२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सेक्स गर्दा पुरुषहरुले जान्नैपर्ने ८ कुरा यस्ता छन्, जानी राखौं

१४ आश्विन २०७५, आईतवार १०:२९

जानकारी:- आजभोली सेक्सको बारेमा मानिसहरु खेलेर कुरा गर्न थालेका छन् । तर, पहिलोपटक सेक्स गर्नेबेला केटा होस् या केटी दुबै आत्तिने गर्छन् वा उनीहरुमा एकप्रकारको डर पैदा हुन्छ । पहिलोपटक सेक्स गर्दा घबराहट पैदा नहोस् भनेर केही खास कुरामा ध्यान दिनु जरुरी छ । खासगरी पुरुषहरुले पहिलोपटक सेक्स गर्दा के कुरामा ध्यान दिनुपर्छ त ?

१. कन्डम नभुल्नुस्

तपाईं पहिलोपटक सेक्स गर्दै हुनुहुन्छ भने दिमागमा कुनै पनि डर वा धक नराखेर कन्डम लगाउन नभुल्नुस् । किनकी कन्डमले एचआईभी संक्रमण, गर्भ रहनबाट जोगाउ छ ।

२.हरपल रोमान्चित रहनुस्

खासगरी पहिलोपटक सेक्स गर्नेबेला खासगरी पुरुषहरुले आफ्नो राम्रो भुमिका प्रदर्शन गर्नुपर्छ । यदि तपाईं सेक्स गर्ने मुडमा हुनुहुन्छ र तपाईंको पार्टनर पनि त्यसको लागि राजी छिन भने नर्भस नभइकन त्यसको ईन्जोए गर्नुस् । तपाईंसँग जब पार्टनर छ भने अरु कुरा सबै भुल्नुस् । तर, ब्लुफिल्म या अन्य कुनै फिल्मलाई दिमागबाट हटाउनुस् । किनकी फिल्ममा धेरै कुरा सत्य हुदैनन् ।

३.धैर्यता अपनाउनुस्

तपाईं सेक्सको लागि तयार हुनुहुन्छ भने पनि हतार नगर्नुस् । बरु तपाईंको पार्टनरलाई पनि सेक्सको लागि तयार हुन दिनुस् । अर्थात् पार्टनरलाई उत्तेजित बनाउने भुमिका हुनुपर्छ तपाईंको । यसकोलागि ओरल सेक्स, बडी मसाज लगायत गतिविधि गर्न सक्नु हुन्छ । यसका धेरै तरिका छन् । तर, तपाईंको पार्टनरलाई जे राम्रो लाग्छ त्यो कुरा मात्रै गर्नुस् ।

४.लुब्रिकेन्ट्सको प्रयोग

पहिलोपटक सेक्स गर्दा प्राय स्त्रीहरुलाई पीडा हुन्छ । त्यसैले तपाईंले यो कुरालाई विशेष ख्याल पुर्याउनु पर्ने हुन्छ । पार्टनरलाई पीडा नहोस् भनेर तपाईंले आफ्नो लिङ्गमा चिल्लो पदार्थ प्रयोग गर्न सक्नुहुन्छ । सेक्सको बेला प्रयोग गर्ने लुब्रिकेन्ट बजारमा पाइन्छ । त्यसो त सबै कण्डममा चिल्लो पदार्थ हुन्छ ।

पहिलो पटक सेक्स गर्दा स्त्रीको योनी भित्र रहने पातलो झिल्ली फाट्छ र रगत बग्छ । यदि रगत आएन भने कुमारीत्व भंग भैसकेको भन्ने आम धारणा छ । तर यो कुरा गलत साबित भैसकेको छ । कसै कसैको सेक्स नगरे पनि झिल्ली फाटिसकेको हुन्छ । खासगरी शारिरिक श्रम गर्ने, साकइल चलाउनेहरुको झिल्ली सेक्स गर्नु अघि नै फाटिसकेको हुन्छ ।

५. पार्टनरको चाहना ख्याल राख्नुस्

आफ्नो पार्टनरले के चाहान्छ, के चाहँदैन भन्ने कुरा बुझ्नु जरुरी हुन्छ । नवविवाहित जोडीलाई सबैभन्दा अप्ठेरो पर्ने कुरा नै यही हो । आजभोली विहे अघि नै धेरैजसोको चिनजान र धेरैपटक भेटघाट भैसकेको हुन्छ । यस्तोबेला एकअर्काको भावना साटासाट त हुन्छ । तर बेडरुममा अर्थात् सेक्स गर्ने बेला के मन पर्छ के मन पर्दैन भन्ने कुरा बुझ्नु अत्यत्न जरुरी हुन्छ । यसको लागि सेक्स गर्नुअघि आफ्नो पार्टनरसँग सेक्सको बारेमा खुलेर कुराकानी गर्न सकिन्छ । यदि पार्टनरले सेक्सको बारेमा खुलेर कुरा गरेमा निश्चितरुपमा पहिलो पटकको सेक्सको राम्रोसँग मजा लिन सक्छन् ।

६. समस्या आउन सक्छ

धेरैजनालाई पहिलोपटक सेक्स गर्दा केही समस्या आउन सक्छ । जस्तो की कुनै पुरुष लाजले वा तनावले उत्तेजित नहुन सक्छ । कोही सेक्स गर्नु अघि नै स्खलित हुन सक्छ । कतिपयलाई एलर्जीको देखिन सक्छ । यसो भएमा नआत्तिनुस् । बरु धैर्यपूर्वक काम गर्नुपर्छ । कैयौं पुरुषमा सेक्स समस्याको कारण आत्मविश्वास डगमगाउने गर्छ । तर साँचो कुरा के हो भने पहिलोपटक सेक्स गर्दा यी सबै हुनु सामान्य कुरा हुन् ।

७. कोही पनि बेस्ट हुदैन

तपाईंले के कुरा ख्याल गर्नुपर्छ भने पहिलोपटकको सेक्समा राम्रो भुमिका निर्वाह गर्न सकिनँ भनेर चिन्ता लिनु पर्दैैन । यसले तपाईंको सेक्स लाइफ बिग्रिदैन । सेक्समा कोही पनि उत्कृष्ट हुदैन । नियमित रुपमा सेक्स गर्दै जाँदा अनुभव हुदै जान्छ र राम्रो सेक्स जीबन बन्छ ।

८. सेक्सपछि के गर्ने ?

सेक्स गरिसकेपछि तपाईं आफ्नो पार्टनरसँगै रहनु पर्दछ । कुराकानी गरेर रहन सक्नु हुन्छ । जस्तो की सेक्सको अनुभव कस्तो भयो ? सेक्सको बेला के कमी लाग्यो ? आदि आदि । तपाईं चाहानु हुन्छ भने तपाईंले आफ्नो पार्टनरलाई बडी मसाज गरिदिन पनि सक्नु हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै