२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब प्याडको विकल्पमा मेन्सट‍्रुवल कप, यस्ता छन् विशेषता, कसरी प्रयोग गर्ने ?

२०७५, २५ भाद्र सोमबार १२:०५

एजेन्सी:- महिनावारी भएका बेला किशोरी वा महिलालाई प्याड विकल्पको रूपमा ‘मेन्सट‍्रुवल कप’आएको छ । यो प्याडभन्दा निकै नै सजिलो र स्वास्थ्यका हिसाबले राम्रो मानिन्छ। 

यो कप सुरुमा लाउँदा अलि अप्ठेरो र हल्का दुखे जस्तो भएता पछि सजिलो र आरामदायी महसुस गराउँछ । यस कपलाई ४ देखि १० घन्टा लगाइसकेपछि फेरि राम्ररी धोएर प्रयोग गर्न सकिन्छ । यसलाई दिनमा तीन–चारचोटि धुनुपर्छ ।

यो कप प्याडभन्दा किफायती, आरामदायी, हाइजिनिक अनि वातावरणमैत्री रहेको छ । उमेर अनुसार कपको साइज पनि फरक हुन्छ । 

सुरुमा एकदमै धेरै रगत बग्दा यसलाई चार घन्टा लगाउन सकिन्छ भने कम आएको खण्डमा यसलाई १२ घन्टासम्म पनि प्रयोग गर्न सकिन्छ ।

यो विभिन्न साइज तथा रङमा उपलब्ध छ । स्ट्रिङसहित र स्ट्रिङरहित गरी यो दुई प्रकारको हुन्छ, जसमा चार वटा स–साना प्वालहरू हुन्छन् । यसलाई योनीभित्र पसाउँदा दोबारेर राख्नुपर्छ ।

भेजिनल प्यासेजमा यी प्वाल राखिन्छ, जसले खुला बनाइदिन्छ र प्यासेजमा गएर अड्केर बस्छ । यो गर्भाशयभन्दा माथि जाँदैन भने भेजिनल प्यासेजभन्दा तल आउन पाउँदैन । यसलाई निकाल्दा अलिकति दबाएर भ्याकुम निस्कन दिनुपर्छ अनि सहजै निकाल्न सजिलो हुन्छ । 


कपमा रगत जम्मा हुने भएकाले कपडामा लाग्ने सम्भावना हुँदैन । महिनावारी अवधि सिद्धिएपछि सफा पानीले मज्जाले पखालेर दुई–तीन मिनेटसम्म उमालेर प्याक गरेर राख्नुपर्छ । 

यसले किशोरी तथा महिलालाई दैनिक जीवनमा निकै सहज बनाइदिन्छ । प्याड लुगा लगाउँदा बाहिर पनि देखिन सक्ने सम्भावना हुन्छ तर कप योनीभित्र रहने हुँदा कसैले ख्याल गर्दैनन् । 

स्यानिटरी प्याड हामी धेरैले एकचोटि प्रयोग गर्दा धेरैबेरसम्म राखेर फेर्ने पत्तो पाइराखेका हुँदैनन्, जसले गर्दा संक्रमण हुन सक्छ । तर यो उच्चस्तरीय मेडिकल उपकरणले बनेको हुँदा संक्रमणको खतरा हुँदैन । 

महिनैपिच्छे प्याड किन्नुपर्दा एक त झन्झट हुन्छ त्यसमथि करिब दुई सय रुपैंयाको त महिनामा प्याड किन्नमै जान्छ । यसरी वार्षिक रूपमा धेरै पैसा खर्च भइराखेको हुन्छ । यो एक पटक किनेपछि १२ वर्षसम्म प्रयोग गर्न सकिन्छ ।  करिब दुई हजार रुपैयाँमै किन्न सकिने भएकाले आर्थिका भार पनि कम हुन्छ । 

मेरी स्टोप्स नेपालले अहिले ‘बाई–बाई प्याड’ भन्ने अभियान नै चलाएको छ । यो प्याड मेरी स्टोप्स सेन्टर तथा विभिन्न मार्टहरूमा पनि किन्न पाइन्छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला