२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाठेघर बाहिर बच्चा बस्छ, किन ? कसरी थाहा हुन्छ ? जानी राखौं

२०७५, १५ आश्विन सोमबार ०८:२१

गर्भवती महिलाले स्वास्थ्य जाँच गराउँदा डाक्टरले ‘तपाईँको बच्चा ठाउँमा बसेको छैन’ भन्ने गर्छन् । यो कहिलेकाहीँ आमा र बच्चाको स्वास्थ्यका लागि जोखिमपूर्ण हुन्छ । समान्यतया बच्चा पाठेघरमा हुर्किन्छ । तर, कहिलेकाहीँ बच्चा पाठेघरमा नबसी पाठेघरबाहिर बसिदिन्छ । पाठेघरबाहिर फ्यालोपियन ट्युब हुन्छ । धेरैजसो अवस्थामा पाठेघरबाहिर बस्ने बच्चा यही ट्युबमा बस्नेगर्छ । यसबाहेक बच्चा कहिलेकाहीँ अण्डकोष, ग्रिवा, पाठेघरबाहिर पेटमा पनि बस्नसक्छ ।

यो अवस्था किन खतरनाक ?

पाठेघरबाहिर रहेको गर्भ राम्ररी बढ्न सक्दैन र कुनै पनि बेला यो फुटेर महिलाको पेटमा रगत जम्नसक्छ । यस्तो अवस्थामा महिलाको ज्यानलाई नै खतरा हुनसक्छ ।

कारण  

१. पाठेघरको पहिला संक्रमण भएर ट्युबमा क्षति भएको छ भने

२. ट्युबको पहिला शल्यक्रिया भएको छ भने

३. बाँझोपनको उपचारबाट गर्भ रहेको छ भने

४. पहिले पनि पाठेघर बाहिर गर्भ रहेको भए

५. कपर टीको प्रयोगले

लक्षणहरूः

१. महिनावारी रोकिने

२. पेट दुख्ने

३. योनीबाट रगत जाने

४. वाकवाक लाग्ने

५. बेहोस हुने

पत्ता लगाउन गर्नुपर्ने जाँचहरू

१. पिसाबको टेस्ट । यसले गर्व छ वा छैन भन्ने थाहा हुन्छ

२. पेटको भिडियो एक्सरे

३. रगतको एचसिजी हार्मोनको टेस्ट

उपचार

१. गर्भ फुटेको छ भने रगतको व्यवस्था गरी तुरुन्त शल्यक्रिया गर्नुपर्छ

२. गर्भ फुटेको छैन भने त्यसको आकार, बिरामीको अवस्था र टेस्ट रिपोर्ट हेरेर केही समय पर्खिन पनि सकिन्छ र औषधिबाट पनि उपचार गर्न सकिन्छ । मेथोट्रेक्जेट नामक औषधि प्रयोग गर्न सकिन्छ ।

महिलाहरूको गर्भावस्था आफैँमा जटिल प्रक्रिया हो किनभने यसमा दुई जीवनको सवाल हुन्छ, बच्चा र आमाको । त्यसकारण गर्भावस्थामा कम्तीमा तीन पटक (तीन तीन महिनाको फरकमा) चिकित्सकलाई देखाउनु उपयुक्त हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला