२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पिसाब सङ्क्रमणबाट बचौँ

२०७५, २९ भाद्र शुक्रबार ०९:१८

कल्पना पौडेल | भदौ २९, काठमाडौँ | के तपाईँलाई शरीर चिलाउँछ, योनी पोल्ने र पिसाब फेर्दा दुख्ने समस्या छ । यदि छ भने तपाईंलाई पिसाब सङ्क्रमण भएको हुन सक्छ । यस्तो समस्या भएमा हेलचक्ताइँ नगरी चिकित्सक कहाँ उपचारका लागि जानु आवश्यक छ । 

पिसाब सङ्क्रमण मिर्गौलाबाट पिसाबको थैली हुँदै पिसाबको नलीबाट बाहिर निस्कदै जुनसुकै ठाउँमा किटाणुले हुने सङ्क्रमण हो । शिक्षण अस्पताल महाराजगञ्जका युरोलोजिष्ट प्रा डा उत्तम शर्मा यौन अङ्गको सरसफाइ वा शरीरको कुनै भागमा भएको सङ्क्रमण रगतको नलीबाट त्यहाँ पुगेर पनि पिसाब सङ्क्रमण हुने बताउनुहुन्छ । 

पिसाब आउने बाटो मिर्गौला, पिसाबको थैली, पिसाबको नली पिसाब आउने बाटोमा कुनै पनि समस्या भयो वा अवरोध भएमा पिसाब जमेर सङ्क्रमण हुने उहाँको भनाइ छ । विभिन्न अवरोधका कारण पिसाब सजिलै बाहिर जान पाएन भने सङ्क्रमण हुन्छ । 

पिसाब सङ्क्रमण सबै उमेर समूहका मानिसलाई हुनसक्ने चिकित्सकहरु बताउँछन् । पुरुषमा पिसाब थैलीबाट पिसाब फर्केर माथि जान्छ, पिसाब राम्ररी निखरेको छैन वा पिसाब नली साँघुरो छ भने पनि सङ्क्रमण हुन सक्छ । 

डा शर्माले भन्नुभयो, “वृद्ध पुरुषहरुमा हुने प्रोस्टेट ग्रन्थीको कारणले पिसाब नलीलाई साँघुरो बनाउदै लैजाँदा पिसाब सङ्क्रमण हुने धेरै सम्भावना रहन्छ ।” तुलनात्मक रुपमा हेर्ने हो भने पुरुषलाई भन्दा महिलालाई पिसाबको सङ्क्रमण बढी हुने गर्छ । 

महिलाहरुको पिसाब नली सानो हुन्छ भने पुरुषको नली लामो हुने भएकाले बाहिरी सङ्क्रमण पुरुषलाई कम हुने चिकित्सकको भनाइ छ । स्त्रीरोग विशेषज्ञ डा अचला वैद्यले पिसाब नली, महिनावारी हुने नली र दिसा गर्ने नली सँगसँगै हुने भएकाले बाहिरी सङ्क्रमण छिटो हुने सम्भावना रहने बताउनुभयो । 

फोहोर चर्पी प्रयोग गर्दा, भित्री कपडा, महिनावारीमा प्रयोग कपडा पनि सफा नभएमा पिसाबसम्बन्धी सङ्क्रमण हुने चिकित्सकको भनाइ छ । पर्याप्त पानी पिउने, योनी सफा राख्ने, पिसाबलाई धेरै समय नरोक्ने, चिलाउने, पोल्ने समस्या भएमा चिकित्सकलाई देखाउने गर्नुपर्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला