३० आश्विन २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज बेलुकादेखि अमेरिकी DV खुल्दै, कसरी भर्ने ? डिभी भर्नु अघि अमेरिकी दुतावासको यस्तो छ सुझाव

१७ आश्विन २०७५, बुधबार ०६:०७

असोज १७,काठमाडौँ । अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (DV)को आवेदन आज बेलुकीदेखि खुल्दैछ । नेपाली समय अनुसार आज राति ९:४५ बजेबाट सुरू हुने डीभीको आवेदन कात्तिक २० गते राति १०:४५ बजेसम्म खुला रहनेछ ।

सन् २०२० को लागि डीभीको आवेदन दिन सकिने काठमाडौंस्थित नेपाली दूतावासले जनाएको छ । डीभी भर्न चाहनेले तोकिएको समयभित्र http://www.dvlottery.state.gov वेब साइटमा गएर डीभीका लागि आदेवन भर्न सक्नेछन् ।

यस्तै डीभी भर्दा २१ वर्षभन्दा मुनिका सन्तान भए उनीहरुको पनि सम्पूर्ण विवरण भर्नु पर्ने दूतावासले जानकारी दिएको छ । डीभी फर्म एक पटकभन्दा धेरै समय नभर्न अमेरिकी दूतावासले आग्रह गरेको छ ।

यस्तै डीभी फर्म भर्दा अघिल्लो पटक प्रयोग भएका फोटाहरु राखेर डीभी भरेमा वा चस्मा लगाएको फोटो राखेर डीभी भरेमा त्यस्ता उम्मेदवार अयोग्य हुने पनि दूतावासले जानकारी दिएको छ । डीभी भर्दा फोटो फारममा भनेअनुसारकै फोटो राख्नुपर्ने दूतावासले जनाएको छ ।

डीभी भरिसकेपछि आफ्नो कन्फर्मेसन नम्बर सुरक्षित राख्नु पर्ने हुन्छ । पछि डीभी पर्‍यो कि परेन् भनेर चेक गर्न कन्फर्मेसन नम्बर अनिवार्य चाहिन्छ । तपाईंलाई डीभी पर्‍याे यो भन्दैमा अमेरिका पुगिहालिन्छ भनेर ढुक्क पनि नहुनु होला ।

तपाईँसँग भएका योग्यता तथा अमेरिकी आप्रवासी कानुन बमोजिको योग्य छ कि छैन यो सबै चेक गरेपछि मात्र अमेरिका पठाउने निर्णय दूतावासले गर्छ । आवेदन दर्ता गर्दा आवेदकहरूले आफ्नो इमेल ठेगाना समेत दिनुपर्ने हुन्छ ।

इच्छुक आवेदकका लागि महत्त्वपूर्ण जानकारी : 

आवेदन नि:शुल्क : डि.भी. चिट्ठामा सहभागी हुनका लागि शुल्क लाग्दैन ।

• कन्सल्टेन्टको आवश्यकता नपर्ने : अमेरिकी दूतावास तपाईँहरूलाई आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन सल्लाह दिन्छ। आवेदनसम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्‍वासिलो व्यक्तिको सहयोग लिनेतर्फ विचार गर्नुहोला। सहयोग जसले उपलब्ध गराए तापनि आफ्नो आवेदनका लागि तपाईँ स्वयम् जिम्मेवार रहनुहुनेछ।

• फारम अनलाइन भर्नुपर्ने : सन् २०२० को डाइभर्सिटी भिसा चिट्ठाका लागि आवेदकहरूले दर्ता अवधिमा http://www.dvlottery.state.gov मा गई इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ई-डि.भी.) आवेदन फारम भर्नु पर्नेछ।

• पारिवारिक विवरण खुलाउनुपर्ने : दर्ता गर्दा तपाईँले आफ्ना पति/पत्‍नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सूचिकृत गर्नु अनिवार्य छ। उनीहरूलाई समावेश नगरी पेश गरिएको आवेदन अमान्य ठहरिनेछ।

• परिवारका अयोग्य सदस्यको विवरण समावेश गर्न नहुने : सन् २०२० को डाइभर्सिटी भिसा कार्यक्रमका हकमा एक नयाँ नीतिगत परिवर्तन गरिएको छ, जसअनुसार मुख्य आवेदकले अयोग्य पति/पत्‍नी वा सन्तानको विवरण समावेश गरी पेश गरेको आवेदन अबदेखि अयोग्य ठहरिनेछ।

• एक जनाका लागि एउटा आवेदन : तपाईँले एउटा मात्र आवेदन बुझाउनु पर्नेछ। एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू चिट्ठाका लागि अयोग्य ठहरिनेछन्।

• हालसालै खिचिएको फोटो : अघिल्लो वर्षको डि.भी. आवेदनमा प्रयोग गरिएको फोटो यस वर्षको आवेदनमा प्रयोग गरेमा अयोग्य ठहरिनेछ। फोटोसम्बन्धी नियमहरू कडाइका साथ पालना गर्नु पर्नेछ र प्रत्येक फोटो आफ्नो आवेदनमा समावेश भएका सही व्यक्तिहरूसँग मेल खाने गरी पेश गर्नु पर्नेछ। फोटो खिच्दा आवेदकहरूले चश्मा वा टोपी लगाउनु हुँदैन।

• आफ्नो कन्फर्मेसन नम्बरलाई अवश्य सेभ र प्रिन्ट गर्नुहोस् : यो नम्बर नै तपाईँको स्टेटस चेक गर्ने एक मात्र तरिका हो।

• आफ्नो कन्फर्मेसन नम्बर कसैलाई पनि नदिनुहोस् ।

आवेदन दर्ता गर्दा आवेदकहरूले आफ्नो ईमेल ठेगाना प्रदान गर्नुपर्नेछ। यद्यपि, के कुरा स्मरण गर्नुहोस् भने छनोट भएका व्यक्तिहरूलाई उनीहरू छानिएका छन् भन्ने व्यहोराको ईमेल सूचना पठाइँदैन।

तपाईँ डि.भी. विजेताका रूपमा छानिँदैमा तपाईँले भिसा पाउनुहुन्छ भन्ने कुरा यसले प्रत्याभूत गर्दैन । तपाईँले भिसाका लागि अन्तर्वार्ता दिने मौका पाउनुभयो भने कन्सुलर अफिसरले तपाईँसँग आवश्यक योग्यता छ वा छैन र अमेरिकी आप्रवासी कानुनबमोजिम डि.भी. का लागि तपाईँ योग्य हुनुहुन्छ कि हुनुहुन्न भन्ने कुराको निर्क्‍यौल गर्नेछन् । अन्तर्वार्ताका लागि जाँदा आफूसँग लैजानुपर्ने दस्तावेजहरूको सूची https://go.usa.gov/xRuzM मा दिइएको छ ।

डि.भी. कार्यक्रमसम्बन्धी थप जानकारीका लागि http://www.dvlottery.state.gov वा काठमाडौँस्थित अमेरिकी दूतावासको वेबसाइट https://np.usembassy.gov/visas/immigrant-visas मा जानुहोस् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गौशाला धर्मशाल सम्बन्धमा हामीमाथि अन्याय भयो : मारवाडी सेवा समिति सरकारद्धारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन प्रधानमन्त्री ओलीद्वारा ‘समृद्धिको अन्तर्वस्तु’ लोकार्पण कर्मचारी सञ्चय कोष र नेपालप्रहरी श्रीमती संघबाटउद्धार कोषमा रकमहस्तान्तारण देश बचाउन तेस्रो जनआन्दोलन आवश्यक छ : प्रभु साह बजार अनुगमनका क्रममा अभद्र व्यवहार गर्नेमाथी कारवाही हुने श्रमिकको मुद्दासाझा समस्याको रुपमा देखिएको छ : अर्थमन्त्री पौडेल पुण्य गौतममाथि रड प्रहार, आइसीयुमा उपचार हुँदै हत्या आरोपमा झापामा नाबालकसहित ३ जना पक्राउ राष्ट्रपति पौडेलसमक्ष मुस्लिम र थारु आयोगले गरे प्रतिवेदन पेश महानगरद्धारा बजार अनुगमन : २२ वटामा म्याद गुज्रिएका सामान भेटिए मन्त्रिपरिषद्को बैठक बालुवाटारमा बस्दै कांग्रेसलाई एक्लै बहुमत ल्याउनसक्ने पार्टी बनाउँछौं : डा.शेखर कोइराला दशैंपछि आन्दोलन गर्ने गोर्खा सैनिकको चेतावनी, सरकारलाई दिए धम्की मन्त्रीपरिषद् बैठकका २१ निर्णय सार्वजनिक एनपीएल अक्सन : प्रतिस जिसी १५ लाखमा विराटनगर किंग्समा आबद्ध नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए पद तथा गोपनीयताको शपथ रविजीले ओलीले भने अनुसार काम गरे भने सहकारी ठगीमा कारबाही हुँदैन, त्यो प्रतिवेदन च्याँखे होः दीपशीखा नवनियुक्त प्रधानन्यायाधीश राउतले आज शपथ लिदैं आगामी निर्वाचनमा माओवादी केन्द्रले गठबन्धन नगर्ने :- अध्यक्ष प्रचण्ड