएको दुई हप्तापछि पनि पेट फुलेको छ भने ओभरियन (डिम्बाशय)को क्यान्सरको संकेत हुन सक्छ। सचेत भइहाल्नुस्।

खुट्टा सुन्निनु

तपाईंको एउटा खुट्टा मात्र सुन्निरहन्छ बिनाकारण? यो पाठेघरको मुखको क्यान्सरको खतरनाक संकेत हुन सक्छ। एउटा खुट्टा सुन्निने मात्र नभइ त्यसमा दुखाइ पनि छ भने त्यो पनि पाठेघर क्यान्सरकै लक्षण हुन सक्छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै