२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धेरै केरा खानुहुन्छ ? सावधान ! मुटु बन्द होला… दिनमा कतिवटासम्म खान मिल्छ ?

२०७५, ४ आश्विन बिहीबार ०६:५०

टिप्स:- केरा स्वास्थ्यको लागी फाइदाजनक छ यो कुरा हामी सबैलाई थाहा छ | तर एकैचोटि धेरै केरा खाँदा स्वास्थ्यलाई नकारात्मत असर गर्छ । एकचोटिमा ६ भन्दा बढी केरा खाँदा ज्यानलाई खतरा पर्छ भनिन्छ तर यो कत्तिको वास्तविक कुरा हो ? 

केरा वास्तवमा भिटामिन र मिनरलहरू भएको गुणकारी फल हो । स्वास्थ्यका लागि यो वरदान नै हो । 

केरामा पोटेसियमको मात्रा अत्यधिक हुन्छ । आवश्यकताभन्दा बढी पोटेसियमले स्वास्थ्यलाई हानि गर्छ । 

लन्डनमा बस्ने पोषणविद् क्याथरिन कोलिन्सका अनुसार, पोटेसियम शरीरको हरेक कोशिकामा उपलब्ध हुन्छ किनकि यो जीवनका लागि आवश्यक तत्त्व हो । 

उनका अनुसार, केराले मुटुको ढुकढुकीलाई सन्तुलित राख्न सहायता गर्छ । शरीरमा इन्सुलिनको मात्रालाई सही राखेर रगतमा चिनीलाई नियन्त्रण गर्ने काम पनि यसले गर्छ । केरा खाँदा रक्तचाप पनि नियन्त्रणमा रहन्छ । 

तर शरीरमा पोटेसियमको मात्रा धेर वा कम भएमा मुटुको ढुकढुकी बिग्रन सक्छ । यसले पेटमा पीडा गराइदिन्छ । 

अमेरिकामा पोटेसियम क्लोराइड नामक रसायन इन्जेक्सनमार्फत पनि मानिसलाई दिइन्छ । शरीरमा यसको अधिक मात्रा भएमा हृदयघात हुने सम्भावना रहन्छ । 

क्याथरिन कोलिन्सका अनुसार, केरा खाँदा कहिले पनि शरीरमा पोटेसियमको स्तर बढ्दैन । दिनभरि ४०० केरा खाएमा मात्र पोटेसियमको अधिक मात्रा भएर मुटु बन्द हुन्छ । तर दिनमा ४०० केरा कसैले खाँदैन । 

अमेरिकाको राष्ट्रिय स्वास्थ्य सेवाका अनुसार, व्यक्तिलाई दिनभरिमा ३५ सय मिलिग्राम पोटेसियम आवश्यक हुन्छ । एउटा केरामा लगभग ४५० मिलिग्राम पोटेसियम हुन्छ । अर्थात् एक व्यक्तिले दिनभरिमा सातवटासम्म केरा खाँदा हुन्छ ।

स्वास्थ्यविज्ञहरूले मिर्गौलाका रोगीले पोटेसियम अधिक भएका खानेकुराबाट टाढा रहने सल्लाह दिने गरेका छन् । एजेन्सी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला