२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

किन देखिन्छ डर लाग्दो सपना ? यस्तो छ अध्ययनको निस्कर्ष

२० आश्विन २०७५, शनिबार ०७:४५

के तपाईँ राती डरलाग्दो सपना देखेर तर्सिनु हुन्छ ? अनि ब्युझिँदा शरीर पसिना पसिना पनि हुन्छ ? अब न आत्तिनुहोस् । यसको ठूलो कारण छैन् सहज रुपमै यस्तो समस्या दुर गर्न सकिन्छ ।

किनभने बैज्ञानिकहरुले यहि विषयमा गहिरो अध्ययन गरी डर लाग्दो सपना देखिनुको कारण पत्ता लगाएका छन् । उनीहरुले त्यसको समाधान कसरी गर्ने समेत उपाय थाह पाएका छन् ।

हंङकङको सूयान विश्वविद्यालका अनुसन्धानकर्ता क्यालभिन काई चिङको नेतृत्वमा एक अनुसन्धान टोलीले सपनामा देखिने दृश्य र सुताई अवस्थाको सम्वन्धबारे गहिरो अध्ययन गरेको थियो ।

सो क्रममा टोलीले मानिसले देख्ने सपना सुताईको अवस्थामा भर पर्ने निस्कर्ष निकालेको थियो । उनीहरुको अध्ययनले सपनामा आउने दृश्य सुताईको अवस्थाले निर्देशित हुने देखाएको छ ।

अध्ययनमा भनिएको छ जो व्यक्तिहरु आफ्नो शरीरको बाँया तिर कोल्टो परेर सुत्छन तिनीहरुलाई डरलाग्दो सपनाले सताउने गर्छ । तर दाँया तिर कोल्टेर परेर सुत्ने व्यक्तिहरुको सपना सुखद र आनन्ददायी हुन्छ ।

अध्यय्न अनुसार बाँया फर्केर सुत्ने मध्ये ४० प्रतिशत मानिसहरुमा राती डरलाग्दो सपना आउने र निद्रा खलबलिने गरेको पाइयो । जबकी दायाँ फर्केर सुत्नेहरुमा यस्तो सपना १४.६ प्रतिशतमा मात्रै पाइयो । सोही प्रतिवेदन अनुसार दायाँ फर्केर सुत्ने र मानिसहरुमा भने सुखद र सुरक्षित सपना आउनुको साथै निद्रा आनन्दित भएको पाइयो ।

प्रतिवेदनले यो पनि भनेको छ कि जो व्यक्ति घोप्टो परेर सुत्छन तिनीहरुको सपना यौनसंग सम्वन्धीत हुने गर्दछ । त्यस्तै  उत्तानो  परेर सुत्ने व्यक्तिमा हात बाधिएको, कोठामा थुनिएको तथा चल्नै नमिल्ने गरेको सपना (जसलाई हामी ऐठन गरेको समेत भन्छौँ) देख्ने गरेको पाइयो ।

मुख्य अनुसन्धानकर्ता क्यालभिन काई चिङ भन्छन्, यो अध्ययनले सपनालाई सुत्ने पोजिसनले प्रभाव पार्छ भन्ने देखाएको छ । उनका अनुसार निद्रामा पनि मानिसका मस्तिस्क बाहिरी बाताबरणसंग सम्वन्ध राखिराख्ने भएकोले बाहिरी अवस्थाले सपनालाई प्रभाव पार्छ ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै