२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तपाइँ घोप्टो परेर सुत्नुहुन्छ ? सावधान ! यस्तो घातक बन्ला

६ आश्विन २०७५, शनिबार ०९:२६

तपाइँ जिउलाई कस्तो पारेर सुत्नुहुन्छ ? कोल्टे, उत्तानो वा घोप्टो ? यदि घोप्टो परेर सुत्नुहुन्छ भने अबदेखि त्यसरी सुत्न छाड्नुहोस् । पछिल्लो अनुसन्धानले घोप्टो परेर पेटमा दबाब पर्नेगरि सुत्दा आकस्मिक मृत्युको खतरा उच्च हुने चेतावनी दिएको छ ।

समान्य ब्यक्तिलाई समेत यसले नकारात्मक असर पार्ने र सुत्दा छारे रोग भएका ब्यक्ति पुरै मृत्युको जोखिममा हुने यो अनुसन्धानको ठहर छ ।

अमेरिकाको शिकागो विश्वविद्यालयका शोधकर्ताहरुले गरेको अनुसन्धानका क्रममा केही मात्रामा पनि छारे रोग भएका हरु भुलेर पनि घोप्टो परेर सुत्न नहुने बताए ।

अनुसन्धानका क्रममा विभिन्न २ सय ५३ वटा मृत्युका घटनाको अध्यन गरिएको थियो ।

छारे रोग लागेका मात्र नभएर सामान्य ब्यक्तिलाई पनि घोप्टो परेर सुत्दा घातक हुने देखिएको छ । छारे रोग लागेका ब्यक्ति मध्ये ७३ प्रतिशत घोप्टो परि पेट थिचेर सुतेको अवस्थामा मरेको पाहिएको उनीहरुले बताए ।

विश्वमा झण्डै ५ करोड मानिस छारे रोगबाट पीडित रहेको तथ्याङ्कले देखाउँछ । यदि घोप्टो परेर सुत्ने बानी छ भने आजै देखि छोड्नुस् ।

र यो पनि पढ्नुहोस !

सुत्ने बेलामा गर्नै हुँदैन यो गल्ती

यदि तपाइँ सुत्नु अघि स्मार्ट फोन वा ट्यावलेट वा अझ ल्यापटपमै कुनै सामग्री इ-बुक पढ्ने बानी छ भने यो हानिकारक छ । यस्तो बानी निद्रा र स्वास्थ्य दुवैलाई घातक हुने एक अध्यनले देखाएको छ ।

शोधकर्ताहरुले यस्तो बानी भए तत्काल हटाउन समेत चेतावनी दिएका छन् । हार्वर्ड मेडिकल स्कूलका चिकित्सकहरुले शोधपछि यस्तो चेतावनी दिएका हुन् ।

शोधकर्ताहरुले इ-बुक पढ्ने बानी भएकाहरु निद्रामा समस्या हुने र विहान सम्म थकित हुने गरेको पाए । तर मधुरो प्रकाश भएका इबुक पढ्दा भने त्यस्तो समस्या नहुने उनीहरुको भनाइ छ ।

स्मार्टफ़ोन, ट्यावलेट र एलईडी प्रकाशले मानव शरीरमा नकारात्मक प्रभाव पार्ने र थकानको महसुस हुने अध्यनको निष्कर्ष छ । यस्तो प्रकाशले निदाउनका लागि आवश्यक पर्ने हारमोन ‘मेलाटफनिन’ बन्न रोक्ने र यसले निद्रामा गढबढी उत्पन्न हुने अध्यनको निष्कर्ष छ ।

यो शोध नेशनल एकेडमी अफ़ साइन्सेज़ जर्नलमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै