२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तीजमा निराहार ब्रत बस्दै हुनुहुन्छ ? एकचोटी अवस्य पढ्नुहोस्

२०७५, २६ भाद्र मंगलवार ०७:५४

टिप्स:- हिन्दु महिलाहरुको चाड तीजको सांस्कृतिक महत्व छुट्टटै छ। महिलाहरुले रातै सजिएर मनाउने यो पर्वमा निराहार ब्रत बस्ने परम्परा छ। पतिको सुस्वास्थ्यको कामना गर्दै पानीसमेत नपिउनेहरु उत्तिकै छन् अहिले पनि।  

तर, चिकित्सकहरु भन्छन्, ‘निराहार ब्रतले महिलाहरुको स्वास्थ्यमा गम्भीर असर गर्छ।’

त्यसैले ब्रतालुको भिड लाग्ने शिव मन्दिरहरुमा उपचार गर्ने टोलीहरु नै खटिनुपर्ने अवस्था छ। पशुपति क्षेत्रमा आज उपचार गर्ने स्वयम्सेवीहरु पनि छन्। आफ्नै शरीरलाई सास्ती दिएर ब्रत बस्न नहुने तर्क छ चिकित्सकहरुको। 

किन बस्नुहुन्न निराहार ब्रत?

ओम अस्पतालमा आइसीयुमा कार्यरत  डाक्टर दिलजान मन्सुर भन्छन्, ‘वास्तवमा व्रत बस्नु हुन्न। ३ घण्टाभन्दा बढी भोकै बस्नु हानिकारक हुन्छ। भोकै बस्दा शरीरमा ग्लुकोजको मात्रा कमी हुन्छ। ग्लुकोज भएन भने शरीरका अंगहरु मुटु, कलेजो, मष्तिक र मिर्गैलामा असर पर्छ।’

भोको बस्दा पेटमा ‘किटोन’ बढ्छ। शरीर कमजोर भएर रिंगटा लाग्छ। ब्रेन डेथ हुनसक्छ। 

मनसुरले सचेत गराए, ‘रोगी महिलाहरुले निराहार ब्रत बसे भने हर्ट अट्याक हुनसक्छ। सुगर,प्रेसर भएका र अन्य दीर्घरोगीहरुले ब्रत बस्न नै हुँदैन। स्वस्थ महिलाहरुले ब्रत बस्दा पनि सावधानी अपनाउनुपर्छ।’

कसरी बस्न सकिन्छ ब्रत ?

मन्सुर भन्छन्, ‘शरीरलाई चाहिने ग्लुकोज फलफूल,जुस र पानीबाट प्राप्त गर्न सकिन्छ। इनर्जी डिङ्स, दहीमा फलफूल मिसाउँदा पनि शरीरलाई आवश्यक पर्ने ग्लुकोज प्राप्त हुन्छ।’

यसरी फलफूल र जुस खाएर ब्रत बस्यो भने शरीरका कोशिका मर्दैनन्। रिंगाटा लाग्दैन र शरीर सुख्खा नभएपछि महिलाहरुलाई असर नपर्ने मनसुर बताउँछन्।

मनोरोग विशेषज्ञ डाक्टर संजीव गौतम ब्रत बस्नु राम्रो भए पनि निराहार ब्रत बस्दा मानसिक रुपमा गाह्रो हुने बताउँछन्। 

उनी भन्छन्, ‘भोको, बस्दा रीस उठ्ने, रिंगाटा लाग्ने हुनाले मानसिक रुपमा असर पर्छ। फलफूल खाएर रमाइलोसँग चाडपर्व मनाउने हो भने तीजबाट मनारोगीहरुलाई राहत मिल्न सक्छ। तर, भोकै भने बस्नु हुन्न।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला